Free songs
Home / सम्पादकीय (page 127)

œ::» सम्पादकीय

Feed Subscription

समृद्धिका स्रोत युवा

समाजको सबैभन्दा सशक्त र अग्रणी समुदाय हो युवा । जब युवा जाग्छ, कसैको तागतले पनि रोक्न सक्दैन । जुन देशमा युवाले उचित भूमिका पाउँदैनन्, त्यो देशको विकास पनि हुँदैन । अहिले नेपालमा युवाहरुको सहीढंगले परिचालन हुन नसक्नु ठूलो समस्या हो । देश बनाउन युवा ...

Read More »

सरकार सञ्चालनमा समस्या

दुई ठूला दल कांग्रेस–एमालेको सहभागितामा बनेको वर्तमान सरकारप्रति दुबै पार्टीभित्र असन्तुष्टिहरु बढिरहेका छन् । त्यसो त सरकारले २६ जना संविधानसभाका सदस्य, कतिपय मुलुकका लागि राजदूत एवं संवैधानिक अंगका पदाधिकारीहरुको समेत नियुक्ति गर्न नसक्दा नागरिक तहबाट पनि सरकारको आलोचना भइरहेको छ । सत्तारुढ ...

Read More »

अख्तियारको सक्रियता

नेपाल भ्रष्टाचारबाट थिलोथिलो भएको मुलुक हो । भ्रष्टाचार निवारणको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको वर्षेनी सार्वजनिक हुने प्रतिवेदन होस् वा हामीले दैनिक जीवन व्यवहारमा भोग्ने समस्या होस्, यहाँ भइरहेका भ्रष्टाचारका ज्वलन्त तस्विर देखाइरहेका छन् । सँगैसँगै स्वतन्त्रता प्राप्त गरेका दुई ...

Read More »

सुनकोशी घटनामा राष्ट्रकै ध्यान जानुपर्छ

मेचीलाई दुख्दा महाकाली रुने र महाकालीलाई दुख्दा मेचीले शोक मनाउने राष्ट्रिय एकताको भावनाबाट ओतप्रोत भएका नेपालीहरु हौं हामी । देशको कुनै पनि कुनामा पर्ने बिपत देशकै बिपत हो । कुनै पनि ठाउँमा आइलाग्ने बिपत्ति देशकै बिपत्ति हो । नेपालले हरेक वर्ष बिपतको सामना ...

Read More »

सार्वजनिक खरीद ऐन संशोधन आवश्यक

मध्यपश्चिम सडक डिभिजन कार्यालय घोराहीले आर्थिक वर्ष २०७०÷०७१ मा १३ करोड रुपैयाँ खर्च नगर्दा फ्रिज भएको छ । डिभिजन अन्तर्गत पर्ने विभिन्न सडक योजनाहरुमा अपेक्षाकृत कार्य प्रगति हुन नसक्दा बजेट खर्च हुन सकेको छैन । जिल्लाका अन्य विकासे अड्डाहरुले पनि अपेक्षाकृत कार्य ...

Read More »

डेढ दशकदेखिको अधुरो अभियान

योभन्दा धेरै पछाडि शुरु भएका अभियानहरु सम्पन्न भइसके । तर दाङमा झण्डै डेढ दशकअघिदेखि शुरु भएको एउटा अभियानले भने कुनै गति लिन सकेको छैन । दाङको घोराही नगरपालिकाले आर्थिक वर्ष २०५५÷०५६ देखि बजारलाई प्लाष्टिकमुक्त बनाउने अभियान शुरु गरेको थियो तर अझ ...

Read More »

नेपाल–भारत सम्बन्ध सुदृढ हुने आशा

छिमेकी मित्र राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई राजनीतिक वा कूटनीतिकरुपमा मात्र हैन, जनस्तरमा समेत अत्यन्तै चासो र महत्वका साथ हेरिएको छ । भारतका प्रधानमन्त्रीको १७ वर्षपछि नेपालमा हुन लागेको यो भ्रमणलाई यति धेरै महत्व दिइनुका पछाडि धेरै कारणहरु होलान्, ...

Read More »

महिला हिंसाको डरलाग्दो तस्विर

नेपालमा विभिन्नखाले हिंसा छन् । वर्गीय, जातीय, लैंगिक, क्षेत्रीय, भाषिकलगायतका उत्पीडन विभिन्न हिंसाको रुपमा प्रकट हुने गर्दछन् । यसमा वर्गीय उत्पीडन सबैभन्दा मुख्य समस्या हो नै, सँगसँगै अन्य उत्पीडनका घाउ पनि नेपाली समाजमा कम गहिरा छैनन् । पुरुषप्रधान मानसिकता बोकेको नेपाली समाजमा लैंगिक ...

Read More »

जातीय बिभेद हटाउन साझा अभियानकै खाँचो

आजको एक्काइसौं शताब्दीमा पनि समाजमा जातका आधारमा मान्छे–मान्छेका बीचमा भेदभावको परम्परा कायमै हुनु हामी सबैका लागि नसुहाउँदो विषय हो । त्यसमाथि अझैसम्म समाजमा एकदमै निकृष्ट व्यवहार छुवाछुत हुनु हामी सबैका लागि लाजमर्दो अवस्था हो । जातका आधारमा मान्छे मान्छेका बीचमा हुने यस ...

Read More »

औद्योगिक क्षेत्र घोषणामा तदारुकताको खाँचो

दाङको धर्ना गाविसमा औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गा भेटिएको छ । सरकारी स्वामित्वमा रहेको उक्त जग्गा औद्योगिक करिडोर स्थापनाका लागि उपयुक्त हुने व्यवसायीहरुले बताएका छन् । पटकपटक चर्चामा आउने र सेलाउने गरेको औद्योगिक क्षेत्रको विषय फेरि चर्चामा आएको छ । अब यो चर्चामा ...

Read More »
Scroll To Top