Free songs
Home / समाचार / प्रमुख समाचार / चिनियाँ राष्ट्रपतिको भव्य स्वागत

चिनियाँ राष्ट्रपतिको भव्य स्वागत

आज द्विपक्षीय वार्ता र समझदारीपत्रमा हस्ताक्षर हुने

युगबोध समाचारदाता

काठमाडौं,  दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आउनुभएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनपिङको भव्य स्वागत गरिएको छ। राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिकतापूर्वक स्वागत अभिवादन गर्नुभयो। उहा“हरूलाई चिनिया“ विशिष्ट अतिथिको स्वागतमा पञ्चकन्याले साथ दिएका थिए। त्यसअघि राष्ट्रपति भण्डारीले विमानमा नै पुगेर राष्ट्रपति सीलाई स्वागत गर्नुभएको थियो।
सीको काठमाडौं आगमनस“गै उहा“को राजकीय भ्रमण प्रारम्भ भएको छ। नेपाली सेनाको एक टुकडीले विशिष्ट अतिथि राष्ट्रपति सीको सम्मानमा २१ तोपको सलामी दिएको थियो। त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्म उहा सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र आम नागरिकले उहा“को स्वागत गरेका थिए।

उहा“लाई विभिन्न जातजातिको पहिचान झल्कने झाकी, पञ्चैबाजा र नाचले समेत स्वागत गरिएको थियो। तीनकुने, नया बानेश्वर र बबरमहल, माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, कालीमाटी र सोल्टीमोडसम्म उहाको स्वागतका लागि आम नागरिकको उल्लेखनीय उपस्थिति थियोे। राष्ट्रपति सीलाई स्वागतका लागि बनाइएका स्वागतद्वार, परम्परागत संस्कृति झल्कने ब्यानर, सडकको
दुबैतर्फ फूलसमेत राखिएको थियो। उहा“ त्रिभुवन विमानस्थलमा ओर्लिएसगै सवारी मार्गलाई खाली गरिएको थियो। भारतको चेन्नईबाट सी एयर चाइनाको विशेष विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लनुभएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारी र उहा“का समकक्षी सीबीच शनिवार नै भेटवार्ता भएको छ भने सीको सम्मानमा राष्ट्रपति भण्डारीले राजकीय भोजको आयोजनासमेत गर्नुभयो। राजकीय भोजअघि कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति सीस“ग भेट गर्नुभएको थियो। आइतवार राज्यस्तरमा दुबै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ भने नेकपाका अध्यक्ष प्रचण्डसहित नेताहरुस“ग भेटवार्ता हुने छ।

चिनिया राष्ट्रपतिका साथ विदेशमन्त्री वाङ यीलगायत उच्च अधिकारी भ्रमणदलमा सहभागी हुनुहुन्छ। राष्ट्रपति सीको यो भ्रमणलाई नेपाल–चीनबीचको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्ध अभिबृद्धिमा दूरगामी प्रभाव पार्ने विश्वास गरिएको छ। २३ वर्षपछि चिनिया राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो। यसअघि सन् १९९६ मा चिनिया राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गर्नुभएको थियो।

यी हुन् सम्झौनामा पर्नसक्ने सम्भावित योजना

आज आइतवार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सीबीच दुई पक्षीय औपचारिक वार्ता हुनेछ। दुई नेताको उपस्थितिमा नेपाल–चीनबीच केही सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुनेछ। जसमा नेपालले रेल मार्गलाई जोड दिएको छ भने चीनले यसमा नेपाल सरकारको पनि दायित्व खोजेको छ। यसबारे थप समझदारी खुलाइएको छैन।

दुई देशबीच काठमाडौं–केरूङ सुरुङ मार्गमा पनि महत्वपूर्ण समझदारी हुन थालेको स्रोतले जनाएको छ। चीन सरकारले ३० किलोमिटर लामो सुरूङ मार्ग अनुदानमै बनाइदिने समझदारी हुने प्रवल सम्भावना छ। उच्च सरकारी स्रोतका अनुसार यो सुरूङमार्ग अनुदानमै बनाइदिन चीन सरकार सहमत भएको छ। पहिलो खण्डले काठमाडौंको टोखा र नुवाकोटको छहरेलाई जोड्नेछ भने दोस्रो खण्डले रसुवाको बेत्रावती र स्याफ्रुवेंसीलाई जोड्नेछ। यो सुरूङ मार्ग निर्माण भएपछि काठमाडांै–केरूङको जम्मा लम्बाइ ८२ किलोमिटरमा झर्नेछ। त्यसपछि बाह्रै महिना काठमाडौं–केरूङबीच सडक यातायात निर्वाध चल्नेछ। त्यस्तै नेपाल र चीनबीच अरनिको राजमार्गको स्तरोन्नतिमा सहमति हुनेछ।
त्यस्तै प्रधानमन्त्री ओलीको दोस्रो चीन भ्रमणका बेला संयुक्त वक्तव्यमा परेका चीनको नाका हु“दै उत्तर–दक्षिण जोड्ने कोशी, गण्डकी र कर्णाली करिडोरको विषयमा पनि यसपालि थप सहमति हुनेछ। किमाथांका–लेगुवा, कोरला–पाल्पा र हिल्सा–सुर्खेत जोड्ने राजमार्गको विकास छलफलका एजेन्डामा छन्। केही जलविद्युत आयोजनामा पनि सम्झौता गर्ने तयारी छ। त्यस्तै ओली सरकारले प्रतिष्ठाको रुपमा अघि सारेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनामा पनि चीनले अनुदान दिने सम्भावना छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top