Free songs
Home / विचार / शरीर कन्याउनेले परिकार पकाउने काम नगरौं

शरीर कन्याउनेले परिकार पकाउने काम नगरौं

गोविन्द खड्का

शरीर कन्याउनु नपर्ने जनशक्ति बढ्दो क्रममा छ। खुला दिसामुक्तपछि सरसफाइमा विशेष ध्यान दिन थालिएको हो। महिनावारी स्वच्छताको बहस भर्खरै शुरु भएको छ। अब कन्याउने र नकन्याउने शरीरको फाइदा घाटाका बारेमा पनि विशेष छलफलको खा“चो छ।
शरीर कन्याउनमा लाग्ने भन्दा बढी समय त्यसबारे सोच्नमा खर्च हुन्छ। कन्याएको कसैले नदेख्ने गरी लुकालो पार्र्नमा ध्यान दिनुपर्छ। कसैले देख्छ कि भन्ने सन्तापसहित धरङधरङ कन्याउने हो। आफूलाई मात्रै होइन कत्ला जहा खस्छ त्यसलाई झन् खराब पार्छ।

सबैभन्दा धेरै चिलाउने मानिसको जा“‘घमा हो। बाहिरबाट खुसुर खुसुर चिमोटेको देखिन्छ। कतिपय ठाउमा त्यसरी जाघे, पाइन्ट बाहिरबाट पुरुषले कन्याएको विषय बैधानिक जस्तै भएको छ। धेरै मान्छेस“ग रह“दा पनि तल हात लगेकै हुन्छन्। प्रजनन अंगको नाम उच्चारण गर्न लाजसरम मान्नेले कन्याउ“दा वास्ता गर्दैन। खस्खस चिलाएपछि नकन्याई सुखै छैन।

महिलाहरु पनि पुठतिर अलि बढी कन्याएको देखिन्छ। उभिएर गफ गरिरहेको बेलामा लगाएको कपडा मज्जाले तल माथि सर्किएको हुन्छ। हातले म्याक्सी वा लु¨ी, सुरुवाल कुर्ता स¥याक स¥याक पारिरहन्छन्। त्यसस“गै छातीको मयल माड्ने, घा“टीको तथा गर्धनको मयल माड्नेको संख्या पनि ठूलै छ। यो स्वास्थ्यका लागि कुन स्तरको हानिकारक छ, थाह भएन । समय र इज्जत प्रतिष्ठाका लागि घातक छ। त्याग्नैपर्ने बानी हो।

धेरैजनाको केही समय कन्याउनेले खाइदिएको छ। कन्याउनुको ठूलो अर्थ मयल बसेको फोहोरीमा लाग्छ। जसले कन्याउ“छ उसले ननुहाएको फोहोरी छाला भएको व्यक्ति हु“ भनेको हो। एलर्जी वा लुतो अपवादबाहेक कन्याउने मयल भएरै हो। शरीरमा केही बसेको छैन भन्ने लाग्यो भने हात जा“दैन। जब ज्यानलाई चंगा महसुस हुन्छ फुर्ति आउ“छ। कन्याउन थाल्यो भने भारी महसुस हुन थाल्छ। कसैले देखे लाज हुने चक्कुले मष्तिष्क बोझिलो बनाउ“छ। अलिकति फुर्सद भयो नै कन्यायो। एकान्त आयो नै मज्जाले धरङ धरङ छाला खुईलिने गरी कन्यायो। अझ कन्याउनकै लागि लामा लामा नङ पाल्नेसम्मका खराबी छन्।

मुख जत्तिकै संवेदनशील अंग आ“खा पनि हो। त्यसैगरी रसाउने र चाडै शरीरभित्र सम्पर्क गर्ने अंग गुप्ताङ्ग हो। सबै भन्दा बढी लाज मानिने अंग पनि त्यही हो। आफ्नो गुप्त अंगलाई आफैले छुन लाज मानेर नुहाउ“दा पनि उचित ध्यान पुग्दैन। अरु कोहीले देख्लान् भनेर साबुन पनि गतिलो गरी पखालिदैन। त्यही अंगमा मयल थुप्रिन्छ। कुहिन्छ। गन्हाउ“छ। कन्याउन हात हाल्यो भने निकाल्ने बेला हात चुकिलो मयल गन्धसहित आउछ।

घरमा वाथरुम बनाउनुको अर्थ नुहाउनुसग छ। भित्र पसेपछि सबै कपडा खोलेर नुहाउन सकिन्छ। आफ्ना अंगअंग सबै मयल पखालिन्छ। बाहिर नुहाउ“दा देवर जेठाजुले देख्ने डर हुन्छ। छोरी बहिनी, बुहारीले देख्ने खतरा हुन्छ। तिनका डरले लाज नलाग्ने ठाउमा मात्रै नुहाइन्छ। महिलाहरुले झन् आधा छाती ढाक्नुपर्ने हुन्छ। तिनले देखाउने भनेको पाखुरा मात्रै हो। घुडा भन्दा माथि पनि नुहाउने बेला लगाउने कपडाले ढाक्नुपर्छ। पुरुषले कट्टु लगाउने भएकाले शरीरको बेसी भाग देखाएर नुहाउ“छ। उसले पनि खास ठाउ लुकाउछ नै।

बच्चा पाउने महिलाले हो। गर्भ रहन नसके, बच्चा नपाए, गतिलो नजन्माए त्यसको सजाय भोग्ने पनि महिलाले हो। बच्चा पाउने र चुसाउने दुबै ठाउ“लाई जतन गरेर लुकाउ“दा शरीरको मयल फाल्न नपाउने पनि महिला हुन्। तिनले नुहाए ननुहाएको प्रजनन अंगमा खास्सै फरक पर्दैन। साबुनको चिल्लो फाल्नका
लागि मनमर्जी मिच्न पनि पाउदैनन्। भित्र पानी हालेर पखाल्न पनि लजाउ“छन्। शरीरभरीको मयल बगेर गुप्त अगमा थिग्रिन्छ। त्यसलाई हातले मज्जाले पखाल्न पाउ“दैनन्। उनीहरु रोगी नभएर के हुन्छन् ?महिनावारी हुदाको विशेष अवस्था हो। उनीहरुको योनीबाट बग्ने रगत फोहोर होइन। त्यो बाहिर निस्केर निकास नपाए फोहोर गर्छ। महिलाहरुले त्यसबेला टालो वा प्याडले केही घण्टा थुन्नुपर्छ। चुहाउ“दै हिड्ने कुरा भएन। त्यो टालो वा प्याड पनि चारदेखि छ घण्टाको बीचमा फेर्नुपर्छ। रगत आउने मात्रा अनुसार बढी बगे छिटो, थोरै बगे ढिलो निकाल्नुपर्छ। त्यसपछि पनि सफा गर्ने निर्धक्कको गोप्य स्थान चाहिन्छ। जथाभावी निकाल्ने र कोच्न मिल्दैन। त्यसलाई अश्लील र असभ्य मानिन्छ। त्यहा“ हात लग्ने महिला चरित्रहीन मानिन्छे। उसैको लागि एउटा वाथरुम बनाउन सकेका छैनौं। जो आमा भनेर सम्बोधन हुन्छ।

अब पहल गरौं, कन्याउने दिनको बिदा गरेपछि स्वास्थ्य र सरसफाइको अर्को खुड्किलोमा उक्लिन्छौं। गत २०७१ जेठ २३ गते देशको १४ औं खुला दिसामुक्त घोषणा भएको थियो। भर्खरै २०७६ असोज १३ गते नेपाल खुला दिसामुक्त भयो। पा“च वर्षपछि अरु जिल्लाले दाङको स्तर हासिल गरेको छ। दंङालीहरुले पूर्ण सरसफाइका धेरै खुड्किला पार गरिसकेका छौं। तर पनि केही ठाउ“मा शौचालय नभएको सुनिन्छ। त्यसले फोहोर क्षेत्रको परिचय दिन्छ। बाल मृत्युदर घटेको, सरुवा रोगहरु हराउ“दै गएको सुखद खबरहरु भने व्याप्त छन्। यसले समग्रमा खुला दिसामुक्त अभियानले फाइदा दिएको छ।

एक गास खान नपुग्ने गरिबलाई चर्पी बनाउन लगाए भनेर आलोचना गर्ने एकथरी बुद्धिजीवी हाम्रै वरिपरि छन्। चर्पी गरिवलाई चाहिएको हो। बिरामी भएपछि उपचार गर्न नसक्ने गरिवले हो। धनीहरु त विदेशका महंगा अस्पताल पुग्छन्। गरिवको मेडिकल जाने खर्च पनि हु“दैन। सबै किसिमका सरुवा रोगको मूल कारण मानव गु मानिन्छ। एउटा सेल्फसले मान्छेको ज्यान लिन्छ। एक चमच गुले खराब कति गर्ला ? प्रश्न यही हो।

आधा पेट खाएर मरिदैन। गु मिसिएको एक गिलास पानीले ज्यानै लैजान सक्छ। झाडा वान्ता भयो भने बा“च्नै नसक्ने अवस्था आउ“छ। टाइफाइड, जन्डिस पनि उत्तिकै हानिकारक छन्। साग सिस्नु खानुमा आनन्द छ। पेटभरी खाए पनि हुन्छ। आधा पेट खाए पनि हुन्छ। एक छाक भोकै बसे पनि केही हुन्न। उपवास वस्नेहरुले बर्षभरि धेरैदिन भ्ँँेकै बस्छन्। यदि दूषित खाना र पानी खायो भने एकै गास र घुट्कोले अस्पताल भर्ना गराउन सक्छ। त्यसैले गरिब फोहोरी हुनुपर्छ। दूषित खानुपर्छ। जस्तो पायो त्यस्तैले पेट भर्नुपर्छ भन्ने होइन।
शरीरबाट मयल बटारेर झार्ने होइन। जतिवेला पायो त्यतिवेला धरङ धरङ कन्याउने होइन। त्यसले पहिलो परिचय फोहोरी भनेर पहिचान दिएको छ। दोस्रो शरीरमा रोगको कारण जम्मा ह“ुदैछ। त्यो विकारले कुन अंगमा के रोग कहिले लगाउने हो नतिजा बिरामी भएपछि मात्रै आउ“छ। अस्पताल गएर चिकित्सकले पत्ता लगाउ“छन्। औषधि दिन्छन्। इज्जतस“गै धन पनि गुम्छ। सामान्य कन्याउने शरीरले इज्जत, धन र समय सबैतिर बर्बाद मात्रै पार्छ।

त्यसको सामाधान मयल बस्न नदिने हो। मौसम चिसो छ। नुहाउन सकिन्न। सर्दी हुन्छ। ज्वरो आउ“छ। ग्याष्टिक हुन्छ। आदि इत्यादि असरहरु धेरैले कण्ठ गरेका हुन्छन्। त्यो सबको समाधान पानी तताएर नुहाउने हो। पहाडी भेगमा दाउरा प्रशस्तै हुन्छ। शहरी क्षेत्रमा एलपी ग्या“स झन् सजिलो छ। अलिकति पानी ततायो। चिसो पानीमा मिसायो। नुहायो। त्यसपछि भित्री कपडा फेरे पुग्छ। मोजा, कटटु र गञ्जी धोएको लगाउनुपर्छ। यति गरेपछि कन्याउनुुपर्दैन। कन्याउन नपर्ने स्वस्थ शरीरले परिकार बनाएको सफा हुन्छ। यसपटकको दशै तिहार र छठमा शरीर कन्याउन नपर्नेले परिकार बनाउने चलन बसालौं।

जसले पकाउदै कन्याउदै गर्छ त्यसले ताई वा बाहानबाट निकाल्नु अघि एक पटक कन्याउ“छ। निकालेकोलाई अन्त व्यवस्थापन गर्दा अर्कोपटक कन्याउछ। कपाल कन्यायो भने रौं झार्छ। छाला कन्यायो भने कत्ला खसाल्छ। मयल कन्यायो भने माम्रा निकाल्छ। कन्याउ“दा केही न केही झर्छ नै। त्यो परिकारमा मिसिन्छ। जसले त्यो परिकार खान्छ उसको भागमा पर्छ। त्यो परिकार खानका लागि स्वस्थकर नहुन सक्छ।

उचित ध्यान नदिदा आफ्नो शरीरले आफैलाई घाटा गरिरहेको छ। केही धार्मिक सांस्कृतिक कारणले पनि मानव स्वास्थ्यलाई घाटा दिएका छन्। अन्तमा मृत्युसम्म लैजाने पनि यही शरीरले हो। सानातिना कुरालाई ध्यान दिन नसक्दा ठूलै विपत्ति व्यहोरेका धेरै उदाहरण छन्। धेरै सरुवा रोगहरु कन्याउ“दा सर्छन्। जो हामीलाई सामान्य जस्तो लागिरहेको हुन्छ। आफूलाई रोगी बनाउने र अरुलाई पनि सार्ने चिज सामान्य होइन। हामीले कन्याउ“दा हुने जोखिमका सामान्य चर्चा गर्रांै। सावधानी अपनाउ“।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top