Free songs
Home / फिचर समाचार / झुट्टा आरोपप्रति महासंघको भत्र्सना

झुट्टा आरोपप्रति महासंघको भत्र्सना

युगबोध समाचारदाता

घोराही,  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रिपोर्टिङमा पुगेका सञ्चारकर्मीमाथि झुट्टा आरोप लगाउदै लेखेको कारवाही पत्रप्रति नेपाल पत्रकार महासंघ दाङले घोर भत्र्सना गरेको छ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको पत्रमा प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि भएको दुव्र्यवहारमा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुको संलग्नता भएको झुट्टा कुरा उल्लेख गर्दै प्रतिष्ठानले लेखेको कारवाहीको पत्रप्रति महासंघले भत्र्सना गरेको हो। महासंघले सोही दिन रिपोर्टिङका लागि प्रतिष्ठानमा पुगेका पत्रकाहरुमाथि प्रतिष्ठानका तर्फबाट संस्थागतरुपमा लगाएको झुटो आरोपको भत्र्सना गर्दै सो कार्य गर्ने माथि कारवाहीको माग राखेको छ।

महासंघका सचिव भुपेन्द्र ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘समाचार लेखेकै भरमा पत्रकारमाथि पूर्वाग्रह राखेर प्रतिष्ठानका तर्फबाट गरिएको यस्तो गलत हर्कतबाट आम सञ्चारकर्मीहरुलाई हतोत्साहित नहुन र पत्र लेख्ने र त्यसलाई
सामाजिक सञ्जालमा सार्वजनिक गरेर सञ्चारकर्मीहरुको सामाजिक तथा पेशागत मर्यादामा आच पु¥याउन खोज्ने प्रतिष्ठानका पदाधिकारी र कर्मचारी निशानदाजु भट्टराईमाथि कारवाहीको माग सम्बन्धित निकायसमक्ष गर्दछौं।’

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले प्रतिष्ठानबाट कारवाहीको पत्र आए पनि पत्रकारहरुको संलग्नता नदेखिएकोले नआत्तिन आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविपरीत गरिएका यस्ता गलत क्रियाकलापबिरुद्ध महासंघ कडारुपमा उत्रिने चेतावनी दिएको छ भने प्रतिष्ठानले गरेको कार्यबिरुद्धमा उभिन आमसञ्चारकर्मीहरु, पेशागत संघसंगठन र जनमुदायहरुलाई आग्रह गरिएको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top