Free songs
Home / विचार / चोखो विचार, चोखो कमाइ हाम्रो लोकगणतन्त्रको मूल आधार

चोखो विचार, चोखो कमाइ हाम्रो लोकगणतन्त्रको मूल आधार

नारायणप्रसाद शर्मा

मानव जातिको दौडको इतिहास हजारौं वर्ष पुरानो छ। शुरुको जंगल र नदी किनारमा बस्ने मान्छे र आजको एक्काइसौं शताब्दीको मान्छे एवं उसले गरेको विकासको अध्ययन गर्दा दंगदास नहुने को होला र ? यो विकासलाई दुई प्रकारले हेर्न सकिन्छ। एउटा बाहिर देखिने भौतिक विकास अर्को मानवजातिको आन्तरिक विकास। एउटा सानो उदारण– मानिसले आगो बाल्न सिक्यो। बाहिर उज्यालो भयो। मान्छेभित्र पनि तातो छ। भित्रबाट तातो सास आउछ। त्यही तातोले हामीले खाएको खाना पचाउन मद्दत गर्छ। यो भित्रको आगो भयो। बाहिरको आगो देख्नेले भित्रको आगो पनि देख्न जान्नु पर्दैन र ? बाहिरको विकासलाई भौतिक विकास भनिन्छ। भित्रको विकासलाई मानसिक वा आन्तरिक विकास भनिन्छ।

संसारका जानकारले के सिद्ध गरेका छन् भने जाति, धर्म, हैसियत, शिक्षा आदिले मानव जति–जति फरक देखिए पनि उसको मूल आकांक्षा भने एउटै छ। त्यो हो समृद्धि र आनन्दको चाहना। सबैलाई त्यही चाहिएको छ। कोही मान्छे बाहिर सुखी छन् तर भित्र दुःखी छन्। त्यस्तै केही भित्र सुखी छन् तर बाहिर दुःखी छन्। कोही तनका दुःखी, कोही मनका दुःखी। तन र मन दुबै दृष्टिले सुखी मान्छे भेटाउन निकै गाह्रो छ। कसैले तनलाई बढी महत्व दिन्छन्। तन र मनलाई बराबर महत्व नदिदा संसारैभरि सन्तुलित विकास हुन सकेको छैन। झट्ट हेर्दा देखिने कुरा के हो भने युरोप, अमेरिका आदि पश्चिमी देशका मानिसहरुले मनग्य भौतिक विकास गरे। पूर्वका देशहरु विज्ञानको क्षेत्रमा अथवा भौतिक विकासको क्षेत्रमा पछि परे।

पूर्वमा बढी ज्ञानको चर्चा भयो। पश्चिममा विज्ञानको चर्चा बढी भयो। भनौं न पश्चिमले हवाइ जहाज उत्पादन गरेर उडाएर समेत देखाइदियो। पूर्वले मनको मात्र उडान ग¥यो हामी पुष्पक विमानका कुरा कितावमा त पढ्छौं तर त्यो प्रविधि पूर्वमा रहेन। आगो त हाम्रो शरीरभित्र पनि थियो तर बिजुली बाल्ने कला पश्चिमबाटै सिकिराखेका छौं। कहिले काहीं त कस्तो लाग्छ भने नेपालीहरु भौतिक र मानसिक दुबै विकासमा पछि परेका छन्। हामीले प्रजातन्त्र, समाजवाद र साम्यवाद सातसालदेखि पढ्न थालेको हो। पछिल्ला वर्षहरुमा हामी लोकगणतन्त्रमा आइपुगेका छौं। सैद्धान्तिक र वैचारिक दुबै दृष्टिले यो ठूलो छलाङ हो। तर यो छलाङ बाहिर–बाहिर मात्रै हो कि भित्र अन्तस्करसम्म
हो ? लोकतन्त्र र निरंकुशतन्त्रको भित्री बाहिर स्पष्ट फरक के हो ? सोच्ने कति छन् ?

राणातन्त्र र निर्दलीय पञ्चायतमा राजनीतिक स्वतन्त्रता थिएन। अहिले बोल्न, लेख्न, संगठन गर्न र आलोचना गर्न सबै स्वतन्त्र छन्। मीठा कुरा गर्न सबैले जानेकै छन्। तर आफ्नै हाम्रो व्यवहार, चालचलन, आनीबानी, आचरण कस्तो छ ?

यसबारे कतिले सोचेका छौं ? यहा“ हासिल गरिएका अधिकार पनि खोसिएका छन्। मुस्किल मुस्किलले अधिकार लिने कुरामा नेपालीहरु मिलेका पनि देखिएका छन्। तर अधिकार पाइसकेपछि झगडा शुरु भएका छन्। भागबण्डा मिल्दैन। तानातान छ। विभाजन छ। यो के हो मलाई बुझ्न गाह्रो भएझैं सबैलाई गाह्रो परेको होला भन्ने ठान्छु म।

हिजो ज्यान हत्केलामा राखेर सहिद हुन तयार हुनेहरु आज किन अर्कै अर्कै जस्ता लाग्छन् ह ? हिजो अस्ति सबै जनताका लागि भन्नेहरु आज किन आफ्ना लागि भिड्न थाले ? यही गएको सोमवार घोराहीमा माओवादी जनयुद्धकालमा पश्चिम नेपालको नेतृत्व समालेका पोष्टबहादुर बोगटीको सम्झना गरियो। जनताका लागि जीवन उत्सर्ग गरेका सरल, सहज दृढचरित्रका त्यागी नेता भनेर मुरी–मुरी प्रशंसा गरियो। मन्त्री हु“दा मैले देखेका बोगटी सामान्य जीवन उच्च विचारका धनी जस्तो लागेको थियो। आज पद प्रतिष्ठा र सुविधा मोहको हानथाप देख्दा मुलुुक कता हाकिदैछ भनेर चिन्ता लाग्नु स्वाभाविक भएको छ। यो हानथाप तलभन्दा माथि चर्को छ जस्तो लाग्छ।

लोकगणतन्त्र ल्याउनमा ऐतिहासिक भूमिका निर्वाह गरेका कांग्रेस र कम्युनिष्टभित्रै चर्को गुटबन्दी देख्दा सत्तास्वार्थले मान्छेलाई कति तलसम्म खसाल्ने रहेछ ? अन्यत्र खोज्न जानै परेन। पद पाएका अगुवाहरुको हैसियत जुनढंगले बढेको छ सामान्य जनताको जीवन त्यो भन्दा धेरै तल छ।

मेरो जिन्दगीको अनुभवको निचोड छ– यो सारा गडबडीको मूल कारण मन, बचन र कर्म एउटै नहुनु हो। जुन–जुन बेला मन, विचार कर्म मिल्यो मुलुक अगाडि बढ्यो। जब जब पद प्रतिष्ठा र सत्ताको मोह जाग्यो तब तब मुलुकले दुःख पायो। अनेक अनर्थ हुन लागे। ठूला राजनीतिक दल कहलाएका  कांग्रेस र कम्युनिष्ट सांगठनिक हिसाबले जस्तो हुनुपथ्र्यो त्यस्ता छैनन्। अनुशासन, सिद्धान्त र निष्ठा चरित्र
कमजोर छ। मुलुकलाई कसरी अगाडि बढाउने भन्दा आफ्नो स्थिति मजबुत पार्ने ध्याउन्न छ। मैले राजनीति सिक्ने बेलाको एउटा जिज्ञासा अझै शान्त भएको छैन। नेताले जनता निर्माण गर्ने कि जनताले नेता निर्माण गर्ने सवालमा म अझै स्पष्ट भइसकेको भनी दाबी गर्न सक्दैन। एउटा पत्रकार कविको कविता कतै पढेको थिए“– यहा“ बुद्ध जन्माउनुपर्छ, लेनिन जन्माउनृुपर्छ, गान्धी जन्माउनुपर्छ यस्तै यस्तै।

भोगाइमा हेर्दा गान्धी, लेनिन, मण्डेला आदि नेताहरु भूइ“फुट्टा भएर निस्केका हैनन्। परिस्थिति र वातावरणले नेता जन्माउने हो। त्यो परिस्थिति र वातावरणभित्र बाबु, आमा, समाज सबै पर्छन्। त्यसैले भन्न सकिन्छ जनताभित्रैबाट नेता जन्मने हो। अर्थात जनताले नै नेता बनाउने हो। पक्ष विपक्षमा लागेर नेताहरुलाई एकहोरो सराप्ने मात्र हैन असल आमा जस्तै जनता पनि बन्न सक्नुपर्छ। आफूले केही पाएन नेतालाई सराप्न थाल्यो। केही पायो प्रशंसाका पुल बा“ध्यो। के हामी नेपालीहरुको चरित्र बिग्रेको हो ? त्यसैले नेपालमा लोकतन्त्र आउने र फर्किने गरेको छ। सात सालदेखि आजसम्म हामी यही रनभुल्लामा छौं।

वीपी र मातृकाको फेरो समाएदेखि देउवा र रामचन्द्रको फेरो समाउ“दै तिनीहरुलाई मात्रै दोष दिएर पुग्दैन। आफ्नो अनुहार पनि हेर्न सक्नुपर्छ। नेकपा (नेपाली कम्युनिष्ट पार्टी) बनिसकेर यत्रो बहुमतका सरकार बने पनि पार्टीभित्र भावनात्मक एकता बन्न नसक्नुमा नेताहरुमात्र हैन त्यसभित्रका लोभीपापी सबै दोषी छैनन् र ?
समग्रमा देश गुनाको भेष भने झैं जस्ता जनता उस्तै नेता। दायित्वबाट कसैले भाग्न मिल्दैन। पार्टी एकीकरण भइसक्दा पनि अलग–अलग गुटउपगुट चुला चौका किन ? अझै संगठनात्मक संरचना पूरा किन हुन सकेको छैन ? यसैले गर्दा सुखी र समृद्ध नेपाल बनाउन सुशासन स्थापित हुन सकेको छैन। भ्रष्टाचारको जहर किन व्यापक छ ?

घुमिफिरी एकै ठाउ“मा भनेझैं हाम्रो मन बचन र कर्मबीच ठूलो विभेद छ। हामी बाहिर–बाहिर छाम्छौ किन्तु भित्री मन छाम्न सक्दैनौं। सबैतिर पुरानो स्वार्थी संस्कार कायम छ। उहिले फ्रान्समा ठूलो राज्य क्रान्ति भयो। स्वतन्त्रता, समानता र मातृत्वको नारा लाग्यो। संसार हल्लाउने त्यो क्रान्तिपछि पनि मान्छेको संस्कार फेरिएन, चरित्र फेरिएन। भौतिक विकास त थुप्रै भयो विश्वमा विकृति पनि त्यत्तिकै मौलायो। मान्छेभित्रको मानवीय उदात्तता न जागेसम्म मन बचन कर्म एउटै नबनेसम्म सोचे जस्तो हु“दैन। मान्छेभित्रको ठूलो खोट सच्चरित्रको निर्माण हुन नसक्नुमा छ। यो चरित्र निर्माणको कुरा जादूको छडी हैन। यसको लामो प्रक्रिया छ। यसभित्र पनि अन्तद्र्वन्द्व छ।
भनिन्छ सत्य र असत्यबीचको लडाइ“ अनन्तकालदेखि चल्दै आएको छ। घुमिफिरी आखिरमा सत्यको विजय भएको छ। नेपालमा लोकतन्त्रको विजय सत्यकै विजय हो । स्वतन्त्रता समानता र मातृत्वकै विजय हो। लोकतन्त्रको विरुवा रोपिनु सत्यको विजय हो।

मानवताको विजय हो। त्यसलाई फुलाउन फलाउन नसक्नु मानवताको हार हो। परिवर्तनकारी शक्तिको असफलता हो। मानव जातिको इतिहास उत्थान र पतनले भरिएको छ। तर हरेक चरणपछि विकासलाई रोक्न कसैले सकेको छैन। हरेक युगमा असल मान्छे पनि जन्मेका छन्। तीनले मुलुकलाई अगाडि डो¥याएका छन्। हामी असल खोजौं । इतिहासको हरेक कालखण्डमा नैतिक प्रश्न उठ्छन्, चरित्र निर्माणका प्रश्न उठ्छन्, नियतका प्रश्न उठ्छन्। बहादुर अगाडि बढ्छन्। नैतिक उत्थान गर्छन् चरित्र निर्माण गर्छन् नियत सफा राख्छन् कायरहरु भाग्छन्।

नेपाली बहादुरहरुले पनि धेरै गरेका छन्। निरंकुशतालाई चिर्दै लोकतन्त्रको उज्यालोसम्म आइपुगेका छन्। लोकतन्त्रको बाह्य कलेवर भौतिक विकास हो भने तदनुकूल चरित्र निर्माण भित्री विकास। भित्र र बाहिर एकाकार भएपछि मात्र समग्र विकास हुन्छ। नेपालीहरुको म भित्रको पुरानो एक्लै म भन्ने संस्कार लोकतान्त्रिक संस्कारसग मेल खादैन। त्यसैले लोकतान्त्रिक चरित्र निर्माणको प्रश्न अहं प्रश्न हो। त्यसको जवाफ हामीभित्रैबाट आउ“छ। हाम्रो प्राचीन संस्कार यस्तो छ– आत्मन ः प्रतिकूलानि परेषां न समाचरेत् अर्थात जे कुराले आफूलाई पिरोल्छ प्रतिकूल लाग्छ अर्कालाई पनि त्यस्तै लाग्छ। यसैभित्र मानव दर्शनको प्रचुर झल्को छ। त्यो पुरानो दर्शनको मुख्य सार यही हो। बुद्धले यसैलाई (भ्लष्निजतभलmभलत) स्वानुभूतिजन्य अन्तर्वोध भनेका छन्। बुद्धको मध्यममार्ग ज्ञान विज्ञानको समिश्रण हो । भित्र र बाहिरको योग हो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top