Free songs
Home / समाचार / संक्षिप्त समाचार / डेंगु नियन्त्रण गर्न सचेतना ¥याली

डेंगु नियन्त्रण गर्न सचेतना ¥याली

घोराही,(युस)– फैलिदै गएको डेंगुको संक्रमण नियन्त्रण गर्न घोराही उपमहानगरमा अभियान थालिएको छ। उपमहानगरको स्वास्थ्य शाखाले मंगलवार लामखुट्टेको टोकाइबाट बचौं र नियन्त्रण गरौं भन्ने नाराका साथ सचेतना ¥याली निकालेको छ। ट्राफिकचोकबाट शुरु भएको सचेतनामूलक ¥यालीले बजार परिक्रमा गर्दै तुलसीपुर चोकमा पुगेर समापन गरिएको छ।

¥यालीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविका, प्रहरी, विद्यार्थी र आमा समूहका प्रतिनिधिहरुको सहभागिता थियो। डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बचौं, पानी जम्ने खाडलहरु पुरांै, खुलारुपमा पानी नराखौं, टायर, ट्यूबहरुमा पानी जम्न नदिऔं, घरका ढोका तथा झ्यालमा जाली लगाऔं, सुत्दा झुलको प्रयोग गरौं, सरसफाइमा ध्यान दिऔं र शरीर छोपिने गरी कपडा लगाऔं भन्ने नाराहरु लगाइएको थियो। वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले लामखुट्टेको टोकाइबाट बच्न र सरसफाइमा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो। यो भदौ महिनामा मात्रै घोराही उपमहानगर भित्र सातजनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिनुभयो। घोराही उपमहानगरले लामखुट्टेको वंश नै नाश गर्ने गरी ‘खोज अनि मार’ भन्ने अभियान चलाउन सबैलाई अपिल गरेको छ। लामखुट्टेस“गै अण्डा र लार्भा नष्ट गर्ने गरी अभियान शुरु भएको उहा“को भनाइ छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top