Free songs
Home / समाचार / संक्षिप्त समाचार / सुरक्षा आवास र मनोविमर्शबारे छलफल

सुरक्षा आवास र मनोविमर्शबारे छलफल

घोराही, (युस)– महिला मानव अधिकार रक्षकहरुको सञ्जाल दाङ तथा महिला पुनस्र्थापना केन्द्र ओरेकको संयुक्त आयोजनामा बुधवार घोराहीमा सुरक्षा आवास र मनोविमर्श केन्द्रको आवश्यकताबारे छलफल कार्यक्रम भएको छ।

कार्यक्रममा राज्यका संरचना फेरिएस“गै सुरक्षा आवाससहितको हिंसाप्रभावित महिलाहरुका लागि सहयोगी संरचना अपर्याप्त रहेको, विगतमा जिल्लास्तरबाट जिल्लाभरका महिलाले सेवा लिदै आएको सुरक्षा आवास घोराही उपमहानगरअन्तर्गत पुगेको, अन्य स्थानीय तहमा सुरक्षा आवाससहितको हिंसा प्रभावित महिलाहरुका लागि संरचना नहु“दा परेको समस्याबारे चर्चा भएको थियो। महिलालाई घरपरिवार र समाजमै सुरक्षित हुनसक्ने वातावरण बनाउन काम गर्नुपर्ने र तत्कालकालागि आवश्यक सुरक्षा आवाससहित मनोविमर्श सेवा आवश्यक रहेकोमा कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए।

महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जाल दाङका अध्यक्ष हुमा डिसीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल हुनुहुन्थ्यो। कार्यक्रममा महिला पुनस्र्थापना केन्द्रका जिल्ला संयोजक ईश्वरी थापा र महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका केन्द्रीय सचिव लक्ष्मी आचार्यले विषयगत प्रस्तुति राख्नुभएको थियो। विजयादशमीको शुभकामना आदानप्रदानसमेत जोडिएको कार्यक्रममा देउखुरी, तुलसीपुर र घोराही क्षेत्रका ६० बढी महिला मानवअधिकार रक्षकहरुको सहभागिता थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top