Free songs
Home / समाचार / प्रमुख समाचार / चिनियाँ राष्ट्रपतिको स्वागत तयारी, लाभहानिको हिसाबकिताब हुनेछैनः प्रम

चिनियाँ राष्ट्रपतिको स्वागत तयारी, लाभहानिको हिसाबकिताब हुनेछैनः प्रम

 

 

काठमाडौं। उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपतिलाई स्वागत गर्ने तयारीमा सरकार जुटेको छ। चिनिया“ राष्ट्रपति सी जिनपिङको भ्रमण निश्चित भएस“गै सरकार तयारीमा जुटेको छ।

चिनिया“ राष्ट्रपतिको भ्रमणका लागि चिनिया“ विशेष विमानले परीक्षण उडान गरिसकेको छ भने सुरक्षाकर्मीले पनि आवश्यक सुरक्षा तालिम गरिरहेका छन्। राजधानीको सुरक्षा ब्यवस्थादेखि सरसफाइ तयारी तीब्र पारिएको छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिमेकी मित्र राष्ट्र चीनस“ग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानीको हिसाबकिताब नहुने बताउनुभएको छ। सञ्चार माध्यमका सम्पादक तथा प्रतिनिधिस“ग प्रधानमन्त्री निवासमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिन पिङस“ग छिट्टै नेपालमा हुने उच्चस्तरीय भेटघाटमा सरकार सरकार र जनता जनताबीचको सम्बन्ध बहुआयामिक बनाउन नै आफूले प्रयास गर्ने स्पष्ट गर्नुभयो।

‘उच्चस्तरीय भेटघाटमा लाभहानिको हिसाबकिताब हुन्न, मैले मित्रतालाई नै जोड दिनेछु, आपसी मित्रता भएमा नै दुबै पक्षलाई लाभैलाभ हुन्छ’– उहा“ले भन्नुभयो– ‘दुई देशबीचको भेटघाटमा भौतिक अपेक्षा तपसीलका कुरा हुन्, भेटपछि प्रतिफल प्राप्त होला नै, तर सपिङ लिष्ट बनाएर कुरा हु“दैन, मित्रताको मूल्य नै सर्वाधिक हुन्छ।’ प्रधानमन्त्रीले चीनस“ग लगानी, व्यापार र प्रविधि हस्तान्तरणबारे छलफल हुने जानकारी दि“दै दुई देशबीच मित्रता अभिवृद्धि भएपछि यी विषयमा पनि स्वाभाविक वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। ‘महामहिम राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण एकदम सफल हुन्छ’– उहा“ले भन्नुभयो। चिनिया“ राष्ट्रपति सीले निकट भविष्यमा नै नेपालको औपचारिक भ्रमण गर्ने तयारी छ। यही महिना नै भ्रमण हुने भनिए पनि भ्रमण तालिका अझै सार्वजनिक भइसकेको छैन।

एक प्रश्नको जवाफमा नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले दुई पार्टीबीच आपसी सहकार्य भएकै आधारमा नेपाल ‘सी विचारधारा’मा गयो भन्नु आफूहरुलाई बदनाम गर्ने प्रयास हो भन्दै बुद्धिजीवी भइकन अबौद्धिक तर्क गर्नेप्रति आफूलाई दया लाग्ने बताउनुभयो। ‘हाम्रा आवश्यकताअनुसार हामी अगाडि बढ्छौं, सी पथमा नेपाल गयो भन्नु सङ्कीर्णता हो, विचारशून्यता हो, असहिष्णुता हो। भारतीय स्वतन्त्रता संग्राममा सुवासचन्द्र बोसको क्रान्तिकारी विचार र महात्मा गान्धीको शान्तिपूर्ण धार दुबै ठीक छन्, सबैका विचार अध्ययन गरेर नेपालको परिस्थिति, आवश्यकता एवं परिवेशअनुसार लागु गर्नु हाम्रो बिशेषता हो’– उहा“ले भन्नुभयो।

नेपाल अन्तर्राष्ट्रिय जगतमा सुनिन र देखिन थालेको हो त भन्ने जिज्ञासाका सन्दर्भमा प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रिय हित, न्यायोचितता र अन्तर्राष्ट्रिय उत्तरदायित्वका साथ अन्तर्राष्ट्रिय सम्बन्धमा ध्यान दिएको जनाउनुभयो। नेपाल स्वाधीन मुलुकका रुपमा विगतदेखि रहे पनि त्यस स्वाधीनतालाई खुम्चाएर र चाउ¥याएर आफै प्रयोग नगर्ने स्थितिबाट अहिले बाहिरनिस्किएको जिकिर गर्नुभयो । ‘नेपालले आन्तरिक र बाह्यरुपमा स्वतन्त्ररुपमा आफ्नो स्वाधीनताको अभ्यास गर्न थाल्यो, गरिरहेको छ। त्यसकारण नेपाल देखिन र सुनिन थालेको छ। हामी कतै झुक्दैनौं। कतै ढल्कदैनौं। नेपाललाई भूपरिवेष्ठितबाट भूजडित, जलजडित, हवाइजडित र सञ्चारजडित बनाउन लागेका छौं’– उहा“ले भन्नुभयो– ‘नेपाल अन्तर्राष्ट्रिय मञ्चमा सुनिन थालेको वास्तविक हो।’

नेपालको राष्ट्रिय छवि बृद्धि भएकामा ढुक्क हु“दै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘नेपाल नेपालको रुपमा आफ्नो स्वतन्त्र आधारभूत नीतिमा उभिन्छ। हामी क्षणिक लाभमा बहकिएर हामी हि“ड्दैनौं। राष्ट्रिय हित, चरित्र र स्वाधीनताका लागि काम गर्छाैं। हाम्रो सार्वभौमिकता, विश्वबन्धुत्व, शान्तिको पक्षधरता, न्यायपूर्ण विश्वव्यवस्थाका नीति, संयुक्त राष्ट्रसंद्धका बडापत्र, असंलग्न आन्दोलन र पञ्चशीलका सिद्धान्तमा हामी अडिग रहन्छौं।’ उहा“ले गत वर्षको राष्ट्रसंघको महासभामा आफूले गरेको सम्बोधनमा उठाइएका विषयहरुलाई राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले समापनका अवसरमा महत्व दिई स्मरण गर्नु एवं उल्लेख गर्नुलाई पनि महत्वपूर्ण मान्नुपर्ने उहाको तर्क थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top