Free songs
Home / फिचर समाचार / सल्यानमा अध्ययन केन्द्र स्थापना

सल्यानमा अध्ययन केन्द्र स्थापना

बुद्धि पुन

सल्यान,  पठन संस्कृतिको विकास गर्न सल्यानमा समाजवाद अध्ययन केन्द्र स्थापना गरिएको छ। जिल्लाको शारदा नगरपालिका–२ खलंगास्थित लालदरबारमा अध्ययन केन्द्र स्थापना गरिएको हो। केन्द्रमा अहिले विभिन्न लेखकले लेखेका डेढ सय बढी पुस्तकहरु रहेका छन्।

मान्छेको रुची र आवश्यकता अनुसार ती पुस्तकहरु अध्ययन गर्न सकिने अध्ययन केन्द्रका अध्यक्ष गणेशमान सिंहले जानकारी दिनुभयो। पछिल्लो समयमा मानिसमा अध्ययन गर्ने बानीको विकास कम भइरहेको सन्दर्भमा पढाइप्रति जागरुक बनाउन केन्द्र स्थापना गरिएको उहाको भनाइ छ।

‘अहिले मान्छेहरुमा पढ्ने बानी नै छैन, बरु सामाजिक सञ्जालको प्रयोग गरेर समय खेर फाल्छन्, यसले गर्दा नया“ पुस्तामा झन् अध्ययन गर्ने बानी हराउदै गएको छ’– उहाले भन्नुभयो– ‘पठन संस्कृतिको विकास गर्न पनि हामीले अध्ययन केन्द्र स्थापना गरेका हौं।’ उहा“ले अबका दिनमा सबै पिढीको रोजाइ र रुचीका पुस्तकहरु यस केन्द्रमा राखिने बताउनुभयो। जिल्लामा बिगतमा केही पुस्तकालय स्थापना भए पनि दिगो हुन सकेनन्, फलस्वरुप अहिले बन्द अवस्थामा छन्।

अध्ययन केन्द्रको शनिवार एक कार्यक्रमबीच प्रतिनिधिसभा सदस्य टेकबहादुर बस्नेतले उद्घाटन गर्नु भएको छ। उद्घाटन कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहनुभएका बस्नेतले पछिल्लो समयमा मानिसमा ज्ञानको खडेरी परेको बताउनुभयो। नेपाली समाजले समाजवादलाई अनुमोदन गरिसकेको सन्दर्भमा मान्छेहरुमा आवश्यक ज्ञानको अभाव हुदा समस्या भएको बताउनुभयो।

उहा“ले मान्छेमा अध्ययन, अनुसन्धान गर्ने बानीको विकास नहुदा समस्या भएको बताउनुभयो। ‘मान्छेले सामाजिक सञ्जाललाई नै सबै थोक मानेको छ, तर पुस्तकहरुको अध्ययन तथा नया कुराहरुको अनुसन्धानमा ध्यान दिदैनन’– उहा“ले भन्नुभयो। पुस्तकको अध्ययन र अनुसन्धानबाट मात्रै नया“ कुराहरुको आगमन हुने बताउनुभयो।

कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द कुमार पुन, शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारी, नेपाली कांग्रेस सल्यानका सचिव प्रकाश भण्डारी, उद्योग वाणिज्य संघ सल्यानका उपाध्यक्ष दीपक बोहोरा, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्मा, गैरसरकारी संस्था महासंघ सल्यानका अध्यक्ष दीपेन्द्रप्रकाश डिसी, साहित्यकार देवराज आचार्यलगायतले बोल्नुभएको थियो।

कार्यक्रममा केन्द्रका कोषाध्यक्ष मौसमदास श्रेष्ठले समाजवाद अध्ययन केन्द्रको उद्देश्यका बारेमा जानकारी दिनुभएको थियो। केन्द्रका उपाध्यक्ष धनसरा मल्लको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन भुमप्रकाश भण्डारीले गर्नुभएको थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top