Free songs
Home / समाचार / संक्षिप्त समाचार / सेवानिवृत्त कर्मचारीको विदाइ

सेवानिवृत्त कर्मचारीको विदाइ

युगबोध समाचारदाता

घोराही,  घोराही उपमहानगरपालिकामा कार्यरत आठजना कर्मचारीलाई विदाइ गरिएको छ। उपमहानगरपालिकाको विभिन्न शाखा तथा वडाहरुमा कार्यरत आठजना सेवा निबृत्तत कर्मचारीको बिदाइ गरिएको हो।

नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले टीका, दोसल्ला, ढाका टोपी र मायाको चिनो प्रदान गरी कर्मचारीहरुको बिदाइ गर्नुभएको हो।

सेवा निबृत्त हुने कर्मचारीहरुमा दुर्गाप्रसाद रिजाल, सुबोध रेग्मी, राधा मल्ल, जंगबहादुर जिसी, शिवकुमार शर्मा, लीलाधर श्रेष्ठ, कुलराज गौतम र बेदप्रसाद ढकाल हुनुहुन्छ।

बिदाई कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले आफ्नो ऊर्जावान समय देश र जनताको सेवामा सुम्पिएर असल नागरिकको भूमिका निभाएको भन्दै उच्च प्रशंसा गर्नुभयो।

जनताको सेवामा बिभिन्न ठाउ तथा जिम्मेवारीमा रहेर काम गरी सेवानिबृत्त भए पनि आफ्नो ज्ञान, सिप र क्षमतालाई सामाजिक काममा लगाउन अपिलसमेत गर्नुभयो।

कार्यक्रममा उपप्रमुख सीता सिग्देल न्यौपानेले जीवनको महत्वपूर्ण जिम्मेवारी पूरा गरेर देश र जनताको सेवामा समर्पित भएका कर्मचारीहरुप्रति सम्मान व्यक्त गर्नुभयो।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जागिरको समय चक्र अनुसार पाउने जिम्मेवारी र विदाइलाई सहजढंगले लिदै जीवनभर सिकेको सिपलाई सामाजिक उत्थानमा लगाउन आग्रह गर्नुभयो।

विदाइ हुनुभएका सुबोध रेग्मीले कर्मचारीको जिम्मेवारी अनुसार जागिर अबधि भर धेरै ज्ञान तथा सम्बन्ध बिस्तारलाई अबसरका रुपमा लिएको उल्लेख गर्नुभयो। कार्यक्रमको सहजीकरण ठाकुर खनालले गर्नुभएको थियो। कार्यक्रममा दशैंको शुभकामनासमेत आदानप्रदान गरिएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top