Free songs
Home / समाचार / संक्षिप्त समाचार / लमहीमा दशैं मिलन

लमहीमा दशैं मिलन

युगबोध समाचारदाता

लमही, लमही नगरपालिकाको बडा दशै, तिहार तथा छठपर्वको अवसरमा दशैं मिलन तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ।
लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको अध्यक्षता र लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डागीको विशिष्ट आतिथ्यतामा हिन्दुहरुको महान पर्व बडा दशैं, तिहार तथा छठपर्वको अवसरमा लमही नगरपालिकामा दशैं मिलन तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको हो।

संस्कृति र परम्पराको जगेर्ना तथा नगरवासीहरुका बीचमा सुदृढ एकता कायम गर्ने उद्देश्यले दशैं मिलन कार्यक्रम आयोजना गरिएको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताउनुभयो। नगर प्रमुख केसीले बडा दशैंको
शुभकामना दिदै चाडपर्वलाई भट्किलो नगराउन आग्रह गर्नुभयो।

कार्यक्रममा लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डा“गीले चाडपर्व सबैले शान्तिपूर्वक मनाउने वातावरण तयार पार्नुपर्ने वताउदै, चाडपर्वलाई कसैले उच्छृंखल पर्वका रुपमा मनाउन नहुने बताउ“दै दशंैको गरिमालाई बचाउन सबैलाई आग्रह गर्नुभयो। कार्यक्रममा लमही नगरपालिका कृषि शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, योजना शाखा प्रमुख, शिक्षा शाखा प्रमुख, पशु कार्यालयका प्रमुखलगायत अन्य कार्यालयका कर्मचारीहरुले बडा दशैंको अवसरमा शुभकामना मन्तब्य राख्नुभएको थियो। कार्यक्रमको सहजीकरण
गायत्री थापाले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top