Free songs
Home / फिचर समाचार / दशैंमा खुुल्ने ढोका

दशैंमा खुुल्ने ढोका

गिरिराज नेपाली

मज्गै,  तिहार मानेर जान्छौं, दशैं मनाउन फर्किन्छौं। अर्थात मंसिरको महिना घरको ढोका बन्द हुुन्छ। असोजमा आएर खुल्छ। यही बाध्यतामा हामी गुज्रिरहेका छौं। बाध्यता भनौं वा रहर हाम्रो वास्तविकता यही हो। मंसिरदेखि बैशाख÷जेठसम्म इटा बोक्छौं, इटाको सिजन सकिन्छ। होटेलदेखि घर बनाउनेसम्मको काम खोज्छौं। दुुईचार पैसा जोरजाम गरी दशैं मान्न फर्किन्छौं।’ यो भनाइ घोराही उपमहानगरपालिका वडा नंं. ११ नया“वस्तीकी तारा गन्धर्वको हो। गाउ“को नाम नया“ वस्ती रहे पनि पीडा पुुरानै भोग्नुु परिरहेको छ।

नया“ वस्तीमा करिव ७५ घरधुुरीको गन्धर्व समुदायको बसोबास छ। उक्त वस्तीको मुुख्य रोजगारको गन्तव्य नै काठमाडांैको इटाभट्टा नै हो। उहा“ले भन्नुुभयो– ‘भोको भेटले भट्टाको झ्याउली नै प्यारो लाग्छ १० महिना।’ गरिबीका कारण ढोका बन्द गरी ओढ्ने ओछ्याउनेसहित छोराछोरी बोकेर जानुुपर्ने बाध्यता रहेको उहा“ले बताउनुुभयो। गरिवीकै कारण दशैं आए मात्रै घरको ढोका खोल्ने मौका पाउने उहाको भनाइ छ। लगातार पा“च वर्षदेखि श्रीमानसहित काठमाडौंका भट्टामा धाउ“दै आइरहेको उहा“ले बताउनुुभयोे। भट्टाको भोक टार्ने र आङ छोप्ने कामबाहेक अरु केही गर्न नसकेको उहँ“ले बताउनुुभयो। दशंै भित्रिएस“गै घरमा आउन पाउ“दा झ्याउलीको बास कष्ट र इटाको भारी दुःख सबै सुस्ताउन पाएको उहा“को भनाइ छ। उहा“ले भन्नुुभयो– ‘कहिले बिसाउने होला इ“टा बोक्न नाम्ला हाम्रो टाउको बाट ?’

उहा“ मात्रै होइन सोही ठाउ“का सावित्रा गन्धर्वको भनाइ पनि उस्तै छ। गरिवीले न पढ्न लेख्न पाए“, न राम्रो लगाउन, न मीठो खान पायौं। बच्चा देखि नै भट्टामा जानुुप¥यो। अझै छुटेको छैन भट्टाको भारी। दशै तिहारमा बिसाउन पाए पनि मंसिर लागे फेरि त्यही नाम्लो समाउनुुपर्छ सधैं।’ सानै १०÷१२ वर्षको उमेरदेखि भट्टा जान थालेकी सावित्रा अहिले १० वर्षे छोराको आमा भइसक्नुुभएको छ। तर भट्टा जानुपर्ने बाध्यता अझै छुुटेको छैन। उहा“ले भन्नुुभयो– ‘दशैं मान्न फर्कियो, घर लिपपोत ग¥यो। दुुई महिना घरमा, दश महिना झ्याउली बित्दै जाने भो जीवन।’ दशैं मनाउन घर फर्किएका नया“वस्तीमा बसोबास गर्ने प्रायःको बाध्यता यही नै हो। मुलुुकको व्यवस्था फेरिए पनि नया वस्तीका गन्धर्र्व समुुदायको अवस्था अझै फेरिन सकेको छैन। उहा“ले थप्नुुभयो– ‘गाइने पेशाको विकल्प भट्टा बनेको छ।’ जसका कारण भट्टाको भरमा बा“च्नुु परेको उहा“को भनाइ छ। विपन्न परिवारको आर्थिक तथा शैक्षिक स्तरको विकासका लागि राज्यले लगानी लगाउन नसक्दा गन्धर्र्व समुुदायको पुुस्ता भट्टाको भर पर्नुुपर्ने बाध्यता रहेको उहा“को भनाइ छ। उहाले भन्नुुभयो– ‘वर्षभरिको दुुःखको कमाइ दुुई महिनामै सकिन्छ। अर्थात ३०÷३५ हजार हात पर्छ।’

पेश्कीले दशै

वर्षदिन भट्टामा इ“टा बोकेर दशंै तिहार मनाउन घर फर्किए पनि भट्टाको कमाइ झ्याउलीमै रित्तिने भएकाले अर्काे वर्ष पनि इ“टा बोक्न जाने शर्तमा पेश्की लिई दशैं मनाउनुुपर्ने बाध्यता रहेको स्थानीय तारा गन्धर्र्वको भनाइ छ। उहा“ले भन्नुुभयो– ‘चाडपर्वले झ्याउलीबाट घर फर्काउ“छ । चाडपर्वले फेरि झ्याउली पुु¥याउ“छ।’ भट्टाको कमाइले जीवन चल्नै धौधौ त छ“दैछ, दशैंतिहार मनाउनका लागि अग्रिम पैसा लिई इ“टा बोक्न जानका लागि अग्रिम नै बुुक हुुनुुपर्ने बाध्यता उक्त समुुदायले खेप्दै आइरहेको छ। उहा“ले भन्नुुभयो– ‘हाम्रा बाआमाले पनि पेश्कीले दशै टार्नुुहुुन्थ्यो। हामीले पनि पेश्कीले टार्दै आइरहेका छौं।

झ्याउलीमा निसास्सिएका नानी

बाआमाले ईट्टा बोक्नुु हुुन्छ । म भात पकाउछुु । भाडा माझ्छुु । भाइबहिनी स्याहार्छुु। अब त अलि ठूलोे भए भने म पनि इट्टा बोक्ने सोच गरेको छ। बहिनी पनि ठूलो हुुन्छिन्। काठमाडांैको भट्टाभित्रको झ्याउलीमा जीवनका ठूलो सपना देखिरहेका नया“वस्तीका नौ वर्षीय बालक विक्रम गन्धर्र्वको भनाइ हुुन् यी। अहिलेसम्म विक्रम घर नजिककैको स्कूल जानुुभएको छैन, तर काठमाडांैका थुप्रै भट्टाका झ्याउलीहरु पुुगिसक्नुुभएको छ। उहा“ले भन्नुुभयो– ‘कहिले दशैं आउला र घर जाम्ला, गाउमा खेलम्ला भन्ने लाग्छ।’ दशैं मनाउन घर आउनुुभएका विक्रम गाउ“मा आफूूजस्तै साथीहरुसग खेल्न पाउदा निकै खुशी हुनुुहुुन्छ। उहा“ले थप्नुुभयो– ‘साथीहरुस“गै पढ्न पाउ“दा कस्तो होला अझ ?’

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top