Free songs
Home / समाचार / संक्षिप्त समाचार / घोराहीमा चुलो एक्सचेन्ज महामेला

घोराहीमा चुलो एक्सचेन्ज महामेला

 गोविन्द खड्का

घोराही । थोत्रा, बिग्रिएका एवं मन नपरेका ग्यास चुला लिने ग्राहकलाई नया दिन घोराहीमा चुला एक्सचेञ्ज महामेला शुरु भएको छ।

घटस्थापनादेखि शुरु भएको महामेला छठ पर्वसम्म निरन्तर चल्ने हिमाली सप्लायर्स मिलन चोकका सञ्चालक सन्तोष श्रेष्ठले जानकारी दिनुभयो।

जस्तोसुकै खराब स्थितिका चुला पनि साट्न मिल्ने सञ्चालक श्रेष्ठको भनाइ छ। उहाका अनुसार भान्सामा काम नचल्ने वा आफूलाई मन नपरेको जुनसुकै ग्या“स चुला दिएर ग्राहकले रोजीविनी नया“ चुला लैजान सक्नेछन्। कुच्चिएका, बल्दै नबल्ने, कामै नलाग्ने भनी थन्काएका पुराना चुला पनि नया“ स“ग साट्न मिल्ने सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो।

आफ्नो घरको चालु वा खराब अवस्थाको ग्यास चुलो ल्याएपछि त्यसको उचित मूल्यांकन गरिने श्रेष्ठको भनाइ छ। पुरानो ग्यास चुलाको मूल्य निर्धारण गरिनेछ। त्यो रकम नया चुलोको मूल्यमा हिसाव मिलान गरी नपुग रकम ग्राहकले थपेर नया चुलो साट्न सक्नेछन्। नया चुलो लिनेबेला दशैतिहारको अफर थप २० प्रतिशतसम्म पाउने श्रेष्ठको भनाइ छ।

‘कम्पनीस“ग लामो छलफलपछि पहिलो पटक चुला एक्सचेञ्ज महामेला लगाउन सफल भएको हु“’– सञ्चालक श्रेष्ठले भन्नुभयो– ‘धेरै जनाले लाभ लिने अपेक्षा गरेको छु।’ उहा“ले ग्राहकलाई सुविधा दिनका लागि चलाएको बताउनुभयो। देशभरमै पहिलो पटक महामेला आयोजना गरेको उहा“ले दाबी गर्नुभयो। पा“च दिनमा धेरै ग्राहकले आफुलाई मनपर्ने ग्या“स चुला साटेर लगेको उहा“ले बताउनुभयो। धेरैका भान्सामा खुशी दिन सकेको महसुस गरेको उहा“को भनाइ छ। भान्साका अन्य सामग्री पनि दशैं तिहारको छुट सहित हिमाली सप्लायर्स मिलन चोकले बिक्री गरेको छ।

उहा“काअनुसार ग्राहकको सुविधाका लागि गणेश ग्यास सप्लायर्स गणेश मन्दिर, न्यू सुभम टे«डर्स कपासी, जीवन सप्लायर्स रतनपुर, राप्ती ग्या“स एण्ड सप्लायर्स काठेकोहल, केसी ग्यास सप्लायर्स नारायणपुर, आचार्य सप्लायर्स डोक्रेना चोक र सिजवाल सप्लायर्स सब्जीमण्डीबाट ग्या“स चुला एक्सचेञ्ज कार्यक्रम चलिरहेको छ। पायक पर्ने स्थानबाट सेवा लिन ग्राहकलाई आग्रह गर्नुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top