Free songs
Home / समाचार / संक्षिप्त समाचार / बोगटी प्रतिष्ठानको दाङ शाखा विस्तार

बोगटी प्रतिष्ठानको दाङ शाखा विस्तार

घोराही, (युस)– पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले दाङमा शाखा विस्तार गरेको छ। प्रतिष्ठानको यो पहिलो जिल्ला शाखा हो।
प्रतिष्ठान केन्द्रीय समितिले दाङमा शाखा विस्तार गर्दै पदाधिकारी र सदस्यहरु मनोनीत गरेको छ। जसअनुसार प्रतिष्ठानको अध्यक्षमा नरबहादुर अधिकारी, उपाध्यक्ष रमणकुमार शर्मा, सचिव नरेन्द्र केसी, कोषाध्यक्ष प्रमिता चौधरी, सदस्यहरु हुमा डिसी, मावधप्रसाद सुवेदी, खुशीराम चौधरी, तुलसीराम अधिकारी र हिरालाल चौधरी रहनुभएको छ।

यसैबीच शाखाको पहिलो बैठक मंगलवार बसेको छ। बैठकले शाखालाई जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता गर्ने, भदौ ३० गते बोगटी स्मृति सभा गर्ने, शाखाको कार्यालय घोराही–१७ मा स्थापना गर्ने र बोगटी स्मृति भवन निर्माणका लागि जग्गा खोजी गर्ने निर्णय गरेको छ। जग्गा खोजीका लागि उपाध्यक्ष रमणकुमार शर्माको संयोजकत्वमा हुमा डिसी र खुशीराम चौधरी सदस्य रहेको समिति पनि गठन गरेको छ।
समितिले दिएको प्रतिवेदनका आधारमा जग्गा प्राप्त गरी भवन निर्माणको काम शुरु गर्ने प्रतिष्ठानले जनाएको छ। त्यस्तै बैठकले भदौ ३० गते घोराही उपमहानगरपालिकाको सभाहलमा हुने बोगटी स्मृति सभामा उपस्थितिका लागि सबैलाई आह्वान गरेको छ। शाखा अध्यक्ष अधिकारीको अध्यक्षता र केन्द्रीय सदस्य निर्मल आचार्यको प्रमुख आतिथ्यतामा बैठक बसेको हो। नुवाकोट जन्म घर भए पनि पश्चिम नेपालमा केन्द्र बनाएर राजनीति गरेका बोगटी सरल र निष्ठावान नेता हुनुहुन्थ्यो। बोगटीको ६२ वर्षको उमेरमा २०७१ भदौ ३० गते ह्दयाघात र मष्तिष्कघातका कारण निधन भएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top