Free songs
Home / समाचार / संक्षिप्त समाचार (page 497)

œ::» संक्षिप्त समाचार

Feed Subscription

पठनपाठन सुधार्न त्रिपक्षीय सहमति

देउखुरी, १० असोज (युस)– सामुदायिक विद्यालयको खस्किदो नतिजा र पठनपाठन सुधार गर्न देउखुरीको एक माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकहरुबीच त्रिपक्षीय सहमति भएको छ । छलफलमा त्रिपक्षीय सहमति कायम गर्दै विद्यालयको शैक्षिक वातावरण मजबुत बनाउने प्रतिवद्धता जनाएका छन् । माध्यमिक विद्यालय सोनपुरमा बिहीवार शिक्षक, ...

Read More »

अक्षयकोषका लागि ३० हजार सहयोग

घोराही, ९ असोज (युस)– दाङ देउखुरी प्रवासी सेवा समाज दोहा कतारले धर्ना–९ स्थित प्रावि मन्नामेलाई नगद ३० हजार रुपैया“ सहयोग गरेको छ । उक्त रकम अक्षयकोषमा राखी त्यसको व्याजबाट प्रत्येक वर्षको वार्षिक परीक्षामा कक्षागतरुपमा प्रथम र द्वितीय हुने विद्यार्थीलाई पुरस्कृत गरिने बताइएको ...

Read More »

रिक्सा मजदुर जनस्वयंसेवक दल गठन

घोराही, ३ असोज (युस)– अखिल नेपाल रिक्सा मजदुर संघ घोराही नगर भेलाले गोविन्द घर्तीको संयोजकत्वमा ९ सदस्यीय रिक्सा मजदुर जनस्वयंसेवक दल गठन गरेको छ । रामप्रसाद नेपालीको अध्यक्षता तथा नेकपा–माओवादीका जिल्ला सचिव अर्जुनको प्रमुख आतिथ्यमा भएको भेलाले यस्तो दल गठन गरेको हो । ...

Read More »

निःशुल्क स्वास्थ्य शिविर

तुलसीपुर, ३ असोज (युस)– नेपाल परिवार नियोजन संघको ५५ औं स्थापना दिवसको अवसरमा दाङ शाखाले निःशुल्क प्रजनन् स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उरहरीको शीतलपुरमा महिलाहरुका लागि एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । ग्रामीण क्षेत्रका महिलाहरुले आफ्ना समस्याहरु भन्न नसक्ने र ...

Read More »

गणेशमान स्मति दिवस मनाइयो

घोराही, २ असोज (युस)– नेपाली कांग्रेस क्षेत्र नं. ३ ले बुधवार घोराहीमा गणेशमान सिंहको १७ औं स्मृति दिवस मनाएको छ । क्षेत्रीय उपसभापति हर्कबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला सदस्य यज्ञनारायण आचार्य र कमानसिंह भारती, क्षेत्रीय सल्लाहकार कृष्णबहादुर केसी, गोपालराज शर्मा, ...

Read More »

राप्तीमा कांग्रेसका थप १५ उम्मेदवार

घोराही, २ असोज (युस)– नेपाली कांग्रेस अञ्चल समन्वय समिति राप्तीले आगामी संविधानसभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फ थप १५ जना उम्मदेवारको नाम सिफारिस गरेको छ । अञ्चल समन्वय समितिको बुधवार बसेको बैठकले प्रत्यक्षतर्फ दाङ क्षेत्र नं. ३ बाट वलदेव शर्मा मजगैया“, क्षेत्र ...

Read More »

अध्यक्ष र सदस्य निलम्बित

लमही, १ असोज (युस)– देउखुरी उद्योग वाणिज्य संघले आङ्खनै अध्यक्ष विष्णुप्रसाद बेल्बासे र सदस्य किशोर पाण्डेलाई आचरणविपरीत काम गरेको भन्दै एक महिनाका लागि निलम्बित गरेको छ । संघका उपाध्यक्ष ताराप्रसाद खनालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको होे । सदस्य शीतल भुसालले असहमति ...

Read More »

अवैध काठ बरामद

 लमही, १ असोज (युस)– सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय लमहीले सोमवार करीब ३० क्यू फिट अवैध काठ पक्राउ गरेको छ । पश्चिमतर्फबाट बालुवा लोड गरी घोराहीतर्फ जा“दै गरेको रा. १ त. ६७७ नं. को टेक्टर चेकजा“च गर्दा उक्त काठ पक्राउ ...

Read More »

कार्तिक २९ मा राजपुर खुल्ला दिसामुक्त हुने

राजपुर (दाङ), १ असोज (युस)– राजपुर गाविस आगामी कार्तिक २९ गते खुल्ला दिसामुक्त हुने भएको छ । गाविस सचिव मेघसिंह पछाईको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दाङलाई सन् २०१३ भित्र खुल्ला दिसामुक्त गर्ने अभियानअन्तर्गत राजपुरलाई सो मितिमा खुल्ला दिसामुक्त गर्ने निर्णय गरेको हो । ...

Read More »

दुर्घटनामा वृद्धाको मृत्यु

घोराही, १ असोज (युस)– मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डको रतनपुरचोकमा रा १ प ३१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिदा सौंडियार–१ निवासी ७५ वर्षीया बिरु बोगटीको मृत्यु भएको हो । घोराहीबाट तुलसीपुरतर्फ जा“दै गरेको मोटसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएकी बोगटीको ...

Read More »
Scroll To Top