Free songs
Home / अन्तर्वार्ता / सर्च एण्ड डिस्ट्रोयले नै डेंगुबाट बच्न सकिन्छ

सर्च एण्ड डिस्ट्रोयले नै डेंगुबाट बच्न सकिन्छ

 कमल चन्द
डेंगु रोग नियन्त्रण कार्यक्रमका फोकलपर्सन जिल्ला जनस्वास्थ्य कार्यालय, दाङ

पूर्वी नेपालमा केही महिना अघिदेखि फैलिएको डेंगु अहिले दाङमा पनि फैलिएको छ। पछिल्लो एक महिनामा एकसय चारजनामा डेंगुको संक्रमण देखिएको छ। धेरैजना उपचारपछि घर फर्किसकेका छन भने केही मात्रै अस्पतालमा उपचारार्थ छन्। डेंगुको विरुद्ध औषधि छैन तर त्यसलाई उपचारकै माध्यमबाट सञ्चो गर्न सकिन्छ। डेंगुको समस्या, उपचार र बच्ने उपायका विषयमा जिल्ला जनस्वास्थ्य कार्यालयका डेंगुरोग नियन्त्रण कार्यक्रमका फोकलपर्सन कमल चन्दस“ग युगबोधकर्मी जे.एन.सागरले गर्नुभएको कुराकानीको सारसंक्षेप यहा“ प्रस्तुत गरिएको छ। –सम्पादक

दाङमा डेंगुको अवस्था के छ ?

दाङ जिल्लामा एक सय चारजना विरामी हुनुहुन्छ। त्यसमा ५९ पुरुष र ४५ जना महिलामा डेंगुको संक्रमण देखिएको हो। संक्रमणको क्रम दिनानुदिन बढिरहेको थियो। एक दुईदिन यता विरामी थपिएका छैनन्। रोकिएको अवस्था भने छैन।

कुन क्षेत्रमा बढी संक्रमण देखिन्छ ?

जोखिम त दाङका सबै क्षेत्रमा छ। जिल्लाका सबै पालिकाबाट बिरामी आएको पाइएको छ। विशेषगरी तुलसीपुर र घोराहीउपमहानगरपालिका अलि बढी जोखिममा देखिन्छन्। घोराहीको तुलनामा तुलसीपुरमा धेरै बिरामी छन्। डेंगु रोग पनि गाउ“मा भन्दा शहरमै अलि बढी देखिने गरेको छ। जनघनत्व बढी भएको र डेंगुका गतिविधि गर्ने सहज क्षेत्र शहर भएकाले पनि जिल्लाका अरु क्षेत्रभन्दा घोराही,तुलसीपुरलगायतका शहर बजारक्षेत्र बढी जोखिममा छन्।

शहरमा संक्रमण बढ्नुको कारण के छ त्यस्तो ?

शहरहरुमा कृत्रिम भा“डाकु“डा तथा खाडलहरु जस्तै गमला, एसी, कुलर, पानी ट्यांकी, टायर, कवाडीका सामग्री आदि हुन्छन। जसमा सफा पानी जम्ने गरेको प्रशस्तै भेटिन्छ। घना वस्ती, मान्छेको आवागमनको चाप पनि धेरै हुन्छ। गाडी मोटरको चाप पनि त्यहीं हुन्छ। लामखुट्टेलाई बस्नका लागि उचित ठाउ“ भनेको सफा पानी जम्ने कृत्रिम ठाउहरु गाउको तुलनामा शहरमा धेरै हुने भएकाले लामखुट्टेको प्रजनन तथा उत्पादन पनि धेरै हुन्छ र त्यसले स्वाभाविकरुपमा सक्रमणलाई पनि बढाउदै जान्छ।

संक्रमण नघट्ने भयो उसो भए ?

सचेतनाका कार्यक्रम भएका छन्। नागरिक सचेत हुने क्रम बढेको छ। डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ भन्ने कुराको चेतना आमनागरिकसम्म पुगेको छ। सतर्कता बढेको छ तर मौसमले चुनौती थपिरहेको छ। पानी परिरहेको छ। मानव निर्मित खाडलहरु, निर्माणका क्षेत्रहरुलगायतमा पानी जम्ने स्थिति त अझै छ। यसले चुनौती घटाएको छैन झन बढाएकै छ। तर हामी सबै सचेतनामा लागिरहेकाले थोरै कम भएको छ। यद्यपि कम भयो भनेर ढुक्क भएर बस्ने अवस्था भने छैन। डेंगुका विरामीहरु त मंसिरसम्म पनि देखिनसक्छन्।

चिसो मौसममा लामखुट्टे हट्छन् तर डेंगु कसरी रहन्छ त ?

साधारणतयाः चिसो बढेपछि लामखुट्टे हराउ“छन् नै। तर पछिल्लो समय लामखुट्टेले आफूलाई समयानुकूल बनाइसकेको छ। उसले चिसोमा पनि कसरी बा“च्ने भन्ने हिसावले जिनको विकास गरिसकेकाले लामखुट्टेले चिसोलाई पचाउन थालिसकेको छ। मंसिरमा चिसो त धेरै हुन्छ तर अहिलेजस्तो धेरै होइन कि फाटफूटरुपमा डेंगु देखिन सक्छ।

नियन्त्रण बाहिर गएको त छैन नि डेंगु ?

छैन, छैन। नियन्त्रणका लागि हरेक क्षेत्रबाट प्रयास भइरहेको छ। एउटै ठाउबाट विरामी आएको देखिदैन। विभिन्न क्षेत्रबाट बिरामी आउने गरेका छन्। नियन्त्रणउन्मुख छ। मलाई लाग्छ सबैको प्रयासले छिट्टै नियन्त्रण हुनेछ। हामीले कति काम गर्छौं भन्ने हो। सबैले आ–आफ्नो ठाउ“मा पानी जम्ने ठाउ“ नष्ट गर्ने, सरसफाइमा ध्यान दियौं भने नियन्त्रण हुन्छ । बोलेर मात्रै रोग नियन्त्रण हुदैन।

स्प्रे गर्न सकिदैन ?

लामखुट्टे मार्नका लागि स्प्रे गरेको पनि ठाउ ठाउमा देखियो। तर स्प्रे गर्ने काम निशाना एकातिर तीर अर्कोतिर जस्तै हो। स्प्रे गरेर डेंगु नियन्त्रण हु“दैन। बरु यसले वातावरण प्रदूषणबाहेक केही हुदैन। स्प्रे गर्नुभन्दा लामखुट्टेका लार्भा पत्ता लगाउने र नष्ट गर्ने काममा सबै लाग्यौं भने डेंगु नियन्त्रण सजिलै हुन्छ। डेंगु नियन्त्रणको अचूक उपाय भनेकै लार्भा सर्च एण्ड डिस्ट्रोय नै हो।

कस्तो अवस्थालाई डेंगु भनिन्छ ?

हामीले बुझ्ने कुरा के हो भने ७५ देखि ९० प्रतिशतमा डेंगुका भाइरस देखा पर्दैनन्। उनीहरुमा डेंगुको संक्रमण भए पनि चिन्ह वा संकेत देखिदैन। जसलाई हामीले सुसुप्त अवस्थाको डेंगु भन्छौं। जुन मान्छेमा भएको प्रतिरक्षात्मक शक्तिले डेंगुको भाइरसलाई जित्न दिदैन।

त्यस्तै १० देखि २५ प्रतिशत बिरामीमा सामान्य किसिमको ज्वरो देखिने, टाउको दुख्ने अन्य भाइरल फिवरहरुमा जस्तो लक्षण देखापर्छ ।

त्यस्तै खालका लक्षणहरु देखापर्छन्। र केही थोरै बिरामीहरुमा विशिष्ट खालका लक्षणहरु जस्तो ज्वरो आउने, गिजाबाट रगत बग्ने, शरीरमा राता–राता विविरा आउने, काला टाटाहरु देखापर्ने चाहि“ थोरै भन्दा थोरै बिरामीहरुमा आउने गर्छ। तपाइ“ हामीले बुझ्नुपर्ने कुरा के हो भने शरीरभित्र डेंगुका भाइरस पस्दैमा मान्छेलाई डेंगु हु“दैन। डेंगु हुनका लागि मानिसमा हुने प्रतिरक्षा शक्ति र भाइरसको संख्या आदिले निर्धारण गर्छ। जुन सुसुप्त अवस्थामा रहने डेंगुको उपचार आवश्यक पर्दैन। तर ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, आ“खाको गेडीको पछाडिको भाग दुख्ने, वान्ता हुनेखालको डेंगु जसलाई हामी डेंगु फिवर भन्छौं। यसको उपचार गर्नुपर्छ। दाङमा देखिएको डेंगु यही हो। अर्को थोरै मान्छेमा हुने जसले रगत बग्नेलगायतको समस्या ल्याउछ त्यस्तो डेंगु दाङमा छैन।

डेंगु फिवर भइहाले के गर्ने त ?

प्रशस्त मात्रामा झोलिलो कुरा खाने । सिटामोल खाने । धेरै आराम गर्ने । चिकित्सकको निगरानीमा रहने हो भने डराउनु
पर्दैन । सजिलै सञ्चो हुन्छ।

डेंगु लागे उपचार नै हुदैन भन्दिनुभयो तपाइहरुले, मान्छेहरु त्रसित छन् नि ?

गलत प्रचार बढी भयो। हामीले पनि आमनागरिकलाई बुझाउन सकेनौं कि जस्तो लाग्छ। तर बाहिर हल्ला भएजस्तो समस्या होइन। एउटा उदाहरण दिन्छु म, हामीलाई रुघा लाग्दा त्यसको के औषधि हुन्छ त ? रुघाको औषधि त छैन नि। तर पनि हामी रुघा लाग्दा तातो पानी खान्छौं, सिटामोल खान्छौं। आराम गर्छौं र हाम्रो शरीरमा भएको प्रतिरक्षा शक्तिले रुघाका भाइरसहरुलाई मार्दै जान्छ र हामी सञ्चो हुन्छौं।

डेंगुको पनि ठ्याक्कै त्यस्तै हो। डेंगुको औषधि अहिलेसम्म बनेको छैन। त्यसैले डेंगुका भाइरसलाई हाम्रो शरीरमा भएको प्रतिरक्षा शक्तिले विस्तारै दबाउ“दै गएपछि सञ्चो हुने हो। त्यसैले डेंगु लाग्दा आराम गर्नुप¥यो। ज्वरो आएको छ भने सिटामोल खानुप¥यो। झोलिलो खानेकुरा खानुप¥यो। चिकित्सकको सम्पर्कमा रहिराख्नुप¥यो। त्यसैले डेंगु हुदैमा अस्पतालमा भर्ना हुनैपर्ने, डेंगु ह“ुदैमा मरिहाल्ने, डेंगु लागे त्रसित हुनुपर्ने अवस्था छैन हुदैन।

दाङमा एकजनाको ज्यानै गइसक्यो भन्ने सुनिन्छ । कस्तो अवस्थामा ज्यान जाने खतरा हुन्छ ?

होइन, होइन। डेंगु लागेर दाङमा कुनै पनि बिरामीको मृत्यु भएको छैन। मिडियामा जसलाई डेंगुको कारणले मृत्यु भएको भनिएको छ, त्यो होइन। हामीले डाक्टरको रिपोर्ट हेरेका छौं। उहालाई मुटुको समस्या थियो। मुटुकै समस्याका कारण मृत्यु भएको हो। ज्यान जाने अवस्था भनेको बिरामीहरु जसलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने हुन्छ। रगत चढाउनुपर्छ। यस्ता विरामीहरु पनि सञ्चो भएर जानुहुन्छ तर समयमा आइसियुमा राख्न सकिएन भने, रगत दिन सकिएन भने ज्यान जाने खतरा हुन्छ। एकसयमा दुई दुइजनामा त्यस्तो समस्या आउनसक्छ। दाङमा त्यस्ता विरामी देखिएका छैनन्।

त्यस्ता बिरामी आए दाङमै उपचार सम्भव छ ?

त्यस्तो अवस्था आएकै छैन। सामान्य खालका बिरामी हुनुहुन्छ। उहा“हरु सबैको जिल्लामै उपचार सहजरुपमा भइरहेको छ तर प्लाज्मा दिनुपर्ने अवस्थामा भने नेपालगञ्ज वा बुटवल जानुपर्छ। त्यो प्रविधि यहा“ छैन।

एकसय चारमध्ये सबै अस्पतालमा हुनुहुन्छ ?

होइन। घरमै हुनुहुन्छ। धेरैजसो फर्किसक्नु भएको छ। उहाहरु चिकित्सकको सम्पर्कमा हुनुहुन्छ। फलोअपमा आउनुहुन्छ।

डेंगु लाग्नै नदिन के गर्ने ?

हामीले घरमा, घर वरिपरि भा“डाकु“डामा पानी जम्न नदिने काम गर्न सक्यौं भने डेंगुबाट जोगिन सकिन्छ। हामीले त्यस्ता भा“डाकु“डा नष्ट गर्न सकेनौं भने डेंगुको जोखिमबाट मुक्त हुनसक्दैनौं। डेंगु सार्ने लामखुटटेको लार्भालाई हामीले चिन्न सकेनौं, लार्भालाई नष्ट गरेनौं भने हावाको भरमा अरु अरु काम गर्ने, बरालिने काम ग¥यौं भने डेंगु नियन्त्रण हुनसक्दैन। हामीले गर्ने भनेको डेंगु सार्ने लामखट्टेको लार्भा पत्ता लगाउने र नष्ट गर्ने नै हो। त्यसका लागि पानी जम्ने सबैखाले वस्तुहरु हटाउने हो।

उन्मूलनको प्रयास सरकारीस्तरबाट के भयो त ?

स्थानीय सरकारबाट सचेतनाका काम भएका छन्। लामखुट्टेका लार्भा सर्च एण्ड डिस्ट्रोयको काम भइरहेको छ। वडा वडामा सचेतनाका कार्यक्रम भइरहेका छन्। कतै कतै स्प्रे गर्न दबाब आएको छ स्वास्थ्यकर्मीहरुलाई तर स्पे्र गरेर स्रोतको क्षति गर्ने काम कसैले गर्नुहुदैन। स्प्रे गरेर डेंगु नियन्त्रण ह“ुदैन। हामी पनि लागेकै छौ। हामीले प्राविधिकरुपमा सहयोग गर्ने काम गरिरहेका छौं। मलाई के लाग्छ भने अरुले गरिदेला र डेंगु नियन्त्रण होला अनि ज्यान बचाउन सकिएला भन्ने कसैमा हुनुहु“दैन। अरुले गरिदिएर डेंगुबाट बच्न सकिदैन। बच्ने हो भने आफैले उपाय लगाउनुपर्छ। आफनो घर, समाज वरपर, घरभित्रका पानी जम्ने सबैखाले संरचना हटाऔं। त्यसतर्फ सबै लागौं। त्यसले मात्रै डेंगुबाट जोगिन मद्दत गर्छ।

 

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top