Free songs
Home / फोटो ग्यालरी / शिक्षक संगठनको शुभकामना आदानप्रदान

शिक्षक संगठनको शुभकामना आदानप्रदान

घोराही, (युस)– नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति दाङको आयोजनामा मावि रझेनामा विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको उपलक्षमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

संगठनका अध्यक्ष दामोदर बस्नेतको अध्यक्षता एवं महासंघका केन्द्रीय सदस्य उद्धव न्यौपानेको प्रमुख आतिथ्यता र नेकपा दाङका अध्यक्ष टीकाराम खड्काको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा महासंघ दाङका सहअध्यक्ष रामप्रसाद जैसी, शिक्षक संघका प्रतिनिधि, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष, एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि, घोराही नगर शिक्षा महाशाखा अधिकृत नारायण पौडेल, पूर्वअध्यक्षहरु– विकास गौतम, हरिप्रसाद गौतम, हुमबहादुर के सी, नेकपा दाङका नेता सुरामणि बेल्बासे, प्रदेश सहसचिव अम्बिका रावत, महिला उपाध्यक्ष श्यामा रावतलगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो।
कार्यक्रमको सहजीकरण संगठनका जिल्ला सचिव मीनराज शर्मा पण्डितले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top