Free songs
Home / समाचार / संक्षिप्त समाचार / हक कार्यान्वयनको माग गर्दै ज्ञापनपत्र

हक कार्यान्वयनको माग गर्दै ज्ञापनपत्र

घोराही, (युस)– सूचनाको हकको व्यवहारिक कार्यान्वयनको माग गर्दै सरोकारवालाहरुले बुधवार घोराही उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएका छन। सूचनाको हकसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर उनीहरुले ज्ञापनपत्र बुझाएका हुन्।

संविधानप्रदत्त हकको व्यवहारिक कार्यान्वयनमा समस्या देखिएको भन्दै घोराही उपमहानगरपालिकालाई नागरिक सरोकारका सूचना नियमितरुपमा सार्वजनिक गर्न तथा नागरिकलाई उक्त सूचना उपलब्ध गराउन माग गरिएको छ। अधिवक्ता गोमा महराले घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीलाई ११ बु“दे ज्ञापनपत्र बुझाउनुभएको हो। ज्ञापनपत्रमा स्थानीय सरकारका निकायहरुमा नागरिक सरोकारका सूचना बडापत्रमार्फत सार्वजनिक गरिनुपर्ने, सबै वडाहरुमा नागरिक बडापत्रको व्यवस्था गरिनुपर्ने, भए गरेका भौतिक, आर्थिक गतिविधिहरु सार्वजनिक गरिनुपर्ने, तोकिएकै समयमा सार्वजनिक सुनुवाइ गरिनुपर्नेलगायतका माग उल्लेख गरिएको छ।

ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत केसीले सूचनाको हक कार्यान्वयनसम्वन्धी नीतिगत व्यवस्था गरिए पनि व्यवहारिक कार्यान्वयनमा केही समस्या भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गरेर लैजाने प्रतिबद्धता जनाउनुभयो। उहा“ले स्थानीय सरकार बनेदेखि जिम्मेवारी र कामसमेत हेरफेर भएकाले नागरिक वडापत्रलाई सबै वडासम्म पु¥याउने गरी काम अघि बढाउने बताउनुभयो। उहा“ले ज्ञापनपत्रलाई उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलाई बुझाइदिने प्रतिवद्धता जनाउनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top