Free songs
Home / फिचर समाचार / देशकै ‘लाइफलाइन’ बन्नसक्छ केरुङ–काठमाडौं रेलमार्ग

देशकै ‘लाइफलाइन’ बन्नसक्छ केरुङ–काठमाडौं रेलमार्ग

 प्रकाश सिलवाल\ज्ञानेन्द्र न्यौपाने

काठमाडौं,  (रासस) ः विनाशकारी भूकम्पपछि अवरुद्ध हुन पुगेको नेपाल–चीनबीचको प्राचीन व्यापारिक रसुवागढी नाकाको व्यवस्थित सञ्चालनका लागि चिनिया पक्षले मितेरी पुलको पुनःनिर्माण गरिसकेको छ। नेपाली पक्षमा पनि नाका व्यवस्थापन र सडक स्तरोन्नतिका काम भइरहेको छ।

चिनिया“ राष्ट्रपति सी जीनफिङको राजकीय नेपाल भ्रमणमा क्रममा केरुङ–काठमाडौं रेलमार्गको लगानीको ढा“चाका विषयमा हुने छलफलको तयारीले यो नाकाको चर्चा पुनः चुलिएको छ। सीमा जोडिएको रसुवा र नुवाकोटको मात्र होइन, सिंगो देशले केरुङ–काठमाडौं रेलमार्ग सञ्चालनको परिकल्पना गरिरहेको छ। काठमाडौंबाट पोखरा–लुम्बिनी हुदै भारतसम्म रेलमार्ग जोड्ने सरकारको दीर्घकालीन लक्ष छ।

रेलमार्ग निर्माण भएमा चीनस“गको लगानी, व्यापार र पर्यटक आवागमनमा उल्लेख्य बृद्धि हुने निश्चित छ। मल्लकालमा शुरु भएको रसुवागढीबाट केरुङसम्म २३ किलोमिटरको दूरी पर्छ। चीनले सिगात्सेबाट केरुङसम्म रेलमार्ग बनाउने लक्ष लिएकामा नेपालले उक्त रेलमार्गलाई केरुङ–काठमाडौं हु“दै पोखरासम्म जोड्न गरेको प्रस्तावमा चिनिया“ पक्ष सकारात्मक छ। चीनको ‘बेल्ट एण्ड रोड’ पहल र हिमालयन वारपार बृहत् सम्पर्क सञ्जालमा नेपालले सहमति जनाइसकेकाले भावी दिनमा सहकार्यको दायरा फराकिलो हुने देखिदा त्यसबाट नाका जोडिएको जिल्लाले प्रत्यक्ष लाभ लिन सक्नेछ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीको शनिवार र आइतवार हुने राजकीय भ्रमणका अवसरमा रेलमार्ग निर्माणको कार्यसूची उच्च प्राथमिकतामा छ।

चिनिया“ राष्ट्रपति सीको भ्रमणको पूर्वसन्ध्यामा यही असोज २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विज्ञको बैठकमा रेलमार्गको लगानीको ढा“चा, सुरुङसहित बेत्रावती रसुवागढी दोहोरो मार्गको सडक निर्माण, टोखा छहरे सुरुङ निर्माण, विद्युत र कनेक्टिभिटीसहित अन्य विभिन्न नाकाको सञ्चालनलगायतका विषयमा चिनिया“ पक्षस“ग वार्ता हुने जानकारी दिइएको थियो। केरुङ–काठमाडांै रेलमार्ग बन्नुपर्नेमा कुनै पनि दलको आपत्ति छैन तर यसको सम्पूर्ण लगानी ऋणमा नेपालले गरेमा त्यसको भार थेग्न सक्छ कि सक्दैन भन्ने बहस जारी छ।

भूकम्पपछि यो नाका व्यवस्थित नभए पनि हाल जेनतेन चलेको छ। यस्तो स्थितिमा पनि वार्षिक आठ अर्ब राजस्व संकलन यो नाकाले गरेको छ। हाल गल्छी बेत्रावती स्याफ्रुबेसी रसुवागढीको १६ किलोमिटरको नया“ बाटोमा ११ वटा नया“ पुल बन्दैछन् बेत्रावती धुन्चे हु“दै रसुवागढी जाने पुरानो बाटो पनि नियमित छैन। एकीकृत भन्सार निर्माणका क्रममा छ भने सुक्खा बन्दरगाह निर्माणका लागि मुआब्जा वितरण शुरु भएको छ।

रसुवाका सांसद मोहन आचार्यले नाकाको व्यवस्थापन र सडकको स्तरोन्नति आवश्यक भएको र आफूहरुले त्यसमा चिनिया“ सहयोगको अपेक्षा गरेको जनाउ“दै भन्सार क्वारेन्टाइनको स्थापना हुनुपर्ने बताउनुभयो। उहाले नेपालबाट कृषि उपजका सामान निर्यातको व्यवस्था हुन सकेमा व्यापार घाटा घट्ने जनाउनुभयो।

रसुवाका पूर्वसांसद जनार्दन ढकालले राष्ट्रपति सीको भ्रमणले आपसी सम्बन्ध प्रगाढ हुनुका साथै सो नाका व्यवस्थित भई रेलमार्ग निर्माण भएमा उक्त नाका रसुवा, नुवाकोटका लागि मात्र नभई देशकै समृद्धिको ‘लाइफलाइन’ बन्न सक्ने प्रतिक्रिया दिनुभयो।

नेकपाका नेता ढकालले भन्नुभयो– ‘रेलमार्ग बनाउ“दा हामी धेरै ऋणमा पर्छाैं, थिचिन्छौं भन्ने कुरा होइन। यसले कालान्तरमा भारतस“ग पनि सम्पर्क जोड्ने भएकाले आर्थिक समृद्धिमा प्रत्यक्ष टेवा दिन सक्नेछ।’

चीनको ‘नेशनल रेलवे अथोरिटीले’ केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन गत मंसिर २४ गते नेपाल सरकारलाई बुझाएको थियो। रेलमार्ग निर्माण सम्बन्धमा चिनिया प्राविधिक टोलीले तयार पारेको उक्त प्रतिवेदनका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र लगानीको ढाचाका सम्बन्धमा दुई देशबीच छलफल हुदैछ। चिनिया टोलीले काठमाडौं–पोखरा रेलमार्गको पनि सम्भाव्यता अध्ययन गरिसकेको छ।

केरुङ–काठमाडौं रेलमार्गको दूरी करीब ८० किलोमिटर हुनेछ। सो रेलमार्गको निर्माण अवधि आठ वर्षको हुने र करीब तीन खर्बभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ। काठमाडौं–पोखरा रेलमार्गको लम्बाइ १७१ किलोमिटर हुने बताइएको छ।
प्रधानमन्त्री ओलीले २०७३ असार ५ देखि १० गतेसम्म गर्नुभएको चीनको औपचारिक भ्रमणका क्रममा सो रेलमार्ग निर्माण प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो। रसुवागढी नाकाबाट हाल स्याउ, अदुवा, लसुन, जुत्ता चप्पल, तयारी पोशाक, बच्चाका खेलौना, विद्युत तथा सिंगारका सामग्री आदि नेपाल आयात तथा नेपालबाट कारागारमा निर्मित बुनेका मुढा, चाउचाउ, बिस्कुट, कृषि उपज आदि निर्यात हु“दै आएको छ।

टिमुरेस्थित व्यापारी सुनाम वाङ्जी तामाङ नाकाको व्यवस्थित सञ्चालन भएमा व्यापारिक कारोवार सहज भई व्यापार बढ्ने बताउनुहुन्छ भने रसुवाका नागरिक क्षेत्रका अगुवा बाबुलाल तामाङ पनि नाकासम्मको सडकको स्तरोन्नति मुख्य सवाल भएको बताउनुभयो। बेत्रावतीस्थित समाजसेवी चन्द्रशेखर लम्सालले राष्ट्रपति सीको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने र रसुवामा विद्यालय, खानेपानी, बिजुली, सिंचाईका क्षेत्रमा समेत सहयोग अभिवृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो।

रसुवागढी नेपाल र चीन सिमानामा रसुवा जिल्लाको साविक टिमुरे गाविसमा अवस्थित डेढ शताब्दी पुरानो ऐतिहासिक गढी मानिन्छ। उत्तरबाट लिङ्दे र पश्चिमबाट केराङ खोला मिलेर भोटेकोशी नदी शुरू हुने दोभानमा विसं २०१२ मा रसुवागढी निर्माण भएको छ। लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने यही गढीको नामबाट रसुवा जिल्लाको नामाकरण भएको हो।

दुई पक्षबीच युद्ध हु“दा बहादुर शाहको समयमा भएको नेपाल–भोट युद्धमा भोटको सहायताका लागि यही बाटो हु“दै चिनिया“ फौज नेपाल आएको थियो। पछि जङ्गबहादुरको पालामा भएको नेपाल–भोट युद्धमा नेपाली फौज गढीको बाटो हु“दै केरूङ र दिगर्वसम्म पुगेका थिए। दुबै पक्षबीच पछि समझदारी भएको थियो।

लिच्छवीकालमा अंशुबर्माको शासनकालमा उहा“की छोरी भृकुटी यही नाका हु“दै घर माइती गर्ने गरेको पाइन्छ। भृकुटीले तिब्बती राजा स्रङ्चङ गम्पोस“ग विवाह गरेकी थिइन्। विसं २०७२ मा दक्षिणी छिमेकी भारतले पेट्रोलियम पदार्थको आपूर्तिमा अघोषित नाकाबन्दी गरेपछि चीनबाट रसुवागढी नाकाबाट नुवाकोट हु“दै काठमाडौंसम्म पेट्रोलियम पदार्थ ल्याउने विषयमा दुईपक्षीय छलफल भएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top