Free songs
Home / समाचार / संक्षिप्त समाचार / दशै विशेष बृहत सांस्कृतिक कार्यक्रम

दशै विशेष बृहत सांस्कृतिक कार्यक्रम

युुगबोध समाचारदाता

घोराही, नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति दाङले शुुक्रवार दशंै विशेष शुुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

प्रतिष्ठानका जिल्ला अध्यक्ष राजेन्द्र दाहालको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य ध्रुुवराज श्रेष्ठ ‘भारी’को प्रमुुख आतिथ्यता एवं नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य नारायण लेकालीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा प्रमुुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भारीले लोक कला संस्कृतिको विकास र संरक्षण नै
नेपालीको पहिचान रहेको बताउनुुभयो। कार्यक्रमका विशिष्ट अतिथि नारायण लेकालीले मौलिक लोक कला संस्कृति हराउ“दै गइरहेकाले यसको संरक्षणका लागि युवाहरु नै लाग्नुुपर्ने बताउनुुभयो।

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य महेन्द्र बुढाथोकीले सांस्कृतिक तथा सांगीतिक कार्यक्रमहरुले मौलिकताको विकास गर्ने बताउनुुभयो। उक्त अवसरमा बोल्ने वक्ताहरुले हिन्दू धर्मालम्वीहरुको महान पर्व विजया दशमीको शुुभकामना व्यक्त गर्नुुभएको थियो। कार्यक्रमको सहजीकरण हास्य कलाकार कमल गाउ“लेले गर्नुुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top