Free songs
Home / फिचर समाचार / पन्ध्र जिल्ला देख्न सकिने ‘कुमाख मेला’

पन्ध्र जिल्ला देख्न सकिने ‘कुमाख मेला’

युगबोध समाचारदाता

सल्यान,  सल्यान जिल्ला धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण जिल्ला हो। यस जिल्लाको पहिचान झल्काउन यहाका लेखबेशी, पाखापखेरा, तालतलैया, मठमन्दिर, जडीबुडी आदिले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यहा“ रहेको कुमाख लेक सल्यानीको पहिचानस“ग जोडिएको छ। कुमाखबाट नेपालका १५ वटा जिल्ला देख्न सकिन्छ।

यस्तै नेपालगञ्ज र भारतको रुपैडियासम्मका दृश्यसम्म देख्न सकिन्छ। जिल्लाको कुमाख गाउ“पालिका र सिद्धकुमाख गाउपालिकाको बीचमा रहेको यस कुमाखबाट पूर्वका धौलागिरी, सिस्ने, पुथालगायत हिमाली क्षेत्रका अधिकांश हिमाल हेर्न सकिन्छ। यस्तै कुमाखबाट एकै पटक हिमालदेखि तराईसम्म अवलोकन गर्न सकिन्छ।

कुमाख गाउ“पालिका र सिद्धकुमाख गाउ“पालिकाको बीचमा पर्ने कुमाखमा कोजाग्रत पूर्णिमाको अवसरमा मेला लाग्ने गर्छ। यस कुमाख पहाडका विभिन्न स्थानमा दर्जनौं आकर्षक गुफा रहेको र जुन पर्यटकको गन्तव्यका रुपमा विकास गर्न सकिने स्थानीयले बताएका छन्।
कुमाख पहाडमा पहाडी जंगलमा महत्वपूर्ण जडिबुटी, वनस्पति र फूलहरुका साथै चराचुरुंगी र जनावरहरु पनि पाइन्छन्। दशैंमा पञ्चमीदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म सिद्ध मन्दिरमा पूजाआजा हुने गर्छ भने कोजाग्रत पूर्णिमाका दिन त्यो भन्दा तल रहेको पहाडको फेदीमा रहेको समथर भूभाग रहेको पहाडमा मेला लाग्छ।

जिल्लाकै ठूलो मेलाका रुपमा चिनिएको उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएको सिद्धकुमाख गाउ“पालिका–२ का वडाअध्यक्ष रुद्रबहादुर बुढाथोकीले बताउनुभयो। उहाले मेलामा स्थानीय लोक संस्कृति झल्कने विभिन्नखालका नाचहरु प्रदर्शन गरिने बताउनुभयो। मेलामा सोरठी, पंैसेरी, बन्गाडी टप्पा, झाप्रे, सरिंगे जस्ता नाच जिमाली, मर्मपरिका“डा, बडागाउ“, भल्चौर, थारमारे, बाझका“डा, सिद्धेश्वरी, चा“दे र स्वीकोटका विभिन्न गाउ“बाट ल्याइन्छ।

यस्तै कोजाग्रत पूर्णिमाकै दिन सल्यानका विभिन्न स्थानमा मेला लाग्ने गर्दछन्। जिल्लाको छत्रेश्वरी गाउपालिकामा रहेको सिद्धबाबा मन्दिर परिसरमा पनि मेला लाग्ने गर्दछ। जहा चादनी साततले गुफा, ढुंगेपानी, ढकढके ढुंगा, नागेश्वर बाबाको मन्दिर रहेका छन्।
चा“दनी साततले गुफा संरक्षण समितिको आयोजनामा भएको कार्यक्रममा स्थानीय नवप्रतिभा युवा क्लब र सहयात्री कला केन्द्रले पनि सांस्कृतिक प्रस्तुति राख्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। यस्तै पाथीभरा पिपलनेटालगायतका स्थानमा पनि पूर्णिमाको दिन मेला लाग्ने गर्दछ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top