Free songs
Home / फिचर समाचार / बालबिवाह गर्ने गराउने पक्राउ

बालबिवाह गर्ने गराउने पक्राउ

 बुद्धि पुन

सल्यान, सल्यानमा बालबिवाह गर्ने गराउने सातजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको सिद्धकुमाख गाउपालिका–४ चादेकरेञ्जीमा बाल विवाह गरिरहेको अवस्थामा बिवाह मण्डपबाटै बेहुला बेहुलीसहित सातजनालाई बिहीवार प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिद्धकुमाख गाउपालिका–४ चा“देकरेञ्जीका बेहुला १९ वर्षीय र सोही ठाउ“की बेहुली १९ वर्षीया रहेका छन्।

बेहुलाको घरमा बिवाह भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले बेहुलाका बुवा ४१ वर्षीय लोकबहादुर बोहरा र उहा“की श्रीमती माया बोहरालाई पक्राउ गरेको हो। यस्तै बेहुलीकी आमा ४० वर्षीया कलौटी रावत र बुवा ४२ वर्षीय रत्नबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बालबिवाह गराउने पण्डित कुशे नगरपालिका–९जाजरकोट घर भएका २५ वर्षीय नवीन आचार्यलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो। बालबिवाह भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोलीले उनीहरुलाई मण्डपबाटै पक्राउ गरी प्रहरी हिरासतमा राखिएको पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो।

सल्यान जिल्लामा बालविवाहको दर उच्च रहेकोले यसको न्यूनीकरणमा प्रहरीले कुनै कसर बा“की नराख्ने खतिवडाले बताउनुभयो। कानुनले वालविवाह गराउनेहरुलाई तीनवर्षसम्मको कैद र तीस हजार रुपैया“सम्मको जरिवाना हुन सक्ने व्यवस्था गरेको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top