Free songs
Home / समाचार / प्रमुख समाचार / प्रहरीको यात्रु सहायता कक्ष ‘देखावटी’ मात्रै

प्रहरीको यात्रु सहायता कक्ष ‘देखावटी’ मात्रै

दशैं मान्न आएका परदेशी नाकामा ठगिँदै

 कुमार श्रेष्ठ

बाके, दशैं मान्न घर फर्किएका नेपालीलाई नेपालगञ्ज नाकामा रिक्सा र टागा चालकले ठग्ने गरेका छन्। भारतका विभिन्न शहरमा काम गरेर फर्किएका नेपालीलाई रुपैडिहा बसपार्कदेखि नेपालगञ्ज आउदा टागा र अटोरिक्सा चालकले ठग्ने गरेका हुन्। भारतबाट फर्किनेमा प्रायः कर्णाली प्रदेशका मानिस छन्। उनीहरुलाई नेपाल र भारतका टागा तथा अटोरिक्सा चालकले मनोमानी भाडा लिएर ठगिरहेका छन्।रुपैडिहादेखि नेपालगञ्जसम्म ६ जना आउदा टागा चालकले एक हजार सात सयसम्म लिएको पाइएको छ। जबकि रुपैडिहादेखि नेपालगञ्ज तीनदेखि चार सयमा बुकिङमा आउने गर्दछन्। टागा चालकले रुपैडिहादेखि नेपालगञ्जको छोटी भन्सारसम्म आउ“दा भारु चार सय लिएका छन्। अटोरिक्साले रुपैडिहादेखि नेपालगञ्जसम्म आउदा एकजनाको दुई सय लिएको पाइएको छ। रुपैडिहादेखि नेपालगञ्जसम्म एकजनाको ५० रुपैया“ मूल्य निर्धारण गरिएको छ।

भारतमा काम गरेर फर्किएका आफन्तलाई लिन नाकामा पुगेकी जमुना डा“गीले रुपैडिहादेखि छोटी भन्सारसम्म आउ“दा भारु चार सय रुपैया“ मागिएको बताउनुभयो।भारतको सिम्ला, प्रयाग, कालापहाड, हरिद्वारलगायतका ठाउ“मा मजदुरी गरेर फर्किएका नेपालीलाई नाकामा टा“गा, अटोरिक्सा र नेपालगञ्जका होटल सञ्चालकसम्मले ‘दुःख’ दिने गरेका छन्। होटल सञ्चालकहरु रुपैडिहामै पुगेर आफ्नो होटलमा ल्याउन प्रतिस्पर्धा गरिरहेका छन्। उनीहरुले टा“गा र अटोरिक्सालाई ‘साथमा लिएर’ परदेशीहरुलाई आफ्नो होटलमा ल्याइरहेका छन्। भारतबाट फर्किएकालाई नाकामा कुनै प्रकारको दुःख, हैरानी, सास्ती नहोस्, कोही नठगिउन् भनेर बॉके प्रहरीले नाकामा यात्रु सहायता कक्ष राखेको छ। त्यसले नेपालीहरुलाई ठग्नबाट बचाउन सकेको छैन। ‘देखावटी’ यात्रु सहायता कक्षमा बसेका प्रहरीले भारतबाट फर्किएका नेपालीलाई ‘तिमीलाई कसैले दुव्र्यवहार ग¥यो कि ?, टा“गा र अटोरिक्सामा कति भाडा तिरेर नेपालगञ्जसम्म जादैछौ’ सम्म सोध्दैन।दशैंको माहोलमा नाकामा बसेको प्रहरी आफैलाई गोजी भर्न भ्याइ–नभ्याई रहेकाले परदेशीहरु ठगिए कि ठगिएनन् भनेर सोध्ने फुर्सद नै छैन। जो कोही नाकामा पुगेर केहीबेर रोकिएर हेर्दा नै थाहा हुन्छ कि खुद्रा पैसाले प्रहरीले कसरी गोजी भर्दछ। टा“गा चालकस“ग प्रहरीको मिलोमतो हुने गरेको छ। रुपैडिहाबाट एउटा टागाले यात्रु हालेर नेपालगञ्ज भित्रिदा उसले डिउटीमा बसेको प्रहरीलाई ‘भारु सय रुपैया’ दिने गरेको नाम नबताउने शर्तमा एक टागा चालकले बताए।

बाकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले नाकामा कसैलाई हैरानी नहोस् भनेर सहायता कक्ष राख्नेदेखि सादा पोशाकका प्रहरी खटाएर निगरानी बढाएको बताउनुभयो। ‘भारतीय प्रहरीस“ग समन्वय गरेर नाकामा निगरानी बढाइएको छ’– एसपी ओलीले भन्नुभयो– ‘बाके प्रहरीले सार्वजनिक गरेको ३१ बु“दे सुरक्षा रणनीतिमा नाकाको सुरक्षालाई प्राथमिकतामा राखिएको छ।’भारतका विभिन्न शहरमा मजदुरी गरेर फर्किनेहरु प्रायः ५ नम्बर र कर्णाली प्रदेशका जाजरकोट, दैलेख, रुकुम, रोल्पा, सल्यान, प्युठानका मानिस रहेका छन्।

आफ्नो खेतको उत्पादनले वर्षभरि खान नपुग्ने नेपालीहरु ‘मौसमी’ कामका लागि भारतका विभिन्न शहरमा जाने गर्दछन्। नेपालीहरुको महान पर्व दशैं शुरु भएकाले परदेशीहरु घर फर्किरहेका छन्। पहाडी जिल्लाका मानिसहरु भएकाले उनीहरुलाई रुपैडिहादेखि नेपालगञ्जसम्मको भाडा  थाहा हुदैन। त्यसैले टागा र अटोरिक्साले जति भने त्यति दिन बाध्य हुन्छन्। त्यसमा होटल सञ्चालकको ‘होमा हो’ ले उनीहरुलाई ठगिएको थाहा नै हुदैन।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top