Free songs
Home / समाचार / संक्षिप्त समाचार / दशैं सस्तो बजारमा ७५ लाखको कारोवार

दशैं सस्तो बजारमा ७५ लाखको कारोवार

युगबोध समाचारदाता

बुटवल, बुटवलमा सञ्चालित दशैं सस्तो बजार शुक्रवार सकिएको छ। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा संघको कार्यालय परिषर बालमन्दिरमा असोजको १२ गते घटस्थापनादेखि दशैं सस्तो बजार सञ्चालन गरिएको थियो।

छ दिनसम्म सञ्चालित दशैं सस्तो बजारमा करिव ७५ लाख रुपैया“को कारोवार भएको १५ हजार उपभोक्ता आएको बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा दशैं सस्तो बजार समितिका सदस्य बसन्तप्रसाद ढकालले जानकारी गराउनुभयो। १९ औं संस्करणको दशैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तुहरु, खाद्यान्न, चिनी, तेल, नुन, आटा, दाल, चिया, दुग्धजन्य उत्पादन, लोकल कुखुरा, अण्डा, टर्की जुम्लाको स्याउ, मसला, प्रेसर कुकर, नेपाली जुत्तालगायतका ३० स्टल राखिएको थियो।

यी सामग्रीहरुमा वस्तु अनुसार ३० प्रतिशतसम्म छुटमा बिक्री वितरण गरिएको दशैं सस्तो बजारका संयोजक तथा संघका कार्यसमिति सदस्य नरिश्वर शर्मा पौडेलले जानकारी गराउनुभयो। त्यस्तै नेपाल राष्ट्र बैंकको सहयोगमा दशैं सस्तो बजारमा नयँ“ नोट समेत सटही गरिएको थियो। त्यस अवसरमा ९१ लाल ५० हजार रुपैया“ नया“ नोट करीव एक हजार सात सय जनालाई वितरण गरिएको संघले जनाएको छ। नया“ नोट सटहीका लागि ग्लोवल आइएमइ बैंकले सहजीकरण गरेको थियो।

संघले बाहिर बजारको भन्दा सुलभ मूल्यमा बिक्री वितरण गरेकाले पनि दशैं सस्तो बजारमा उपभोक्ताको उल्लेखनीय उपस्थिति रहेको र बजारबाट उपभोक्ता सन्तुष्ट भएको दशैं सस्तो बजारका संयोजक पौडेलले जानकारी गराउनुभयो।

उपभोक्तालाई सुलभ मूल्य र गुणस्तरीय सामान उपलब्ध गराउने व्यवस्था मिलाउने काम सरकारको भए पनि सरकारले गर्नुपर्ने काम निजी क्षेत्रबाट बुटवल उद्योग बाणिज्य संघले निरन्तर गर्दै आएको बताउदै आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तररुपमा सञ्चालन
गरिने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताउनुभयो। दशैं सस्तो बजार समापनका अवसरमा संघका अध्यक्ष खिमबहादुर हमाल, संयोजक नरिश्वर शर्मा पौडेललगायत पदाधिकारी तथा सदस्यहरुले स्टलधनीलाई धन्यवाद सहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top