Free songs
Home / समाचार / संक्षिप्त समाचार / पोख्रेलको कविता संग्रह विमोचन

पोख्रेलको कविता संग्रह विमोचन

युगबोध समाचारदाता

घोराही,  स्व. कवि दामोदर पोख्रेलद्वारा रचित छन्दवद्ध कविता संग्रह ‘१०८ छन्दका, १०८ कविता’ को विमोचन गरिएको छ। राप्ती साहित्य परिषद्को आयोजनामा पोख्रेलको कविता संग्रह प्रकाशित गरिएको हो।

परिषद्का अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षता एवं वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्व. कवि पोख्रेलको कृतिको समीक्षा साहित्यकार भुवन देवकोटा र उपप्राध्यापक चन्द्रबहादुर थापाले गर्नुभएको थियो। समीक्षा गर्दै देवकाटाले पोख्रेलका कविताहरु जीवनको पक्षमा भएको बताउनुभयो। अर्का समीक्षक चन्द्रबहादुर थापाले उहा“‘का कवितामा आध्यात्मिक दर्शन, आन्दोलनको चित्रण, देशभक्ति, राजनीति र प्राचीन संस्कृतिको चित्रण गरेको बताउनुभयो। परिवारद्वारा प्रकाशित स्व. कवि पोख्रेलको कृतिमा एक सय आठवटा छन्दबद्ध कविताहरु रहेका छन्।

परिषद्का वरिष्ठ उपाध्यक्ष टीकाराम उदासीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा वरिष्ठ साहित्यकार गिरिराज शर्मा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, प्रलेसका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, साहित्यकार डा. कृष्णराज डीसी, प्रकाशक सीता पोख्रेललगायतले बोल्नुभएको थियो। कार्यक्रमको सहजीकरण परिषद्का जिल्ला अध्यक्ष कमलमणि देवकोटाले गर्नुभएको थियो भने धन्यवाद केशवराज पोख्रेलले व्यक्त गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top