Free songs
Home / फिचर समाचार / पत्रेखोला पुल:पिलर बन्यो, डिजाइन बनेन

पत्रेखोला पुल:पिलर बन्यो, डिजाइन बनेन

 गिरिराज नेपाली

दुुधरास,  घोराही–तुलसीपुुर सडकखण्डमा पर्ने निर्माणाधीन पत्रेखोला पुलको काम आर्थिक वर्ष २०७०÷७१ देखि शुरु भएको हो। पँचवर्षको अवधिमा पुलको पिलर मात्रै निर्माण भएको छ। बा“की काम ठप्प छ। सगसगै निर्माण शुुरु भएका अन्य खोलाहरुमा ढिलै भए पनि सवारी साधन चल्न शुुरु गरिसकेका छन्। पत्रेखोला पुल निर्माणको काम अलपत्र छ। खोलाको पूर्व र पश्चिमतर्फ आधाउधी दुुई पिलर उभिइसकेका छन्। प्रिस्टेज पुल निर्माणका लागि पिलर उठे पनि बिम र स्ल्यापको डिजाइन बन्न नसक्दा पुल अलपत्र छ। बिम र स्ल्यापको डिजाइनको समय अझै कति लाग्ने भन्नेबारे न सम्बन्धित कार्यालयलाई थाहा छ, न निर्माण कम्पनी नै त्यसबारे जानकार छ।

सडक डिभिजन कार्यालय दाङका इञ्जिनियर लीलाबहादुर भण्डारीले भन्नुुभयो– ‘निर्माण कम्पनीसग बिम र स्ल्यापको डिजाइन कार्यालयस“ग मागेको वर्षांै भइसक्यो। तर निर्माण कम्पनीले डिजाइन दिएकै छैन। जसका कारण पुल निर्माण कार्य अलपत्र छ।’ २०७०÷७१ बाट निर्माण शुुरु गरी २०७३÷७४ सम्म निर्माण सम्पन्न गर्ने गरी शंकरमाली निर्माण सेवाले उक्त पुल निर्माणको जिम्मा लिए पनि पा“चवर्ष बितिसक्दा पनि डिजाइनसमेत दिन नसकेको उहाको भनाइ छ।

निर्माण कम्पनीले सुपर स्ट्रक्चर डिजाइन पेश गर्न नसक्दा नै पुल निर्माण कार्य सम्पन्न हुुन नसकेको उहा“को भनाइ छ। निर्र्माण कम्पनी जिम्मेवार बन्न नसक्दा पुल पिलरमा मात्रै सीमित छ। जसका कारण सर्वसाधारणले मार खेप्नुपरेको छ। आधा पिलरको पुुलका कारण खोलामा सवारी दुुर्घटनाको जोखिम पनि उस्तै छ। उहाले थप्नुुभयो– ‘डिजाइनको पेमेन्ट पनि दिन्छौं। तर निर्माण कम्पनीले डिजाइन दिदैन कसरी पुल बन्छ ?’ निर्माण कम्पनीस“ग पटक–पटक डिजाइन माग गर्दै आइरहे पनि डिजाइन पेश गर्न नसक्दा काम रोकिएको उहा“को भनाइ छ। उक्त पुल करीव चार करोडको लागतमा निर्माण हुन लागेको हो।

अरुमा बने पत्रेखोलामा बनेन

बबई, गुुर्जे, संक्राम र पत्रेखोला पुुल निर्माणको काम सगसगै शुुरु भएका हुुन्। तर अन्य खोलाका पुलमा सवारी साधन चल्न शुुरु गरिसके तर पत्रेखोला पुलमा अझै पिलरको काम पनि सकिएको छैन। जसका कारण सर्वसाधारणले सास्ती खेप्नुु परिरहेको तुलसीपुुर–१८ का मनिकलाल चौधरीले बताउनुुभयो। उहा“ले भन्नुुभयो– ‘सधैंको दुख बन्योपुुल।’ सम्बन्धित कार्यालय र निर्माण कम्पनीको चरम लापरवाहीका कारण पुल बन्न नसकेको उहाको आरोप छ।

किन बन्न सकेन डिजाइन ?

पत्रेखोलामा निर्माणाधीन पुल प्रिस्टेज डिजाइनको हो। जसका लागि पिलर समेत उठान गरिसकेको छ। पुल निर्माण सम्पन्न गर्नका लागि अब बा“की बिम र स्ल्यापको डिजाइन मात्रै बॉ“की छ। तर उक्त डिजाइन पा“च वर्षदेखि बन्न सकेको छैन। निर्माण कम्पनी र सडक डिभिजन कार्यालयबीचको तालमेल मिल्न नसक्दा डिजाइन बन्न सकिरहेको छैन। सडक डिभिजनले निर्माण कम्पनीलाई निर्माण कम्पनीले सडक डिभिजनलाई दोष लगाउदै पन्छिने काम गर्दै आइरहेकाले पुल निर्माणका अवस्था बेहाल बनिरहेको छ।

बेखबर ठेकेदार

आधाउधी दुुई पिलरको काम सकिएको पत्रेखोला पुल निर्माणबारे निर्माण कम्पनी बेखबर रहेको सडक डिभिजन कार्यालय दाङको आरोप छ। निर्माण कम्पनीले पत्रेखोला पुुल निर्माणका लागि न डिजाइन पेश गर्न सकेको छ, न म्याद थपका लागि कुनै प्रक्रिया शुुरु गरेको छ। जसका कारण पत्रेखोला पुुल निर्माणको काम अन्योलमा परेको इञ्जिनियर लीलाबहादुुर भण्डारीले बताउनुुभयो। उहाले भन्नुुभयो– ‘ठेकेदारको गैरजिम्मेवारीकै कारण पुल निर्माणको काम रोकिएको छ। न म्याद थप हुुन सकेको छ, न डिजाइन पाउन सकेका छौं।’

दोषी को ?

पत्रेखोला पुुल निर्माण वर्षांैदेखि अलपत्र रहे पनि पुल निर्माणमा भइरहेको ढिलासुुस्तीबारे छानबिन हुुन सकेको छैन। सम्बन्धित कार्यालयको मौनता र निर्माण कम्पनीको मनपरीका कारण पुल निर्माणको काम अलपत्र बनिरहेको छ। सम्बन्धित कार्यालय प्रमुुख जिम्मेवार बन्न नसक्दा पनि निर्माण कम्पनीले मनपरी गरिरहेकाले पुल निर्माण अधुरो रहेको सडक डिभिजन कार्यालयका एक कर्मचारीको भनाइ छ। उहाले भन्नुुभयो– ‘कार्यालय प्रमुुख कार्यालयमा त्यति बस्नुुहुन्न। योजनाको अवस्था के कस्तो उहा“ले त्यति जानकारी राख्नुुहुन्नु। अनि कसले गर्ने कारवाही ?’

कति पटक दिने डिजाइन ?

सडक डिभिजन कार्यालय निर्माण कम्पनीले डिजाइन पेश नगर्दा पुल निर्माणको काम रोकिएको बताए पनि निर्माण कम्पनीले बिम र स्ल्यापको डिजाइन दुुई पटक पेश गरिसकेको जनाएको छ। पत्रेखोला पुल निर्माणको जिम्मा लिएको शंकरमाली निर्माण सेवाका प्रतिनिधि पदमप्रसाद शर्माले कार्यालयले माग गरे बमोजिमको डिजाइन दुुईपटक पेश गरिसके पनि कार्यालयले त्यो डिजाइन पास गर्न नसकेको उहा“को भनाइ छ। उहा“ले भन्नुुभयो– ‘एउटा पुलको डिजाइन कति पटकसम्म दिनुुपर्छ ?’ सडक डिभिजनको लापरवाहीले पुल निर्माणको
काम रोकिएको उहाको भनाइ छ। उहाले थप्नुुभयो– ‘दोष जति निर्माण कम्पनीलाई, कमजोरी सबै आफूूको छ।’ डिभिजनले आफै बनाएको डिजाइन फेल भए पनि निर्माण कम्पनीले दुुईपटक डिजाइन पेश गर्दासम्म पनि कार्यालय उक्त डिजाइनबारे कुुनै जानकारी दिन नसक्दा निर्माण कम्पनीले काम गर्न नसकेको उहा“ले बताउनुुभयो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top