Free songs
Home / समाचार / संक्षिप्त समाचार / ट्राफिक प्रहरीलाई मोटरसाइकल

ट्राफिक प्रहरीलाई मोटरसाइकल

युगबोध समाचारदाता

घोराही, घोराही उपमहानगरपालिकाले प्रहरीसग सहकार्य गरी बजार व्यवस्थापनमा सहजता ल्याउन जिल्ला ट्राफिक प्रहरी
कार्यालय दाङलाई एक थान मोटरसाइकल उपलब्ध गराएको छ।

बजाज कम्पनीको एक सय ५० सिसिको मोटरसाइकल शुक्रवार उपमहानगरले ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो। नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीको उपस्थितिमा ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीलाई मोटरसाइकलको सा“चो हस्तान्तरण गरिएको हो।

नगर प्रमुख चौधरीले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नगर क्षेत्रको ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले प्रहरीलाई मोटरसाइकल उपलब्ध गराइएको उल्लेख गर्नुभयो।

नगर क्षेत्रको बजारमा नगर प्रहरी समेत खटिने र ट्राफिक प्रहरीको समेत समन्वयमा बजारलाई व्यवस्थापन गर्ने उद्देश्य रहेको जानकारी दिदै सही सदुपयोग गर्न प्रहरीलाई आग्रह गर्नुभयो।

ट्राफिक प्रहरी प्रमुख प्रेम रेग्मीले प्रहरी स्रोत साधनमा पूर्ण भए मात्रै काम गर्न सहज हुने भन्दै स्थानीय सरकारको हरेक सहयोगले आफूहरुलाई काममा हौसला र मद्दत पुगेको बताउनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top