Free songs
Home / फिचर समाचार / छ माया छपक्कैमा दर्शकको ओइरो

छ माया छपक्कैमा दर्शकको ओइरो

 केएल बुढाथोकी

दाङ,  शनिवार बिहान घोराहीको गणेश चित्रालयमा चलचित्र ‘छ माया छपक्कै’ हेर्न ओइरिएको दर्शकको भीड देखेर युवा खेलाडी एवं समाजसेवी नरेन्द्र पुन चित परे। उनलाई फिल्म होइन कुनै महोत्सव चलिरहेको जस्तो महसुस भयो। दर्शकहरुको त्यो भीडमा किशोर किशोरी, महिलादेखि समाजका प्रबुद्ध व्यक्तिहरु पनि सामेल थिए। यो दृश्यले चकित र उत्साहित भएका पुनले यो खबर फेसबुकमा पनि पोष्टिए।

दङाली युवा रोहित अधिकारीले निर्माण गरेको चलचित्र छ माया छपक्कै गएको शुक्रवारदेखि देशभर प्रदर्शन भइरहेको छ। देशभरका सिनेमा घरहरुमा दर्शकहरुको अभूतपूर्व भीड उर्लेको छ। व्यापारको नया“ रेकर्ड निर्माण गर्दै दर्शक लोभ्याइरहेको यो अवस्था देखेर युवा खेलाडी एवं समाजसेवी नरेन्द्र पुनजस्तै सबै चित परेका छन्। ख“दिलो कथा र महत्वपूर्ण विषयवस्तु उठान गरिएको हुदा छ माया छपक्कै हेर्न दर्शक ओइरिएको बताउछन् गणेश चित्रालयका प्रबन्धक चेतन कोइराला। उनी भन्छन्– ‘चलचित्रले पानीको समस्या निकै सशक्तढंगले उठाएको छ। निर्माण पनि निकै सशक्त छ।’ दर्शक प्रतिक्रिया उत्साहजनक भएको हु“दा सिनेमा घरहरुमा दर्शक अझ बढ्ने प्रबन्धक कोइरालाको अनुमान छ।

देशैभर आक्रामक व्यापार गरिरहेको छ माया छपक्कैलाई दिनह“ु शो थपिदैछ। केही समय अघि प्रदर्शनमा आएको हिन्दी चलचित्र वारको शो भने घट्दै गइरहेको छ। प्रारम्भिक संकेत हेर्दा यो चलचित्रले रेकर्डतोड व्यापार गर्ने निश्चितप्रायः छ। दर्शक प्रतिक्रियास“गै समीक्षकहरुले पनि छ माया छपक्कैलाई उत्कृष्ट भनिरहेका छन्। निर्माता रोहित अधिकारी पनि यो चलचित्रले कीर्तिमानी व्यापार गर्ने कुरामा आशावादी छन्। उनी भन्छन्– ‘दर्शक र समीक्षकहरुको प्रारम्भिक प्रतिक्रियाले छ माया छपक्कैमा अझैं दर्शक ओइरिने क्रम बढ्ने देखिन्छ। शुरुदेखि (वान डे कलेक्सन) नै कीर्तिमान बनाएको हु“दा यो चलचित्रले सर्वाधिक व्यापारको नया रेकर्ड कायम गर्ने देखिन्छ।’

गाजलु निर्माता रोहितले यो चलचित्र दीपकराज गिरीको छक्कापञ्जा टिमसगको सहकार्यमा बनाएका हुन्। चलचित्रको निर्देशन दीपेन्द्र लामाले गरेका हुन्। पानीको समस्याले काकाकूल बनेका घडेरीका गाउ“को कथाव्यथा, प्रेम र राजनीतिको मिश्रण रहेको छ माया छपक्कैमा दीपकराज गिरी, केकी अधिकारी, केदारप्रसाद घिमिरे (माग्ने बुढो), जितु नेपाल (मुन्द्रे) लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top