Free songs
Home / समाचार / संक्षिप्त समाचार / १८ करोड हिनामिनामा दुई कर्मचारी पक्राउ

१८ करोड हिनामिनामा दुई कर्मचारी पक्राउ

घोराही, (युस)– तत्कालीन वेष्टर्न डेभलपमेन्ट बैंक नारायणपुर शाखाबाट भएको झण्डै १८ करोड रुपैया“ हिनामिनामा संलग्न भएको आरोपमा दुईजना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले बैंकका नारायणपुर शाखाका लोन प्रमुख पोषण जैशी र तत्कालीन वेष्टर्न बैंक केन्द्रीय कार्यालय घोराहीका कम्पनी सचिव अनिल न्यौपानेलाई नियन्त्रणमा लिएको हो। पक्राउसगै प्रहरीले उच्च अदालत तुलसीपुरको वाणिज्य इजलास नेपालगञ्जबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

बैंकको १७ करोड ९९ लाख ९० हजार रुपैया“ हिनामिना गरेको अभियोगमा शाखा प्रमुख समिर बुढाथोकीसहित ११ जना खातावालालाई पक्राउ गरेको थियो। तीमध्य तीनजना खातावालाहरु निर्दोष देखिएपछि छुटेका छन्। दुई लाख रुपैया“सम्म मात्रै लोन दिन सक्ने अधिकार भएका शाखा प्रमुखले झण्डै १८ करोड रकम हिनामिना गरेपछि तत्कालीन केन्द्रीय कार्यालयका कर्मचारीमाथि अनुसन्धान अगाडि बढाइएको हो। नक्कली कागजपत्र तयार पारी सेवाग्राहीको खाता प्रयोग गरी रकम हिनामिना गरेको देखिएको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top