Free songs
Home / विचार / विद्यालयको शिक्षा र सामाजिक सद्भावको सन्दर्भ

विद्यालयको शिक्षा र सामाजिक सद्भावको सन्दर्भ

जीतबहादुर शाह

सडककै छेउमा भएको गाउको आधारभूत विद्यालय जहा“ करीव जम्माजम्मी एकसय सत्तरीको हाराहारीमा विद्यार्थी छन्। तीमध्ये पचास जना जति विद्यार्थीको कुनै न कुनैस“ग झगडा परेको छ। त्यसकारण उनीहरु एक अर्कास“ग बोल्दैनन्। कहिल्यै नबोल्ने भनेर कसम खाएका छन्। नबोल्ने विद्यार्थीहरुमध्ये केटीको तुलनामा केटाहरु धेरै छन्। तिनीहरुमा पनि तल्लो कक्षाका विद्यार्थीहरुमा त्यस्तो छैन। विशेषगरी कक्षा ५ देखि माथिका विद्यार्थीहरुमा यो समस्या देखिएको छ। कलहका कारणहरु झिनामसिना छन्। तथापि उनीहरुको इष्र्या र घमण्डले उनीहरुलाई बोल्न दिएको छैन। कलहका कारणहरु केहीले घरपरिवारबाटै पनि बोकेर ल्याएका छन् भने धेरैका कारणहरु उनीहरु आफै हुन्।

तुलनात्मकरुपले कक्षा ६ को एकजना विद्यार्थीको धेरैसग बोलचाल छैन। कारणको खोजी गर्दा उसलाई मूर्छा पर्ने रोग (छारे) छ। कतिपटक त उसलाई स्कूल आउदा जादा बाटोमा ऊ यही रोगकै कारणले बेहोश भएर बाटोमा छटपटाउछ। तथापि उसका केटा साथीहरु कसैले पनि उसलाई उद्धार गर्दैनन्। केही केटी साथीहरुले भने उसलाई लडेको ठाउबाट उठाइदिन्छन्। पानी ल्याएर खुवाइदिन्छन्। उसको शरीर र लुगाफाटोमा लागेको धुलोमाटो झारिदिन्छन्। सके भने घरसम्म लगिदिन्छन् र सकेनन् भने घरको मानिसलाई खबर गरिदिन्छन्। उसका केटा साथीहरुले भने उसलाई सहयोग गर्दैनन्। उल्टै छारे भनेर जता देखे पनि जिस्क्याउ“छन् जसका कारण उसले हातपात र ढुङ्गामुढा गर्न पनि बा“की राख्दैन उनीहरुलाई।

विद्यालय प्रशासन लगायत धेरै शिक्षकहरुलाई यसको बारेमा चासो छैन। यस्तैमा नया“ नियुक्तिपश्चात विद्यालयमा हाजिर भएकी एकजना म्याडम आफ्नो विषय पढाउने क्रममा कक्षामा जान्छिन्। शिक्षण सिकाइको क्रममा उनले विद्यार्थीहरुको समूह बनाउ“छिन्। तथापि केही विद्यार्थीहरु आफ्नो सिट छोडेर समूहमा स“गै बस्न इन्कार गर्छन्। स“गै बसेर समूहमा काम गर भनेर जति अनुनय विनय गर्दा पनि उनीहरुले टेर्दै टेर्दैनन्। विद्यार्थीहरुको यो पारा देखेर अचम्भित हुन्छिन् उनी। यस्तैमा एकजना छात्राले यसको रहस्य खोल्दै म्याडमलाई भन्छिन््– ‘यिनीहरुको झगडा परेको छ। एक अर्कास“ग बोल्दैनन्। त्यसैले स“गै बस्न नमानेका हुन् म्याडम।’ कक्षामा शिक्षण सिकाइको शुरुवात गर्न थालेकी म्याडमलाई छात्राको उक्त जानकारीले निराश बनाउ“छ्। उनले त्यो दिनको पाठ र सिकाइ क्रियाकलापलाई विषयान्तर गर्दै उनीहरुलाई त्यसो नगर्न परामर्शको थालनी गर्छिन्।

उनीहरुले जति भने पनि नमानेपछि यो कुरा उनले प्रधानाध्यापकलाई जाहेर गर्छिन्। प्रधानाध्यापकले यो विषयलाई त्यति महत्व दिदैनन्। कोसिस गरेको हा,े समाधान भएन, त्यसैले यो बारेमा त्यति टाउको दुखाउनु हु“दैन भनेर पन्छिन्छन्। कतिपय अभिभावकस“ग म्याडम आफैले पनि कुरा गर्छिन्। अभिभावकहरुले पनि यो विषयमा त्यति ध्यान दिदैनन्। धेरै अभिभावकको साझा भनाइ छ– ‘तपाइ“हरुको पढाउने काम हो। खुरुखुरु पढाउनुहोस्। कोस“ग को बोल्छ, बोल्दैन यस्ता कुरामा टाउको नदुखाउनुहोस्।’ उनलाई भने यो वातावरणमा शिक्षण सिकाइ कार्यलाई अघि बढाउन कत्ति पनि मन खुलेको छैन। न प्रअको जवाफ प्रति नै सन्तुष्ट छन् उनी, न त अभिभावकहरुको प्रतिक्रियाप्रति नै।

पटक पटक यस्ता कुराहरु सुनिसकेपछि यो पङ्तिकार पनि विद्यालयले दिने शिक्षाले गरिरहेको कार्यप्रति द्विविधामा परेको छ। के हो विद्यालयको दायित्व ? के हो विद्यालयले दिने शिक्षाको काम ? विद्यालयले विद्यार्थीहरुलाई अक्षरहरु चिनाएर कसैले लेखिदिएका अक्षरहरु घोकाउने हो वा त्यसको अर्थ बुझाएर उनीहरुको जीवनमा रुपान्तरण गर्ने हो ? शिक्षाले मानिसहरुको बीचमा सामाजिक
सद्भाव बढाउ“दै बशुधैव कुटुम्बकमको भावनालाई विस्तार गर्ने हो वा मानिसहरुको बीचमा कलह र बैमनष्यताको विजारोपण ? शिक्षाले हार्दिकता, सामाजिक सौहार्दता र उपकारका कुरा सिकाउने हो वा इष्र्या, डाहा, आक्रोश, प्रतिशोध, संकुचित स्वार्थ र अभिमान ? शिक्षाले मानवता र भाइचाराको सम्बन्धलाई फराकिलो बनाउने हो वा शत्रुतापूर्ण ब्यवहारको विस्तार ? कतै शिक्षा र शिक्षा दिने विद्यालयहरु आफ्नो कर्तब्यको बाटो बिराएर अर्को कुनै विपरीत बाटोतिर मोडिएको त होइन भन्ने पनि यो पङतिकारलाई महसुस हुन थालेको छ।

शिक्षा र विद्यालयले विद्यार्थीहरुलाई अक्षरहरु त दिनुपर्छ नै त्यसको साथसाथै अक्षरहरुस“ग असल जीवन पनि घोलेर दिनुपर्दछ। यस्तो असल जीवन कि त्यो जीवनले अरु जीवनहरुलाई बँ“च्न प्रेरित गरोस्। अ“ध्यारो हटाएर उज्यालो रोशनी प्रदान गरोस्। पीडा र दुःख होइन कि खुशी र शान्ति प्रदान गरोस्। समस्याभित्र जकडिएको नकारात्मक सोच होइन कि समाधानहरु भएको सकारात्मक सोच प्रदान गरोस्। निराशाको कालो बादल होइन कि उत्साहको रंगीन क्षितिज प्रदान गरोस्। मानिसलाई मृत्युको मुखमा पु¥याउने विष होइन कि जुनीजुनी जिउन सघाउने अमृत प्रदान गरोस्। मन र भावनालाई चिराचिरा पार्ने कैची होइन कि चिरा परेका मन र भावनाहरुलाई सिलाउने सियो प्रदान गरोस्। तथापि माथिका दृष्टान्तहरुको अध्ययन गर्दा विद्यालय र शिक्षाले यो कुराको महसुस हुने गरी काम गर्न सकेको देखिदैन।

महात्मा गान्धीले शिक्षाको सन्दर्भमा भनेका छन्– ‘मैले शिक्षा भन्नाले बालक र मानिसको शरीर, मन र आत्मामा रहेका सम्पूर्ण असल कुराहरुलाई बाहिर ल्याउनु हो भनेर बुझ्दछु।’ गान्धीले जे भने पनि माथिको दृष्टान्तको अध्ययन गर्दा शिक्षाले असल कुरा होइन कि कमसल कुराहरुलाई विस्तार गरेर मानव वस्तीसम्म सम्प्रेषण गर्न थालेको हो कि झैं लाग्दैछ। बैमनष्यता र कलहको समस्या तल्लो कक्षाहरुमा नभएर माथिल्लो कक्षाहरुमा बढी देखिनुको कारण के हो ? कतै विद्यालय र शिक्षाले नै उनीहरुलाई शिक्षा लिने क्रममा अर्थात विद्यालयमा गएर सिक्ने क्रममा प्रदान गरेको उपहार भएन र ? यदि मेरो अनुमान झुटो हो भने विद्यालयमा गएर जति–जति सिक्दै गयो उति नै मात्रामा एकअर्काप्रतिको सद्भाव, सहिष्णुता, समझदारी र सामिप्यता बढ्दै जानुपर्ने होइन र ?

सा“च्ची यतिबेला आउ“दै गरेका दशै तिहारलगायत चाडपर्वहरु मनाउ“दा विद्यालयदेखि नै भा“चिएका मनहरु गाउ“टोलमा भेटिए भने परिणाम कस्तो हुन्छ होला ? गाउ“टोलमा हुने मेला, पर्व र महोत्सवहरुमा त्यस्ता मनहरुको जमघटले कस्तो किसिमको स्थिति निम्त्याउ“छ होला ? त्यस्ता मनहरुले हार्दिकताका साथ एकाकार भई देउसीभैलो खेल्छन् कि खेल्दैनन् होला ? एउटाको घरमा गाह्रोसा“घुरो भयो भने एउटै विद्यालयमा अध्ययन गर्ने साथीको नाताले अर्को घरको साथी साथ दिन जान्छ कि जा“दैन होला ? छिमेकी भनेको जिउ“दाको जन्ती र मर्दाको मलामी भन्ने सनातनदेखि चलिआएको सामाजिक सद्भाव बोकेको हाम्रो परम्परालाई यिनीहरुले जोगाउ“छन् होला कि मार्छन् होला ? सँ“च्ची अब सोच्नुपर्ने भएको छ अब। जीवन बा“च्न सिकाउने अभीष्ट लिएर स्थापना भएका विद्यालयहरुले जीवन र जगतको बारेमा के सिकाउ“दैछन् भन्ने बारेमा अब पनि ढिला गरियो भने विद्यालयहरुको विरुद्धमा मानिसहरु उर्लिदैनन् भन्ने के ठेगान ?
शैक्षिक अभियन्ता जीवन न्यौपानेले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्–

‘अब्राहम लिङ्कनलाई सायद विद्यालयले राष्ट्रपति कसरी बन्ने कुरा सिकाएन होला। प्रसिद्ध फुटवल खेलाडी पेलेलाई कसरी फूटवल खेल्ने भन्ने कुरा पनि सायद सिकाएन होला। राइट दाजुभाइलाई जहाज बनाएर उडाउने कुरा पनि सिकाएन होला र प्रसिद्ध गायक एवं नृत्यकार माइकल ज्याक्सनलाई पनि कसरी गाउने र नाच्ने भन्ने पनि सिकाएन होला। प्रसिद्ध लेखक लियोटाल्सटायलाई लेखक हुने कुरा पनि सिकाउनु त झन टाढाको कुरा भयो। सफल ब्यक्ति त्यो हुन्छ जोस“ग भित्रैदेखि सिक्ने इच्छा छ। विद्यालयले यसका लागि मार्गप्रशस्त गर्दै वातावरण तयार गर्नुपर्दछ। त्यसैले अबको शैक्षिक अभियान भनेको विद्यार्थीहरुलाई टेपरेकर्डर बनाउने विद्यालयहरु भत्काउने हो।’ मलाई उनको यो कुरा मन प¥यो। दुनिया“लाई मेमोरी कार्ड, पेन ड्राइव र सिडि चक्काको काम गर्ने मानिस होइन कि दुनिया“को गर्भमा रहेका असीमित सम्भावनाहरुभित्र प्रवेश गरेर सिर्जना गर्ने दिमाग भएका मानिसहरुको जरुरत छ जुन काम विद्यालयहरुले गर्न सक्नुपर्दछ।
विद्यालय प्रशासकहरु यस्ता कुरामा बेखबर छन्। उनीहरुका निम्ति शिक्षक विद्यालयमा हाजिर भएर कक्षाकोठामा गइदिए पुग्छ। कक्षामा जेसुकै गरोस् चासो छैन। जीवन जिउन सिकाओस् वा पासो लगाएर मर्न सिकाओस् त्यो पनि मतलव छैन। केही गर्न चाहने शिक्षकहरुलाई प्रेरणा र प्रोत्साहनको वातावरण पनि छैन। टिम कार्यको अभाव छ। प्रशासनबाट उर्दी जारी हुन्छ। त्यति भए पुग्यो। कसैले बोल्न पाउ“दैन। अबका अभिभावकले समेत राम्रा र नराम्रा शिक्षकहरुलाई पहिचान गर्न छोडिसकेका छन्। विचरालाई उनीहरुले आफ्नै सन्ततिहरुलाई राम्ररी चिन्न सकेका देखिदैनन्। यसले गर्दा शिक्षकहरुमा पनि काम गर्ने उत्साह छैन। उत्साह भएकाहरु पनि रुझेका विरालाहरुमा परिणत हुने क्रम जारी छ। विद्यार्थीहरु बरालिएका छन्। यो बारेमा शिक्षाको डाडु पन्यु हातमा भएकाहरुले समयमै सोच्नु जरुरी छ। अन्यथा उत्साहविहीन, दुव्र्यसनी र झगडालु मानिसहरु खोज्नुप¥यो भने विद्यालयलाई सम्झने दिन आउ“दैन भन्ने के ठेगान ?

यो दुनियाँमा मानिसका लागि सबैभन्दा ठूलो र महत्वपूर्ण कुरा मानिस हो। मानिस असल भयो भने दुनिया असल हुन्छ। असल मानिसका असल मनहरु मिलेर केही गर्न सके भने त्यो कर्मले मानिसहरुको भविष्यको उज्यालो क्षितिज उघार्न सक्छ। यस्ता कामहरुको आरम्भ गर्ने थलो भनेको विद्यालय हो। विद्यालयले आफ्नोमा आएका बालबालिकाहरुलाई थोरै सम्झनेतिर र धेरै सिर्जना गर्नेतिर लगाउनु आवश्यक छ। थोरै विभेदतिर र धेरै समतातिर डो¥याउनु आवश्यक छ। थोरै विश्लेषणतिर र धेरै शंश्लेषणतिर सोझ्याउनु आवश्यक छ। यसो गर्न सकियो भने विद्यालयमा आएका विद्यार्थीहरुले कलह र कचिगङ्गल होइन कि मेलमिलाप र सदभावको सन्देश लिएर घर फर्किने छन्। रोगी र बिरामी साथीलाई जिस्क्याउने र हेला गर्ने होइन कि त्यस्तालाई खुला दिलले सहयोग गरेर देखाउनेछन्। यसका लागि विद्यालय र विद्यालयले दिने शिक्षा असल हुनुको विकल्प छैन। यसका लागि विद्यालयमा काम गर्ने शिक्षक र शिक्षाका सरोकारवालाहरु बालबालिकाको शैक्षिक उन्नयनका निम्ति सदैव समर्पित हुनुको पनि अर्को विकल्प छैन। सबैलाई चेतना भया।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top