Free songs
Home / फिचर समाचार / ‘शक्तिको आडमा न्याय प्रभावित हुनुहँुदैन’

‘शक्तिको आडमा न्याय प्रभावित हुनुहँुदैन’

युगबोध समाचारदाता

घोराही,  संविधानमा हिंसामुक्त जीवनको अधिकार सुनिश्चित भइसके पनि महिलाहरु दिनहु“ हिंसा खेप्न बाध्य भएको भन्दै शक्तिको आडमा न्याय प्रभावित हुन नदिन निरन्तर खबरदारी गर्नुपर्ने आवश्यकतामा शुक्रवार घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन्।

अन्तरपार्टी महिला सञ्जाल दाङको आयोजनामा भएको दशैं, तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीले सो कुरामा जोड दिएका हुन्।

सञ्जालका अध्यक्ष सुशीला पौडेलको अध्यक्षता तथा राष्ट्रियसभा सदस्य अनिता देवकोटाको प्रमुख आतिथ्यता एवं प्रदेश नम्बर पा“चका सांसद दामा शर्माको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै महिलाहरुले महिला अधिकार र न्यायका साझा सवालमा महिलाहरुले एकतावद्ध भएर आवाज उठाउनुपर्नेमा जोड दिए। हिंसा सहनुहुन्न भन्ने मान्यतालाई बलियो रुपमा स्थापित गरेर महिलालाई प्रोत्साहित गर्ने गरी कार्यक्रम बनाउनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रि«य सभा सदस्य अनिता देवकोटाले महिलाको पक्षमा कानुन बन्ने सवालमा आफूले प्रयत्न गरिरहेको वताउनुभयो। त्यस्तै प्रदेश सांसद दामा शर्माले संविधान लेखनका बेलाको ऊर्जा खस्केको जस्तो देखिएको भन्दै संविधान कार्यान्वयनमा सबैले जोड दिनुपर्ने बताउनुभयो। कार्यक्रममा राजनीतिक पार्टी निकट महिला संघ संगठनका प्रतिनिधि, महिला अधिकारकर्मी तथा पत्रकार महिलाहरुको सहभागिता रहेको थियो।

त्रिविमा उपकुलपति सिफारिस

काठमाडौं,  (युस)– त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भगवान कोइरालासहित तीनजनाको नाम सिफारिस भएको छ। हाल निमित्त उपकुलपतिको जिम्मेवारीमा रहेकी प्रा.डा. सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन। त्रिवि उपकुलपतिका लागि सिफारिस तीन जनाको नामावलीमा डा. भगवान कोइरालाको नाम पहिलो नम्बरमा छ। यसैगरी डा. धर्मकान्त बास्कोटा र डा. चन्द्रमणि पौडेलको नाम क्रमशः दोस्रो र तेस्रो नम्बरमा परेको छ। वरिष्ठ मुटुरोग विशेषज्ञसमेत रहेका डा. कोइराला त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक बने पनि १०८ दिनपछि राजीनामा दिनुभएको थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top