Free songs
Home / विचार / राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य सेवा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य सेवा

हरिप्रसाद पाण्डेय

दाङ घोराहीमा २०१६ साल पौष महिनामा महेन्द्र हेल्थ सेन्टरको नामबाट पहिलो स्वास्थ्य संस्थाको जन्म भएको थियो। महेन्द्र हेल्थ सेन्टरले पु¥याउ“दै आएको स्वास्थ्य सेवाको स्तरबृद्धि गर्दै २०२१ सालमा पन्द्र शैøया व्यवस्था गरी जिल्ला अस्पतालको रुपमा महेन्द्र अस्पताल दाङ नामाकरण भयो। अस्पतालको भौतिक पूर्वाधार विकास गर्दै जाने क्रममा २०५९ सालमा स्तर बृद्धि गरी २५ शैøयामा पु¥याइयो। यसैगरी अस्पतालको स्तरोन्नति गर्दै २०६४ असार ७ गते ५० शैøयामा पु¥याई अत्यन्तै प्रभावकारी सेवा उपलब्ध गराउ“दै आएको थियो। नेपाल सरकारले महेन्द्र अस्पतालमा दैनिक आउने विरामीहरुको चापलाई दृष्टिगत गर्दै अस्पतालको पुन स्तरोन्नति गरी २०६५ चैत्र १२ गते राप्ती उपक्षेत्रीय अस्पताल दाङ नामाकरण ग¥यो। सेवाग्राहीहरुको आवश्यकता, इच्छा, आकांक्षाको कदर गर्दै नेपाल सरकारले २०७१ साल जेठ ८ गते यस अस्पतालको स्तरबृद्धि गरी एक सय शैया बनायो। यसरी क्रमिक रुपमा यो अस्पतालको स्तर बृद्धि हु“दै आएको देखिन्छ।

तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल दाङको प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. विकास देवकोटा, वरिष्ठ नाक, कान, घा“टी विशेषज्ञ डा.ढुण्डीराज पौड्याल, वरिष्ठ कन्सल्टेण्ट फिजिसियन डा. विष्णुप्रसाद पौड्याल, वरिष्ठ कन्सल्टेण्ट डर्माटोलोजिष्ट डा. प्रताप पोख्रेल, वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. सन्देश पौडेल, वरिष्ठ कन्सल्टेण्ट सर्जन डा. प्रवीण श्रेष्ठ, कन्सल्टेण्ट रेडियोलोजिष्ट डा. नित्यप्रसाद खनाल, एमडिजिपि डा. प्रबोध रेग्मी, वरिष्ठ कन्सल्टेण्ट सर्जन डा. जनार्दन पन्थी, वरिष्ठ फिजिसियन डा. मीनचन्द्र अधिकारी, कन्सल्टेण्ट पिडियाट्रिसियन डा.प्रकाश जोशी, बरिष्ठ फिजिसियन डा.जीतनारायण यादव, नाक कान घा“टी विशेषज्ञ डा. विक्रम बुढाथोकी अर्थोपेडिक सर्जन डा. किरण खनाल, कन्सल्टेण्ट ऐनेस्थेसीयोलोजिष्ट डा. रामपुकार साहलगायतका स्वास्थ्यकर्मीहरु राप्ती क्षेत्रका विरामीका भाग्य बिधाताको रुपमा सेवा उपलब्ध गराउन सफल हुनुभएको थियो। उहा“हरुले प¥याउनुभएको विशेषज्ञतापूर्ण स्वास्थ्य सेवाको जति प्रशंसा गरे पनि थोरै हुन्छ। जसको इतिहास साक्षी छ।

राप्ती उपक्षेत्रीय अस्पताल दाङले सामान्य उपचारदेखि एपेन्डीसाइड, हाइड्रोसील, हर्नियाजस्ता जनरल अपरेशन र पाठेघर, किडनी, आन्द्रा, हाडजोर्नी, नशास“ग सम्बन्धित जस्ता मेजर अपरेशनलगायतका स्वास्थ्य सेवा प्रभावकारीरुपमा उपलब्ध ह“ुदै आएको थियो। गतबिगतमा राप्ती उपक्षेत्रीय अस्पतालले उपलब्ध गराउ“दै आएको स्वास्थ्य सेवामा अझ बढी सेवा सुविधा थप हु“दै जाने अपेक्षाका साथ राप्ती उप क्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन लागि परियो। तर दुःखका साथ भन्नैपर्ने हुन्छ हालको अवस्था अध्ययन गर्दा गत विगतमा पाएका सुविधाको स्तर दिनानुदिन खस्किदै गएर एक चौथाई मात्र पनि उपलब्ध हुन सकेको छैन।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका जिम्मेवार पदाधिकारीहरुको कार्यशैलीकै कारण सेवाग्राहीले गुणस्तरीय स्वास्थ्य सेवाबाट क्रमशः बञ्चित हु“दै गइरहेको गहिरो अनुभूति गर्दै आएको शाश्वत सत्यलाई नकार्न सकिदैन। यस क्षेत्रका जनताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएस, विएएमएस, विडिएस र विएस्सी नर्सिङ जस्ता विषयमा स्नातक तहको चिकित्सा शास्त्र अध्ययन गर्ने अवसर मिल्ने आशा एवं विश्वास गरेका थिए। विभिन्न रोगस“ग सम्बन्धित विशेषज्ञता प्राप्त गर्न एमविविएस गरेपछि एमडी (स्नातकोत्तर) तथा विद्यावारिधि तहसम्मको अध्ययन दाङमै हुने भयो भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४ प्रमाणिकरण भएको दिन २०७४ आश्विन २९ गते घर–घरमा दीपावली गरेको स्मरण गराउन चाहन्छु।

चिकित्सा शास्त्रमा स्नातक, स्नातकोत्तर तहसम्मको शिक्षा प्रदान गर्न स्थानीय विद्यार्थीले प्राथमिकता पाउनेछन् जसबाट स्वदेशमै सेवा गर्ने राष्ट्रिय भावनाले ओतप्रोत भएका दक्ष चिकित्सक उत्पादन हुनगइ नेपाल र नेपालीको हितमा बढी जिम्मेवार बन्नेछन् भन्ने आशा गरियो। प्रतिष्ठानले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन मुलुकको आवश्यकता बमोजिम दक्ष जनशक्ति उत्पादन गरी नेपाल सरकारको पाठ्यक्रम बमोजिम गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न विषयगत तालिम सञ्चालन गर्नेछ भन्ने अपेक्षा राखियो। कम लागतमा बढी संख्यामा चिकित्सा शास्त्र अध्ययन गराई देशलाई आवश्यक पर्ने दक्षजनशक्ति उत्पादन गर्ने, सर्ने तथा नसर्ने रोग र महामारी जस्ता जनस्वास्थ्यमा प्रतिकूल असरपार्ने रोगको अनुसन्धान गरी नेपाल सरकारलाई परामर्श पेश गर्नेछ भनिएको थियो।

जिल्ला तथा प्रदेश अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रबीच समन्वय गर्दै दक्ष विशेषज्ञता आदानप्रदान गर्ने अस्पतालमा शैया थप र समयानुकूल सेवा समय बृद्धि गरी स्वास्थ्य सेवा कम खर्चमा सर्वसुलभ बनाउन प्रतिष्ठान क्रियाशील हुने अपेक्षा गरियो। विषयगत अध्ययनका लागि स्वदेशी तथा विदेशी विश्वविद्यालयस“ग समन्वय गरी छात्रबृत्ति आदानप्रदान गर्दै विद्यमान अवस्थामा खस्किदै गएको औषधिको गुणस्तर अभिबृद्धि गर्न अनुसन्धान तथा विश्लेषण गर्ने जिम्मेवारी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको हुन्छ भनियो। सुरक्षित मातृत्व, नवजात शिशु स्वास्थ्य, मृगौला, क्यान्सर, मुटुरोग, कलेजो, अलजाइमर जस्तारोग निदान गर्ने दक्ष विशेषज्ञ उत्पादन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रभाकारी बनाउन योगदान पु¥याउनेछ भन्ने ठूलो भरोशा गरिएको थियो। चिकित्सा शास्त्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र यस क्षेत्रका सर्वसाधारण जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने हेतुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने कल्पना गरिएको होला।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४ ले परिकल्पना गरेबमोजिम राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रभावकारीढंगले सञ्चालन गर्नु गराउनु सबै जिम्मेवार पक्षको साझा दायित्व हो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन गर्दादेखि नै राजनीतिक आग्रह पूर्वाग्रहको खेल शुरु भयो। सत्तापक्ष र प्रतिपक्षबीच उपकुलपति, शिक्षाध्यक्ष रजिष्ट्रार, डिन नियुक्ति गर्ने कार्यस“गै एकआपसमा असन्तुष्टिको विजारोपण भयो। उपकुलपतिज्यूको समन्वयात्मक क्षमताको कमी, नेपाल सरकारका दक्ष विशेषज्ञ चिकित्सकहरुलाई मन्त्रालयमा फिर्ता पठाएको भन्दै पत्र थमाइदिनु, उपकुलपतिज्यूले आफै नियुक्ति गरेका चिकित्सकहरुलाई आफै अवकाश दिनु, राप्ती उपक्षेत्रीय अस्पतालले गतविगतमा उपलब्ध गराएको स्वास्थ्य सेवाको गुणस्तर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान भएपछि दिनानुदिन घट्दै जानु, स्वशासित संस्थाको वहानामा महंगो सेवा शुल्क निर्धारण गर्नु, दक्ष विशेषज्ञ चिकित्सकहरु आकर्षण गराउन नसक्नु, सार्वभौमसत्तासम्पन्न जनताको विश्वास जित्न नसक्नु, प्रतिष्ठानका पदाधिकारीहरुको संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारस“गको समन्वयात्मक कार्य क्षमताको कमी, जस्ता मूलभूत कारणले गर्दा सेवा ग्राहीले अपेक्षा गरेमुताविकको प्रभावकारी स्वास्थ्य सेवा पाउन नसकेको शाश्वत सत्यलाई नकार्न सकिदैन।

सेवाग्राहीले अपेक्षा गरेको न्यूनतम स्वास्थ्य सेवा पनि उपलब्ध गराउन नसकेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियानको नाममा गत दुई महिनादेखि आन्दोलन हु“दै आएको छ। प्रतिष्ठानका पदाधिकारीको नियुक्तिस“गै राजनीतिक दलहरुबीच बढ्दै गएको तिक्तताले आन्दोलनलाई पनि दुई कित्तामा विभाजित गरेको देखिन्छ। सिद्धान्ततः नीतिले राजनीतिलाई निर्देशन गर्ने हो। विडम्बनापूर्वक भन्नैपर्ने हुन्छ हाम्रो मुलुकमा राजनीतिले नीतिलाई निर्देश गर्दै आएको छ। राजनीतिक दलहरु निर्वाचनको समयावधिभित्र आ–आफ्ना प्रतिबद्धतापत्र बमोजिमको अवधारणाका साथ जनतासमक्ष मत माग्न जानु सान्दर्भिक हुन्छ। निर्वाचनको परिणाम घोषणा भएपछि सम्वद्ध सबै राजनीतिक दलहरु सार्वभौमसत्तासम्पन्न नेपाली जनताको सेवामा एउटा बफादार सेवकको हैसियतले एकजुट भएर समर्पित हुनुपर्छ। तर दुःखका साथ भन्नैपर्ने हुन्छ। हाम्रो मुलुकका राजनीतिकदलहरुले एकआपसमा सधैभरि फरक मतमतान्तर राख्दै आएको देखिन्छ। यसैको फलस्वरुप मुलुकको सर्वाङ्गीण विकास हुन सकेको छैन। जनताले अपेक्षा गरेका सेवा तथा सुविधाबाट विमुख हुनुपर्ने प्रमुख कारण राजनीतिक दलहरुको अकर्मण्यता हो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएदेखि आजसम्मको अवस्थालाई सूक्ष्म दृष्टिले अध्ययन गर्दा यो तथ्य आफैमा प्रमाणित हुन्छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रवाह गर्ने स्वास्थ्य सेवा तथा सुविधा प्रभावकारीढंगले उपलब्ध गराउनु प्रमुख पक्ष हो। प्रतिष्ठानका पदाधिकारीहरु, चिकित्सकहरु, अस्पतालका अन्य सवै स्वास्थ्यकर्मीहरु, प्रशासनिक कर्मचारीहरु, दाङ जिल्लास्थित सबै राजनीतिक दलहरु, नागरिक समाज, बुद्धिजीवी, शिक्षक, प्राध्यापक, वकिल, राष्ट्रसेवक, सुरक्षा निकाय, उद्योगी, ब्यापारी, सञ्चारकर्मीलगायत सम्पूर्ण सेवाग्राहीहरु आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने हुन्छ। संविधान, ऐन, कानुनको मर्म र मान्यतालाई अक्षरशः पालना गरौं। कानुन सर्वोपरी हुन्छ। कानुन हातमा लिनुह“ुदैन भन्ने तथ्यलाई नबिर्सौं। अनुशासित असल नागरिकको परिचय दिऔं। सार्वभौमसत्तासम्पन्न नेपाली जनताको सेवामा सदासर्वदा आफूलाई समर्पण गर्दै सच्चा राष्ट्रसेवक बनौं भन्दा अत्युक्ति नहोला।

(लेखक नेपाल सरकारको पूर्व उपसचिव हुनुहुन्छ।)

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top