Free songs
Home / समाचार / प्रमुख समाचार / विकासमा दीर्घकालीन योजना आवश्यक : मुख्यमन्त्री

विकासमा दीर्घकालीन योजना आवश्यक : मुख्यमन्त्री

पदाधिकारीको कार्यक्षमतामा प्रश्न

 निमुसंगम घर्ती

घोराही,  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले अबको विकास योजना वर्षौं पछिसम्मको सोचका आधारमा गर्नुपर्ने बताउनुभएको छ । तत्कालिक अवस्थालाई मात्रै सोचेर काम गर्दा करोडांै रुपैया खर्चेर बनाइएका पूर्वाधारहरु अहिले भत्काउनु पर्ने अवस्था आएको भन्दै मुख्यमन्त्री पोख्रेलले २० औं वर्षलाई हेरेर विकासमा लगानी गर्नुपर्ने बताउनुभएको हो । घोराही उपमहानगरपालिकाले मंगलवार आयोजना गरेको २०७७ देखि २०८३ सम्मको एकीकृत शहरी विकास योजना र नगरको दीर्घकालीन सोच तथा रणनीतिक योजना कार्यशाला गोष्ठीमा बोल्दै मुख्यमन्त्री पोख्रेलले घोराही–तुलसीपुर सडक फोरलेनको बनाउने क्रम शुरु भएको भन्दै हालसालै बन्दै गरेका पुलहरु सानो हुने उल्लेख गर्नुभयो । ‘आजको आवश्यकतामा मात्रै केन्द्रित हुनुहु“दैन’– मुख्यमन्त्री पोख्रेलले भन्नुभयो– ‘वर्षांैपछिको आवश्यकतालाई ध्यान दिएर विकासमा दीर्घकालीन सोच र योजना लागु गर्नुपर्छ । तत्कालीक अवस्थालाई मात्रै हेर्दा घोराही तुलसीपुर सडकमा पुलहरु बनि सक्ने अवस्थामा छन् मुख्यमन्त्री पोख्रेलले भन्नुभयो– ‘सोचेर काम नगर्दा केही वर्षपछि अभाव खड्किने देखियो । अब सडक, पुलपुलेसा, शैक्षिक, धार्मिक र शहरी क्षेत्रको विकासका लागि दीर्घकालीन योजना लिएर मात्रै गर्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो । ‘योजना तर्जुमा दीर्घकालीन हुनुपर्छ’– उहा“ले भन्नुभयो– ‘भविष्यलाई ख्याल गरेर सडक सञ्जाल, व्यवस्थित वस्ती विकास हुनुपर्छ ।’ मुख्यमन्त्री पोख्रेलले अवको विकास जनताको जीवनस्तर सुधार हुने किसिमले हुनुपर्ने पनि उल्लेख गर्नुभयो ।

घोराही उपमहानगरको विकास कृषि, उद्यम र पर्यटनमार्फत हुने भन्दै सोही अनुरुपको पूर्वाधार तयार गर्न आग्रह गर्नुभयो । कृषिलाई आधुनिकीकरण गर्दै उद्योग कलकारखाना स्थापना गर्ने र पर्यटकीय क्षेत्रको प्रबद्र्धनमार्फत नगरको विकास गर्न सकिने धारणा राख्नुभयो । साथै उहाले बजारलाई व्यवस्थित गराउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रतिष्ठानका पदाधिकारीको क्षमतामा प्रश्न

मुख्यमन्त्री पोख्रेलले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको कार्य क्षमतामा प्रश्न उठाउनुभएको छ । हरेक क्षेत्रबाट सहयोग भइरह“दा पनि प्रतिष्ठानलाई जनताको मन जित्नेगरी चलाउन नसकेको भन्दै असन्तुष्टि जनाउनुभयो ।

उपकुलपतिलाई मैले पटक–पटक भनें के सहयोग गर्नुप¥यो भनेर तर उहा“ले एउटा मात्रै सहयोग गरिदिनुस् अर्थ मन्त्रालयमा फाइल रोकिएको छ भन्नुभयो, मैले अर्थमन्त्रीलाई भनेपछि बजेट आयो तर खर्च नभएर फिर्ता भयो’– उहा“ले भन्नुभयो । बजेट खर्च पनि गर्न नसक्ने र नेतृत्व लिएर चलाउन पनि नसक्ने अनि सहयोग गरेनन् भनेर राजनीति गर्ने भन्दै मुख्यमन्त्री पोख्रेलले असन्तुष्टि जनाउनुभयो । कर्मचारी आन्दोलन, चिकित्सकहरुको आन्दोलन के राजनीतिक आन्दोलन हुन् भन्दै प्रश्न गर्नुभयो । भएका सेवा सुविधा कटौती गर्ने, बजेटको सदुपयोग गर्न नसक्ने अनि काम गर्न नसकेपछि राजनीतिकरण गर्ने भन्दै मुख्यमन्त्री पोख्रेलले नेताको पछि नलाग्न सुझाव दिनुभयो । सबै नेताहरुले नै गरिदिने हो भने किन चाहियो उपकुलपति, रजिष्ट्रार, शिक्षाध्यक्ष भन्दै प्रश्न गर्नुभयो । ‘सबैले सहयोग गरेकै हो’– मुख्यमन्त्री पोख्रेलले भन्नुभयो– ‘तर काम गर्न सक्ने क्षमता देखिएन अब बाटो खुला गरिदिए हुन्छ ।’ स्वास्थ्यमा बिज्ञ रहेका पदाधिकारीहरुको प्रतिष्ठान चलाउने क्षमता नदेख्दा जनतामा निराशा छाएको भन्दै सरोकारवालाहरुलाई एक ठाउ“मा बसेर निकास निस्कने गरी निर्णय लिन आग्रह गर्नुभयो । हरेक कुरालाई राजनीतिस“ग जोडेर जनतामा विभाजनको अवस्था ल्याएको भन्दै मुख्यमन्त्री पोख्रेलले स्वास्थ्यमा राजनीति नगर्न सबैलाई आग्रह गर्नुभयो ।

कृषि र पर्यटन प्रबद्र्धनमा जोड

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अरुणकुमार शर्मा, श्रीमन न्यौपाने र नवराज सुवेदीले नगरको सोच र सम्भावनाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाहरुले नगरको आर्थिक, सामाजिक विकास कृषि, उद्यम र पर्यटनमै रहेको निष्कर्षसहितको कार्यपत्र प्रस्तुत गर्नुभयो । नगरको सामाजिक, आर्थिक, सांस्कृतिक विकासमा पक्ष विपक्ष हुन नहुने कार्यपत्रको निष्कर्ष रहेको छ । कृषिकै माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख छ । कृषिकै माध्यमबाट उद्यम, रोजगारी सिर्जना हुने भन्दै खण्डीकरण रोक्दै भू–उपयोग नीति कार्यान्वयनमा जोड दिइएको छ । साथै नगरमा प्राकृतिक, सांस्कृतिक र कृत्रिम सम्पदाहरु प्रशस्तै रहेको भन्दै ती क्षेत्रलाई पर्यटनस“ग जोड्न आवश्यक रहेको उल्लेख गरिएको छ । पर्यटकीय कार्यपत्र माथि टिप्पणी गर्दै प्राध्यापक डा. शिवकुमार सुवेदीले इच्छाशक्ति र योजना भए नगरको चौतर्फी विकासमा समय धेरै नलाग्ने बताउनुभयो । कृषिलाई व्यावसायिक, उद्यमको स्थापना र पर्यटनको पूर्वाधार तयारीका योजनालाई नगरले प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा राष्ट्रियसभा सदस्य अनिता देवकोटा र प्रदेशसभा सदस्य अमरबहादुर डा“गीले चौतर्फी विकासका लागि नगरले प्राथमिकताको आधारमा योजना बनाउनुपर्ने बताउनुभयो । स्थानीय तहले नै सन्तुलित विकासको अवधारणालाई पहिचान गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा क्षेत्र नं. २ का इञ्चार्ज लक्ष्मण आचार्य, नेपाली कांग्रेसका उपसभापति कमानसिंह भारती, नागरिक समाजका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले नगरको विकासमा साझा सोच र कार्यगत एकता आवश्यक रहेको बताउनुभयो । नगरका उपप्रमुख सीता सिग्देल न्यौपानेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सिनियर डिभिजन इञ्जिनियर युवराज पौडेलले गर्नुभएको थियो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top