Free songs
Home / समाचार / संक्षिप्त समाचार / नाकामा प्रहरी फेरिएको फेरियै

नाकामा प्रहरी फेरिएको फेरियै

युगबोध समाचारदाता

बाके। नाकामा डिउटीमा रहेका प्रहरीका बारेमा धेरै जनगुनासोहरु आएपछि बाके प्रहरीले एकै दिन धेरै जनालाई परिवर्तन गरिदिएको छ।

भारतबाट किनमेल गरेर फर्किने, रिक्सा, टा“गा, ट्रक चालकस“ग अबैधरुपमा असुली हुने गरेको जनगुनासोलाई मध्यनजर गर्दै बा“के प्रहरीले बिहीवार एकैपटक चार दर्जन प्रहरीलाई परिवर्तन गरेको हो। बा“के प्रहरीका प्रवक्ता डिएसपी शिवबहादुर सिंह आफै नाकामा पुगेर जनगुनासोहरु आइरहेको भन्दै लामो समयदेखि नाकामा बसेकाहरुलाई परिवर्तन गर्नुभएको हो।

प्रवक्ता सिंहका अनुसार, जिल्लाको नाकामा कार्यरत करीव ५० जनालाई जिल्लामा तानिएको छ। तिनीहरुको ठाउ“मा नया“लाई पठाइएको छ। एक वर्षदेखि नाकामा बसेकालाई परिवर्तन गरेको सिंहले जानकारी दिनुभयो। ‘एक वर्षदेखि नाकामा बसेका सिपाहीदेखि इञ्चार्जसम्मलाई परिवर्तन गरेका छौं, कतिपय जनगुनासो आएकाहरु पनि परेका छन्’– प्रवक्ता सिंहले भन्नुभयो– ‘यो आन्तरिक सुदृढिकरण पनि हो।’

बा“के प्रहरीले दशैंलक्षित विभिन्न अप्रेसनहरु गरिरह“दा नाकाका प्रहरीलाई पनि फेरबदल गरेको जनाएको छ। प्रहरीले ‘हिट एण्ड रन’ का घटना बढेपछि मोटरसाइकलको नम्बर देखिने गरी राख्न अप्रेसन नै चलाएको छ। प्लेट खुइलिएर नम्बर नदेखिएको, सानो अक्षरमा नम्बर लेखिएको मोटरसाइकललाई नियन्त्रणमा लिदै नम्बर लेख्न लगाएको छ। पार्किङका विषयमा पनि प्रहरीले कडा नीति अपनाएको छ। चोकहरुमा जथाभावी रोक्न प्रतिबन्ध लगाइएको छ। यसक्रममा बिहीबार तीन सय ३१ वटा सवारी साधन कारवाहीमा परेका छन्। बुधबार एक सय ६९ सवारी साधनलाई कारवाही गरिएको थियो।

‘प्लेट खुइलिएर नम्बर नदेखिएका मोटरसाइकललाई नियन्त्रणमा लिन्छौं। नम्बर लेखाएर ल्याएपछि छोड्ने गरेका छौं’– प्रवक्ता सिंहले भन्नुभयो– ‘साधनले ठक्कर दिएर दुर्घटना हुने र सवारी साधन फेला पार्न नसकिने भएपछि नम्बर स्पष्ट हुनुपर्ने रणनीति अघि सारिएके हो। नम्बर स्पष्ट भएपछि चोक–चोकमा भएका सिसि क्यामेरामा पनि प्रष्ट देखिनेछन्।’

केही दिनअघि नर्सिङहोम अगाडि एकजना यात्रुलाई मोटरसाइकलले ठक्कर दियो। यात्रुको मृत्यु भयो। मोटरसाइकल फेला पार्न सकिएन। पीडितहरुले प्रहरीविरुद्ध प्रदर्शन गरे। प्रहरी प्रवक्ता सिंहले यस्ता घटनास“ग जोड्दै नम्बर प्लेट प्रष्ट पार्ने अभियान चलाएको बताउनुभयो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top