Free songs
Home / समाचार / संक्षिप्त समाचार / प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न रोक

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न रोक

प्युठान, (युस)– ऐरावती गाउपालिकाका अध्यक्ष नविलविक्रम शाहले प्रमुख प्रशासकीय अधिकृतको हाजिरीमा रोक लगाउनुभएको छ ।

सामाजिक विकास मन्त्रालय सुर्खेतबाट सरुवा तथा रमानापत्र लिई नया“ प्रमुख प्रशासकीय अधिकृतको रुपमा ऐरावती गाउ“पालिका आउनुभएका मनिराम खरालको हाजिरीमा रोक लगाउनुभएको हो। सरुवा भई सोमवार कार्यालयमा आउनुभएका खरालले दुईदिनसम्म हाजिर गर्न पाउनुभएको छैन।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा साउन १७ गतेको निर्णय अनुसार गाउ“पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनसेन ओलीको महाकाली नगरपालिका दार्चुलामा सरुवा भइसकेको छ। म.ले.प. र आ.ले.प.को कामकाज नसकिएकोले केही ढिलासम्म ओलीले कार्यालयमा काम गर्नुभएको थियो । ओलीको आधिकारिक सरुवा पत्र आफूकहा“ नआएकाले नया प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरीमा रोक लगाइएको गाउ“पालिकाका अध्यक्ष नविलविक्रम शाहले बताउनुभयो। ‘ओली सरको रमाना भएको छैन’– अध्यक्ष शाहले भन्नुभयो –‘नया“ले हाजिर हुन पाउ“ भनी निवेदन दिएका छैनन्।’

रमानापत्र अध्यक्षको कार्यकक्षमा पेश गरिसकेको तर उहाले नहेरेको प्रमुख प्रशासकीय अधिकृत खरालले बताउनुभयो। उहा“ले भन्नुभयो– ‘अध्यक्षले केही दिन छलफलपश्चात् निर्णयमा पुगांैला भन्नुभएको छ।’ तर गाउ“पालिकाका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले भने कर्मचारीको विषयमा जनप्रतिनिधिहरु मुछिन ठीक नहुने बताउनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top