Free songs
Home / विचार / मौनी बाबा : जसले बराह क्षेत्रलाई उज्यालो दिए

मौनी बाबा : जसले बराह क्षेत्रलाई उज्यालो दिए

नारायण विवश

भनिन्छ समाजका लागि असल काम गर्ने मानिस मरेर पनि ऊ जीवन्त रहन्छ। तर उसले गरेको योगदानको पनि त्यो समाजले महत्व बुझन उत्तिकै आवश्यक हुन्छ। अघिल्ला पुस् ताले गरेको बिशिष्ट योगदानको महत्व पछिल्ला पुस् ताले भुल्दै जाने हो भने इतिहास नै मेटिने खतरा रहन्छ।

समाजका लागि योगदान गरेका असल ब्यक्तिको इतिहास जोगाउन त्यसै समाजका अगुवाहरु वा त्यसै समाजका सामाजिक संस् थाहरुको भूमिका हुनुपर्दछ। नत्र समाजका उज्याला नक्षत्र पनि अ“ध्यारोमा बिलाउ“दै जान्छन्। यस् तै ओझेलमा परेका दाङका एउटा नक्षत्र हुन राम गिरी अर्थात मौनी बाबा। उनै बाबा हुन् जसले घोराही उपमहानगरपालिका–१३ स् िथत बराह क्षेत्रलाई उज्यालो दिए। बि स १९५० मा हापुरको नारेबाङमा बस् नेत क्षत्री परिवारमा जन्मनुभएका पुना राम बस् नेत बिस २००२ सालमा गृहस् थ जीवन त्याग गरी सन्त बनी हिड्नु भएको हो। उहा“का पिताको नाम मोतीराम बस् नेत हो। उहा“ले २००४ सालमा योग धारण गरे पछि मौनब्रत लिनुभयो। योगपछिको नाम राम गिरी राखिए पनि नबोल्ने भएका कारण उहा“लाई मौनबाबा भन्न थालियो। पछि मौन शब्द अपभ्रम्स भइ मौनी बाबा भन्न थालियो।

२०१० सालमा रोल्पाको गढीलेकमा गई योग साधनामा लाग्नुभइका मौन बाबा २०१८ सालमा एउटा आध्यात्मिक संकल्प लिएर दाङको बराह क्षेत्रमा आउनुभयो। यहा“ आइसकेपछि बराह क्षेत्रको टाकुरोमा कुटी निर्माण गर्नुभयो। त्यहा“ आएर उहा“ले धार्मिक कर्म देखाउन थालेपछि त्यति बेलाका स् थानीय समाजसेवीहरु खगराज लोहनी, घनश्याम पाण्डे, खिमबहादुर बुढाथोकी, रनु गिरी, शुभान गिरी, रेशम बहादुर घर्तीहरु पनि मौन बाबाप्रति आकर्षित हुन थाल्नुभयो र समाजले बाबाप्रति विश्वास बढाउ“दै लग्यो र उहा“को संकल्प साकार हुदै गयो। २०१८ सालदेखि २०४० सालसम्म करीब दुई दशकसम्म बाह्रकुने दहको भन्दा मौनी बाबाद्वारा आयोजित धार्मिक कार्यक्रमले महत्व पायो। दुई दशकको बीचमा शिव मन्दिरमा नित्य पूजा आरधना, अखण्ड हरि कीर्तन, हरि सयनी एकादसीदेखि हरिबोधिनी एकादसीसम्म चौमासा पूजा, शिव पुराण, श्रीमदभागवत ज्ञान महायज्ञ, हरिवंशपुराण, रुद्रीलगायतका अनुष्ठान गरिन्थे। हरेक दिन सय जति मानिसको उपस् िथति हुने मन्दिरममा यज्ञ हरुमा झन मानिस थामी नसक्नु हुन्थे। यसरी धार्मिक कामको प्रचार हु“दै गएपछि नारायणपुरका दाता चूरामणि गौतमले शिव मन्दिर निर्माण गरिदिनु भएको थियो। अर्का मन्दिर तत्कालीन सेवार पञ्चायतले निर्माण गरिदिएको थियो। त्यसैगरी खड्ग दल गुल्मले २०२२ सालमा बंैकले घर धर्मशालाको रुपमा निर्माण गरिदिएको थियो। तर अहिले ती संरचना जीर्ण छन्। मौनी बाबा त्यहा आएपछि उहा“‘ले करिब पा“च बिगाह जमिनमा बिभिन्न जातका सयांै फलफूलका बिरुवा रोपेर उजाड डा“डोलाई हरियो भरियो पार्नुभयो।

तरुल, सकरखन्ड र पिडालु बारी भरी हुन्थे। मौनस“गै अन्न त्याग गरेर तरुल र मौसमअनुसारका फलफूल खानुहुन्थ्यो। सिजनमा गएका भक्तहरु आ“प खाएर अघाउ“थे। बाबाले तरुलको प्रसादी वितरण गर्नुहुन्थ्यो। अहिले जस् तो बजारमा फलफूल पाइ“दैनथ्यो। बाबाले लगाएको बगैंचाका बिरुवाले अहिले पनि उत्पादन दिइरहेका छन्।

बाह्रकुने दह हरेक वर्ष मकर सक्रान्ति अर्थात माघ १ गते मेला लाग्ने र बराह भगवानस“ग पुत्रलाभको बरदान माग्ने ठाउ“को रुपमा परिचित थियो मानिसहरुको चहलपहल हु“दैनथ्यो। मौनी बाबाको आकर्षणले मानिस आउन थालेपछि बराह मन्दिरको पनि विस् तारै महत्व बढ्न थालेको हो।

२०४० बाट शारीरिक अवस् था कमजोर ह“ुदै गएपछि उहा“ले खासै गति बिधि गर्न सक्नु भएन र अन्तत २०४४ सालमा उहॉ समाधिलीन हुनुभयो र ठाउ“नै शून्य भयो। मन्दिर खण्डहर बन्दै गए। मौनी बाबाको पालामा त्यो ठाउ“को हाइहाइ देख्ने पुरानो पुस् ता अहिले त्यहा“ जा“दा मन भक्कानिएर आउ“छ।

बाबाको स् मृतिमा बराह क्षेत्र धार्मिक समितिले शालिक स् थापना गरेर उच्च सम्मान गर्नुका साथै भर पर्दा भक्त लाई नियमित पूजाको जिम्मा दिनु पथ्र्याे तर उचित ब्यवस् थापन नहु“दा त्यो ठाउ“ मानसिक रोगीहरुको आश्रय स् थल बनेको छ।

त्यहा“ प्रेमराज पाण्डेले चार कोठे पक्की धर्मशाला र राधा कृष्ण मन्दिर निर्माण गरी चार लाख रुपैया अक्षयकोषमा जम्मा गरि दिनुभएको छ। त्यसै गरी, लालमणि लम्साल र विष्णा लम्सालले गौरीशंकर मन्दिर निर्माण गरि दिनुभएको छ। २०३६ सालमा निर्माण भएको शिव मन्दिर जीर्ण अवस् थामा छ। अर्को जीर्ण शिव मन्दिरको भने जीर्णाेद्धार गर्ने क्रम अन्तिम चरणमा पुगेको छ। त्यसैगरी बैकले घर (धर्मशाला) पनि जीर्ण छ।

हुन त त्यस क्षेत्रको विकास गर्ने उद्देश्यले केही वर्षयता बराहक्षेत्र धार्मिक समिति गठन भएको छ। तर त्यो समितिले शिवालय क्षेत्रलाई भन्दा बराह मन्दिर र दहलाई महत्व दिएको भान हुन्छ। बराह मन्दिर र दह आम्दानीको स्रोत हो जसबाट संस् थाले बर्षेनि १५ लाख भन्दा बढी कमाउ“छ। शिवालय मा स्रोत छैन त्यो कारण पनि समिति को ध्यान पैसाको स्रोततिरै केन्द्रित छ।

समितिका अध्यक्ष टेमन बुढा भने शिवालय क्षेत्रको विकासका लागि काम भइरहेको बताउनुहुन्छ। बुढाका अनुसार शिवालय जीर्णोद्धार गरी नया निर्माण भइरहेको छ, शिवालय जान सिढी निर्माण भएको छ। धार्मिक काम गर्न रुची भएको आध्यात्मिक ब्यक्ति पाएमा शिव मन्दिर, राधा कृष्ण मन्दिर र गौरीशंकर मन्दिरमा पूजाआजा र रेखदेखको जिम्मा दिने समितिले सोच बनाएको छ। उसैगरी बैकले धर्मशाला भत्काएर अर्काे बनाउने सोच रहेको बुढाले बताउनुभयो। त्यस् तो सोच कहिले कार्यान्वयन हुन्छ भन्ने कुराको भने उहा“सित जवाफ छैन।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top