Free songs
Home / समाचार / संक्षिप्त समाचार / दाङमा डेंगुका बिराम बढे:बजेट नहुँदा नियन्त्रणमा कठिनाइ

दाङमा डेंगुका बिराम बढे:बजेट नहुँदा नियन्त्रणमा कठिनाइ

 शरद रेग्मी

तुलसीपुर, दाङमा डेंगुका बिराम बढेका छन। दाङका प्रमुख शहरहरु घोराही र तुलसीपुर क्षेत्रमा बिरामीहरु बढी देखिएका छन्।
मंगलवारसम्म दाङमा १९ जना विरामीहरु फेला परेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ। कार्यालयका कार्यक्रम फोकलपर्शन कमल चन्दका अनुसार विरामीहरुको संख्या अझै बढ्ने सम्भावना रहेको बताउनुभयो। उहा“का अनुसार डेंगु रोग नियन्त्रण गर्न प्रदेश सरकारबाट कुनै पनि बजेट प्राप्त नहु“दा समस्या थपिएको बताउनुभयो।

दाङमा डेंगु रोगका विरामीहरु दिनानुदिन बढ्दै गएपछि स्थानीय निकायका जनप्रतिनिधिहरु रोग नियन्त्रण गर्न विभिन्न योजना सञ्चालन गर्न थालेका छन। तुलसीपुर, घोराही उपमहानगरपालिकालगायत गाउ“पालिकाहरुले समेत स्थानीय सञ्चार माध्यममा सार्वजनिक सूचना जारी गरेका छन् भने घर वरपर टोल र गाउ“हरुमा सरसफाइ अभियान सञ्चालन गर्न थालेका छन्।

तुलसीपुरस्थित राप्ती आ“खा अस्पतालले मंगलवार सरसफाइ अभियान तथा डेंगु रोग नियन्त्रण गर्न भन्दै किटनाशक औषधि अस्पताल परिसरमा छिटेको अस्पतालका प्रशासकीय अधिकृत किरण पौडेलले बताउनुभयो।

डेंगुका बिरामीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती लाइफ केयर हस्पिटल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top