Free songs
Home / विचार / हैरान र लखतरान

हैरान र लखतरान

नारायणप्रसाद पौडेल

समाजोत्थान हुदैछ कि पतनोन्मुख हो बुझ्न गाह्रो भयो। अधिकार खोज्दा कर्तव्य पालन गर्न नपर्ने भएपछि जे गरे पनि र जे भने पनि हुदोरहेछ। एकातिर भएन र गरेनन् भन्ने, अर्कोतिर आफूले चाहि“ पटक्कै केही नगर्ने, अरुले नै सबैथोक गरिदिनुपर्ने भन्ने जुन रोग पस्यो र बस्यो समाजमा, बिगा¥यो त्यसैले। आफूले दायित्व नलिने, मेरो पनि जिम्मेवारी हो र गर्नुपर्छ भन्ने नठान्ने, खाली अरुलाई मात्रै दोषी देख्ने हाम्रो चश्मा विद्वेषको विष भयो। यो विष यति धेरै फैलियो कि घर–घरमा झगडा छ। हरेक परिवारमा मेलमिलाप छैन, लफडा छ। बाबु–आमा, छोरा–छोरी सासु–बुहारी, देवरानी–जेठानी, दाजु–बहिनी, दिदी–भाइ, दाजु–भाइ, छर–छिमेकी कसैले कसैको इज्जत गर्दैन, मान प्रतिष्ठा राख्दैन। जातीय, वर्गीय, भाषिक, लैङ्गिक, भौगोलिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, धार्मिक र सामाजिक सम्बन्ध पुरै बिग्य्रो, भत्क्यो। विखण्डन र विग्रहको समय नजिकै आइसक्यो। सम्हाल्न धेरै गाह्रो हुने अवस्था छ। विकृति र विसंगतिले खाइसक्यो। परिवार र समाज सुधारकको अभाव खट्क्यो। अराजक र अनियन्त्रित भयो मान्छे, भड्क्यो। संविधान र कानुनका डण्डाले मात्र काबुमा राख्न सकिन्न अब।

जता गयो उतै रिस, राग र द्वेषको आक्रोश मात्रै सुन्न, देख्न र भेट्न सकिन्छ। शान्त, सभ्य, शालीन संवाद, समर्पण, सहयात्रा र सहकार्यको कल्पना पनि नगरे हुने भयो अब। जुन कार्यक्रममा गए पनि, जहा“ सहभागी रहे पनि सुन्ने कुरा उनै र उस्तै छन्। यो भएन, त्यो भएन, सरकारले गरेन, हाम्रा पुर्खाले गरेनन्, जानेनन्, धर्मले दिएन, रोक्यो, बाटो छेक्यो, यस्तो हुनुपर्छ, त्यस्तो हुनुपर्छ, यस्तो गर्नुपर्छ, त्यस्तो गर्नुपर्छ मात्रै छ। मैले यति गर्छु, तिमीले त्यति पूरा गर। दुबै मिलेर यति गरौं, सबै जुटेर यसरी सपारौं, सुधारौं र सुध्रौं भन्ने र गर्ने आ“ट र छा“ट कतै देख्न पाइन्न। यस्तो भएपछि कहीं पनि गइन्न, पुगिन्न। सरकारले विपक्षी र विपक्षीले सरकारलाई जति सरापे पनि जहा“कोतहीं रहनुको कारण यही हो। हिजो यस्तै रह्यो, उस्तै छ आज र भोलि पनि हुने त्यही हो। फरक नपर्ने भयो। झन् धेरै बिग्रने भयो। पिता पूर्खाले जोगाएर राखेको जग भत्किन थाल्यो। जता गयो उतै ढाल्ने र सिध्याउने मात्रै कुरा छ, सम्हाल्ने कोही भेटिदैन। नया“ र राम्रो चाल चलनको शुरुवात हुने सम्भावना पनि देखिदैन। के हुन थालेको हो यो ?

सामुदायिक विद्यालयका विद्यार्थीले शिक्षकलाई टेर्न छाडे, शिक्षकले सञ्चालक समिति र अभिभावकलाई टेर्दैनन्, गन्दैनन्। राजनीतिको जस्तै महाविद्यालय र विश्वविद्यालयको विश्वास गुमेको छ र उस्तै गुमेको छ प्राध्यापन र प्रशासनको पनि। सुरक्षा निकाय र न्यायालयको पनि। असफललाई सफल र सफललाई असफल बनाउने चलनले विगारेको हो जताततै। परिवारभित्र पनि छोरा–छोरीले बाबु–आमालाई गन्न छाडे। गाउ“का घर कुर्नु र काल पर्खनुबाहेक बुढा–बुढीको काम छैन भन्न थाले। बाबु–आमाले छोरा–छोरीलाई अन्तरात्मैदेखि माया गर्छन् तर आफ्नै काबुमा राख्न खोजे सहन्नन् अचेलका सन्तानले। पतिले पत्नीलाई र पत्नीले पतिलाई गर्ने व्यवहार र सम्मानमा आत्मीयपन छैन। शंकाले लङ्का जलाउने गरेको छ। दलित र जनजातिले धर्म मान्ने कुरै भएन। बाहुन, क्षत्री, ठकुरी र केही जनजातिहरुभित्र मात्र रहलाजस्तो छ हिन्दूत्व। छैन अपनत्व र बन्धुत्व। खुलारुपमा धर्म परिवर्तन गर्ने चलन बढेको छ। अधर्म र पापले ढाकेको छ जताततै। पण्डितहरुको पुरेत्याइ“का लागि मात्रै कर्मकाण्ड था“ती राखिदिन तयार छैन समाज। पुराना संस्कार र परम्परा जति सबै प्रगतिका बाधक बने रे † परिमार्जन गरेर सुधार्नतिर कोही लाग्दैन। बरु अर्कैको नक्कल गर्न तयार हुनथाल्यो समाज। अक्कलबिनाको नक्कलले बिगारेको छ जताततै। अर्काको पछि लाग्दा हुने त्यही हो।

बैंक बनिदिनुपर्ने बाबु (पिता)। छोरा–छोरीका सबै चाहना पूरा गरिदिन चेक काट्दा बित्तिकै भुक्तानी गर्न सक्नुपर्ने। नत्र काम नलाग्ने र असक्षम बाबु भएकोले नानाथरि आरोपका बचन सुन्ने र सहने बानी बसाल्नुपर्ने। हजार दुःख सहेर र आफूले पाएका पीडा दबाएर पनि सन्तानका आवश्यकता पूरा गर्न सधै लागिपर्ने बाबुचाहि“ क्रूर शासक र शोषकको दर्जामा राखिन्छ र तदनुसारको व्यवहार गरिन्छ अचेल। आमालाई धाइआमाको काम गराउनका लागि मात्रै सम्झिइन्छ, खोजिन्छ। घरभित्रको काम गर्ने मान्छे नपाइने हुनाले रोजिन्छ। पति र पत्नीका सम्बन्ध प्राविधिक बनेका छन्। कतिपय महिला र पुरुषले आफ्नो शरीरको स्वामित्व आफ्नै हातमा रहेको र शारीरिक सम्पत्तिको सदुपयोग गर्ने विषय नितान्त निजी अधिकार (मामला) भएकोले समाजले औंला उठाउन नपाइने भन्न थालिसके। शारीरिक सम्बन्ध, गर्भधारण र गर्भपतन आवश्यकता र रुचिले निर्धारण गर्ने विषय भए। उत्तेजना र उन्मादले उमालेर पोखिएको भए सम्हाल्न मेरीस्टोप्सजस्ता संस्था खुले। घर घरमा परिवार नियोजनका अस्थायी साधन (गर्भनिरोधक) निःशुल्क र सःशुल्क पु¥याउने काम भने सबै ठाउ“मा भएको छ। सामाजिक र पारिवारिक बन्धन अस्वीकृत हुने जमाना आए। बंश र अंशका कुरा लोप हु“दैछन्, गरिदैछन् विस्तारै। सरकारले पनि त्यसैलाई प्रोत्साहन गर्दैछ शायद † कानुनका बन्धनले बाध्न गाह्रो भएको त पारिवारिक र सामाजिक बन्धन तोड्न सघाएकोले गर्दा हो। जो मान्छेलाई धर्म, संस्कृति, परिवार, समाज, संस्कार र परम्पराका बन्धनले बा“धेन, कसरी काबुमा राख्न सक्छ कानुनले ? सक्दैन। त्यसैले त बढ्दै गएको हो अपराध। हत्या र आत्महत्या।

सवल, सफल, स्वावलम्बी, स्वाधीन, आत्मनिर्भर, सहयोगी, समाजसेवी, सुधारक र अभियानकारी हुन नखोज्ने। कोही हुन थालेको भए, खिसी गरेर, झिज्याएर, जिस्क्याएर, गिज्याएर, इल्लीबिल्ली पारेर सताउने। खुट्टा तान्ने। कतै उक्लन नदिने। तलै राख्ने। तल परेकालाई पाएसम्म र सकेसम्म हेप्ने र चेप्ने, माथि पुगेको भए जल्ने, सराप्ने, झार्ने कोसिस गर्ने, बदनाम गराउने उपाय र अवसर खोज्ने। प्रविधिको प्रयोग गर्न खोज्ने र प्रविधिकै दास हुने। मोबाइलबाटै सबैथोक हुन्छ भन्ठान्ने। फेसबुक, ट्वीटर, टिक्टक्, युटुव आदि नै सबैथोक भएझै मान्ने। गुगलमा सर्च गरेपछि सबैथोक पाइन्छ, अरु किन चाहिन्छ भन्ने, मान्ने। पूर्खा, परम्परा, संस्कार र संस्कृतिको अपमान गर्ने।

आफूचाहि“ अन्तरीक्षबाट झरेकोजस्तो हुन खोज्ने, बन्ने। अनि जसको जति धेरै अपमान गर्छन्, उसैले उनीहरुका सबै आवश्यकताको परिपूर्ति गरिदिनु पर्ने रे † यस्तो पो आयो जमाना। भविष्यको के ठेगाना ? आफन्त नै बन्दै गए बिराना आफ्नै बाबु–आमालाई पाखे र गवार भन्ठान्नेले आफू उनैको सन्तान भएको भुसुक्कै बिर्सने, थाहा नपाउने। थाहा छैन कसरी हो जिन्दगी बिताउने, अ“ध्यारैमा हो तीर हान्ने र निसाना लगाउने। गुगलमा सर्च गरेर परिवार धान्ने र घर बसाउने उपाय खै कति हो आउने ? ध्वंशस“गै नवनिर्माणको बुद्धि र व्यवहार पनि आउने भए त राम्रै हुन्थ्यो। त्यस्तो देखिएन, भएन। धेरै भयो बिगारेको, भत्काएको तर कतै देखिदैन, भेटिदैन बनाएको, सपारेको र सुधारेको त। कुरा र गफ्ले त चन्द्रमामा वस्ती पनि बसाइसकियो तर काममा भँने वरको सिन्को पर सरेको छैन। बाबु बाजेका पौरखले आर्जेर बचाएर राखिदिएको सम्पत्ति बेचेर खान र उफ्रन मात्रै जान्ने, आफूले जोड्न र थप्न कत्ति पनि नसक्नेका फूर्ति कति सुन्नु ? पुर्खाहरुले आफ्नै पौरखले बनाएका थिए धेरै संरचना र संस्कृति। उत्तर दक्षिणस“ग युद्ध लडेर पनि धेरै जितेर जोगाएका थिए। कसैसग हात थापेनन्, झुकेनन्, चुकेनन्। छाती थापे बरु। इमानको मान राखे। त्यही बहादुरीको पनि खुद्रा र थोक थोकमा बिक्री भइरहेको छ अहिले चोक–चोकमा। पूर्खाका इमानको बखान गरेर थाकिदैन। तर आपूसग केही छैन। दाता खोज्दै, गुहार्दै, जम्ला हात जोर्दै, पुकार्दै। बँ“च्न र बा“च्नका लागि पनि छिमेकीस“ग थोत्रा थाल थाप्दा थाप्दै हैरान र लखतरान

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top