Free songs
Home / समाचार / संक्षिप्त समाचार / दशंै तिहारको अवसरमा मैत्रीपूर्ण फूटवल

दशंै तिहारको अवसरमा मैत्रीपूर्ण फूटवल

युगबोध समाचारदाता

घोराही,  थारु कल्याणकारिणीसभा दाङ देउखुरीको अगुवाइमा दशंै तिहार र छठ पर्वको अवसरमा मैत्रीपूर्ण फूटवल प्रतियोगिता सम्पन्न गरिएको छ।थारु कल्याणकारिणीसभा, थारु पत्रकार संघ, राष्टिय थारु कलाकार मञ्चको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुुर चौधरीले जहिले पनि थारु समुदाय फरुवा र ह“सिया बोकेर काममा मात्रै केन्द्रित भएको अवस्थामा अबको नया“ पुुस्ताले खेल क्षेत्रलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो। प्रमुुख अतिथि चौधरीले थारु समुदायका युवाहरु छरिएर रहेकाले खेल क्षेत्रको माध्यमबाट केन्द्रित हुन आग्रह गर्नुभयो। फूटवल प्रतियोगितामा थारु कल्याणकारिणीसभाले थारु पत्रकार संघलाई दुईका विरुद्ध तीन गोल हानेर जीत हासिल गरेको थियो भने राष्ट्रिय कलाकार मञ्चलाई दुईका बिरुद्ध ५ गोल हानेर प्रथम भएको थियो। यसैगरी खेलमा थारु पत्रकार संघ दोस्रो स्थान हासिल गरेको थियो भने राष्ट्रिय कलाकार मञ्च तेस्रो भएको थियो।

यसैगरी सभाको अगुुवाइमा भएको संयुुक्त कार्यक्रममा परिचयात्मक कार्यक्रम, दशैं तिहार मिलन कार्यक्रम सगै जिल्लास्तरीय थारु कल्याणकारिणी खेलकूद सभाको तदर्थ समिति गठन गरेको छ। जिल्ला खेलकूद संघका सदस्य भीमबहादुुर चौधरीको संयोजकत्वमा शंकर चौैधरी सदस्य सचिव रहेको नौ सदस्यीय समिति गठन गरेको हो। कार्यक्रममा सभाका अध्यक्ष भुवन चौधरी, सचिव प्रकाश चौधरी, सल्लाहकार लक्ष्मीमान चौधरी, थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष सन्तोष दहित, जिल्ला अध्यक्ष नवीन चौधरी, थारु कलाकार मञ्चका केन्द्रीय उपाध्यक्ष रोशन रत्गैया, जिल्ला सभापति शालिकराम चौधरीले दशैं, तिहार र छठ पर्वको शुभकामना दिनुुभएको थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top