Free songs
Home / समाचार / संक्षिप्त समाचार / विमितलाई औषधि पाउनै मुस्किल

विमितलाई औषधि पाउनै मुस्किल

जाजरकोट,  (रासस) आठबिसकोट नगरपालिका–९ रुकुमपश्चिमकी ममता पुनले छोरी बिरामी भएपछि आठविसकोट राडीस्थित नगर अस्पतालमा उपचारका लागि लैजानुभयो। उहा“ले त्यहा“ लगे पनि छोरी रेनुका पुनको उपचारमा सहज भएन। स्वास्थ्य बिमा गरेकी ममताका परिवारले नगर अस्पतालमा उपचार गर्न पुगे पनि औषधि भने निजी औषधि पसलबाट खरीद गर्न बाध्य भएको बताउनुभयो।

विमित भएका स्थानीय उपचारमा आए पनि सहजरूपमा औषधि नपाउदा व्यक्तिगत रकम खर्च गरेर पसलबाट औषधि खरीद गर्न बाध्य भएको बताउ“दै आएका छन्। त्यस्तै नलगाड नगरपालिका–७ का रामबहादुर गिरीले नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि गएको तर बिमित भएको रकमबाट उपचार गर्न नपाउ“दा आक्रोश पोख्नुभयो। भेरी नगरपालिका–१ रिम्नाका हरिमान पुनले भन्नुभयो– ‘बीमा गरेका छौं, यसैबाट काट्नुभन्दा यो रकम कहिले आउ“छ, हामीलाई घाटा लाग्छ भन्दै औषधि नै दिन नमान्दा हैरान हु“दै आएको छु।’ बिमितहरू उपचारमा जादा व्यक्तिगत रकमबाट उपचार गरेर आउन बाध्य भएका रुकुमपश्चिम आठविसकोट नगरपालिका–६ का कालीबहादुर विकले बताउनुभयो।

जाजरकोट जिल्ला अस्पतालको फार्मेसी शाखाले बिमितले औषधि दिनका लागि दररेट नमिल्दा समस्या भएको बताएको छ। बीमाले तोकेको दर एक र फार्मेसीको दर नमिल्दा समस्या भएको फार्मेसी शाखामा कार्यरत लालबहादुर खत्रीले बताउनुभयो। सदरमुकामदेखि बाहिर उपचारका लागि जाने बिरामी बीमाको रकमबाट उपचार गर्न नपाउ“दा दुःख पाएको गुनासो गर्दै आएका छन्।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top