Free songs
Home / समाचार / संक्षिप्त समाचार / नोट साट्न थामिनसक्नु भीड

नोट साट्न थामिनसक्नु भीड

युगबोध समाचारदाता

देउखुरी, चार घण्टा लाइनमा बसेपछि लोकेन्द्र डा“गीको हातमा नया“ नोट आइपुग्यो। बिहान ७ बजे उहा“ राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तुलसीपुर शाखा कार्यालयमा लाइनमा बस्नुभएको हो। उहा“ले १८ हजार पा“च सय नया“ नोट साट्नुभयो। ‘नया“ नोटको लागि लाइन बस्नुप¥यो’– उहाले भन्नुभयो– ‘नया नोटको प्रचलन छ, नसाटी नहुने के गर्नु ?’ यस्तै तुलसीपुर–९ बेलुका तेजबहादुर खड्का पनि लाइनमा हुनुहुन्छ। उहा“को पालो अझै आएको छैन। ‘बिहानबाट बसियो। गेटनजिक पुगियो’– उहा“ले भन्नुभयो– ‘अन्य बैंकबाट पनि वितरणको व्यवस्था भइदिए सजिलो हुने थियो।’

सल्यान त्रिवेणी–३ निवासी पूर्णबहादुर बुढा नया नोट साट्न तुलसीपुर झर्नु भयो। बिहान ५ बजेबाट उहा“ लाइनमा बस्नुभएको छ। ‘दशैंमा नया“ नोट चाहियो। घरमा खै नया नोट भन्छन्’– उहाले भन्नुभयो– ‘केटाकेटीको मन राख्न लाइनमा बसें।’ बिहान ५ बजेबाट बैंकमा नया नोट साट्न मानिसको लाइन लागेको हो। १० बजे पछि मात्रै वितरण शुरु गरिएको बैंकले जनाएको छ। भीड व्यवस्थापन गर्न प्रहरी र सुरक्षागार्ड परिचालन गरिएको छ। यस पटक एक व्यक्तिले १८ हजार ५ सय रुपैया“सम्म नया नोट सटही गर्न पाउनेछन। नया नोट ५, १०, २०, ५० र १ सय र पा“च सयका नया“ नोट सर्वसाधारणले पाउनेछन्। थप नोट लिन चाहनेहरुका लागि पुराना तर सुकिला नोट उपलब्ध गराउने राष्ट्र बैंकले बताएको छ। बैंकले १३ अर्ब रुपैया   बराबरको नया नोट सटही सुविधा प्रदान गर्ने भएको हो।

यसअघि गत वर्ष राष्ट्र बैंकले ५, १०, २०, ५० रुपैया दरका नया २–२ प्याकेट र १ सय रुपैया“ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैया“सम्म प्रतिव्यक्ति सटही सुविधा दिएको थियो। दशैंका क्रममा नया“ नोट साट्ने क्रम संस्कृतिजस्तै बने पनि प्रत्येक सर्वसाधारणमा नोटको जतन गर्नुपर्छ भन्ने भावना विकास हुन आवश्यक छ। दशैंमा वितरण गरिएका नया“ नोट रङ पोतिएका, झुत्रिएका अवस्थामा पुनः एक महिनापछि बैंकमा आउछन्। बैंकमा फर्किएका ती नोटलाई व्यवस्थित गर्न थप समय लाग्ने गरेको छ। नेपाली समाजमा भेटी वा दक्षिणाका रुपमा नोट दिने चलन छ।

टीका लगाएर रङ लतपतिएको हातले नै दक्षिणा दिइने गरेका कारण नोटमा रङ लाग्नुका साथै थोत्रो हुने गर्दछन्। दशैंमा निष्काशन गरिएका नया“ नोट तिहार र छठ नसकिदै झुत्रे भइसक्ने समस्या छ। दशैंमा नया“ बस्त्र लगाउने, किनमेल गर्ने र परिवारस“ग खुशियालीका साथ मनाउने प्रचलनस“गै नया“ नोटसहितको दक्षिणा पनि सगै जोडिएको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top