Free songs
Home / विचार / चुनौतीहरुका बीचमा लोकतन्त्र

चुनौतीहरुका बीचमा लोकतन्त्र

डा.अमर गिरी

विश्वमा पछिल्ला दिनहरुमा लोकतन्त्रलाई लिएर अलि बढी चिन्ता व्यक्त गर्न थालिएको छ। पु“जीवादले सामना गर्नुपरेको संकट र यसको भविष्यका बारेमा पनि विमर्शहरु बाक्लिएका छन्। ‘इतिहासको अन्त्य’ भएको घोषणा गरेका फ्रान्सिस फुकियामा नै आज आफ्ना कैयौं विचारहरु माथि पुनर्विचार गर्नुपर्ने ठाउ“मा आइपुगेका छन्। कुनै बेला उदारवादी लोकतन्त्रलाई मानव जातिका निम्ति ‘अन्तिम सत्य’ ठान्ने उनीसमेत आज यसको भविष्यलाई लिएर आश्वस्त हुन सकेको देखिन्न। पु“जीवाद र उदारवादी लोकतन्त्रको विकल्प नदेख्ने कैयौं चिन्तकहरुमा आज यी दुवैलाई लिएर चिन्ता मात्र पाइन्न, कतै हामी एक अनिश्चित र डरलाग्दो भविष्यतर्फ जा“दै त छैनौं भन्ने भय पनि पाइन्छ। उदारवादी लोकतन्त्रले आफ्नो उद्गम र विस्तार भएको थलोबाटै आज जे जस्ता चुनौतीहरुको सामना गर्दैछ, त्यो सा“च्चिकै डरलाग्दो छ। यसको भविष्यलाई लिएर पाइने चिन्ता र त्रास यही तस्विरस“ग जोडिएको छ।

आल्विन टफलरले ‘पावर सिफ्ट’ भन्ने आफ्नो पुस्तकमा विश्वमा बढ्दै गरेको अतिवादी चिन्तनलाई दृष्टिगत गरेर आउने समयमा निर्णायक संघर्ष उदारवादी लोकतन्त्र र साम्यवादका बीचमा होइन एक्काइसौं शताब्दीको लोकतन्त्र र एघारौंं शताब्दीको अन्धयुगका बीचमा हुनेछ भनेका छन्। टफलरको यो विचारोत्तेजक अभिव्यक्ति  आज अझ बढी सटिक लाग्दैछ। एक्काइसौं शताब्दीको दोस्रो दशकको पुछारतिर आइपुग्दा यी दुईबीच द्वन्द्व अझ बढेका छन्। उदारवादी लोकतन्त्र अझ बढी चुनौतीहरुका माझमा उभिएको छ। लोकतन्त्रका नाममा यसका मूल्यहरुको चिरहरण गर्ने कार्य अझ बढी भएको छ।

उदारवादी लोकतन्त्रको जन्म र विकास पु“जीवादको विकास र विस्तारस“ग जोडिएको छ। लोकतन्त्रको एक किसिमको अभ्यास कतिपय प्राचीन समाजमा पनि पाइन्छ तर पु“जीवादको विकास एवं आधुनिक युगको आरम्भ स“गस“गै विकसित उदारवादी लोकतन्त्र त्यो भन्दा धेरै भिन्न, मौलिक र नया“ थियो। सामन्तवादस“गको भीषण एवं कठिन संघर्षका बीचबाट यसको जन्म भएको थियो। आधुनिक मूल्य, विज्ञान र धर्मनिरपेक्षताले यसलाई बलियो टेवा प्रदान गरेका थिए। निजी सम्पत्तिको अधिकार,  वैयक्तिक हित, वैयक्तिक स्वतन्त्रता, कानुनको शासन, अभिव्यक्ति स्वतन्त्रता, राज्यको भूमिकाको संकुचन, संघसंस्था खोल्ने अधिकार, शक्ति पृथकीकरणको सिद्धान्त आदि यसका प्रमुख विशेषताहरु थिए। पु“जीवाद क्रान्तिस“गस“गै जसो जन्मिएको उदारवादी लोकतन्त्रका मूल्यहरुको वास्तविक कार्यान्वयनमा सबैभन्दा ठूलो बाधक पु“जीवाद नै रह्यो। पु“जी र लोकतन्त्रका मूल्यहरु बीचको अन्तर्विरोधले लोकतन्त्रलाई लोकतन्त्र जस्तो हुन कहिल्यै दिएन। लोकतन्त्रलाई पु“जीवादको इमानदार सेवक बनाउने प्रयास नै सबैभन्दा धेरै भयो।

उदारवादी चिन्तकहरुले पु“जीवाद र लोकतन्त्रबीचको सम्बन्धलाई मूलतः दुई किसिमले परिभाषित गरेको पाइन्छ। एकथरी लोकतन्त्रलाई बजार जस्तै संस्थागत संरचनाका रुपमा लिन्छन् र दुवैलाई एक अर्काको पूरकका रुपमा उभ्याउ“छन्। उनीहरुका दृष्टिमा मनुष्य स्वार्थहरुबाट वशिभूत प्राणी हो र समाज उनीहरुबाटै निर्मित संरचना । व्यक्ति मूलतः आफ्ना स्वार्थहरुबाट निर्देशित हुन्छ। उनीहरु मनुष्यलाई ‘रेसनल एजेन्ट’ का रुपमा लिन्छन् र यसैलाई समाजको आधारशीला पनि ठान्छन्। अर्काथरी उदारवादीहरु यी दुईबीचको सम्बन्धको मूल आधार वैयक्तिक स्वतन्त्रतालाई मान्छन्। अघिल्ला थरीको सत्तामीमांशा र पछिल्लाहरुको सत्तामीमांशामा कैयौं महत्वपूर्ण भिन्नताहरु पाइन्छन्। पछिल्लाहरुका निम्ति स्वतन्त्रता प्रमुख मूल्य हो। उनीहरुको दृष्टिमा यस्तो मूल्यको संरक्षण आर्थिकरुपमा पु“जीवाद र राजनीतिक रुपमा लोकतान्त्रिक समाजमा नै हुन सक्छ। उनीहरु पु“जीवादलाई तुलनात्मकरुपमा बढी मानवीय र लोकतन्त्रलाई बढी सहभागितामूलक बनाउन चाहन्छन्। अघिल्लाहरुको चिन्तनले आदित्य निगमका शब्दमा लोकतन्त्रलाई
‘बजारको विस्तार’का रुपमा लिन्छ। उदारवादी लोकतन्त्रका अगाडि सबैभन्दा बढी चुनौती यही चिन्तनले खडा गर्दै आएको छ। यसले लोकतन्त्रलाई यास्चा माउन्कको शब्दमा ‘अधिकारविनाको लोकतन्त्र’मा बदलेको छ। यही यथार्थलाई दृष्टिगत गरेर निर्मल वर्माले कुनै बेला लोकतन्त्रलाई ‘आत्मछल’सम्म भनेको पाइन्छ।

सन् १९८० को दशकदेखि आरम्भ भएको नवउदारवादले सन् १९९० को दशकदेखि वैश्विकरुप ग्रहण गर्न शुरु ग¥यो। नवउदारवादी परियोजनाको प्रभावमा लगभग संसारका सबै मुलुकहरु परे। यसलाई टेवा दिन अनेकन वैश्विक संस्थाहरुको निर्माण गरियो। पु“जीवाद भूमण्डलीकृत मात्र भएन, यसको उत्पीडन अझ व्यापक बन्यो र गहिरियो । सन् १९६० को दशकदेखि विकसित हुन थालेको उत्तरआधुनिक चिन्तनले यसलाई वैचारिकरुपमा मलजल गर्ने काम ग¥यो। आधुनिकताको केन्द्रमा तार्किकता, केन्द्रीयता, सार्वभौमिकता, मूल्यपरकता, विज्ञानसम्मत सोच, भविष्यको युटोपिया आदि थिए। उत्तरआधुनिक चिन्तनले यसलाई उल्ट्याइ दियो। पु“जीवादका कतिपय पक्षमा आएको परिवर्तन, यसमा देखिएको संकट, उदारवादी लोकतन्त्रको असफलता, समाजवादी शासन व्यवस्थाको अन्त्य, युटोपियाप्रति अविश्वास आदिले निर्माण गरेको परिदृश्यमा नवउदारवादले फुल्नेफल्ने अवसर प्राप्त ग¥यो।

भूमण्डलीयस्तरमा वित्तीय पु“जीको लीला र उपभोगको संस्कृतिका माध्यमबाट वैश्विकताको मिथकको रचना गरियो। नियामक शक्तिका रुपमा बजार अगाडि आयो। आम जनतामाथि वर्चश्व कायम गर्न अनेकौं तरीकाहरु अपनाइयो। अनेकौं रणनीतिहरु तयार गरिए। भारतीय लेखक विजयकुमारका शब्दमा ‘विचारलाई सबैभन्दा फाल्तु’ बनाइयो। सनसनी, उत्तेजना, तदर्थवाद, सतहीपना, भीडतन्त्र एवं मुनाफाको संस्कृतिको निर्माण भयो। यी सबैको प्रहारको निशाना मनुष्यको विचार जगत, उसको तार्किक र विवेचनात्मक शक्ति, स्मृति वैभव र संवेदनाको संसार बने। विचार बजारमा बिक्री हुने जिनिसमा फेरियो। मनुष्य अत्यधिक व्यक्तिवादी, खन्चुवा र स्वार्थी बन्दै गयो। सूचनाले विचारको ठाउ लिन शुरु ग¥यो। यसतर्फ संकेत गर्दै एकजना चिन्तक आजको समयलाई बुद्धि विरोधको अद्भूत विस्तारको समयका रुपमा उल्लेख गर्छन्। उनी हामी ‘पोष्ट ट्रुथ’का बीचमा छौं, जसरी कुनै कुरा कालातीत हुन्छन् समयभन्दा पर, त्यसैगरी हामी पनि समयभन्दा पर छौं भन्छन्। उनका विचारमा सत्यको अर्थ नरहेपछि सत्यसम्म पुग्ने माध्यम विवेक र तर्कको पनि कुनै अर्थ रह“दैन। बस् बनिबनाउ धारणा र भावना नै सबै थोक बन्छन्। वित्तीय पु“जीको लीला, बजार अतिवादको विकास, उपभोक्तावादी संस्कृति, तर्क र बुद्धि विरोधी चिन्तनको विकास आदिले उदारवादी लोकतन्त्रका अगाडि झन पछि झन चुनौतीहरु थप्दै लगेका छन्। धार्मिक पुनरुत्थान, नश्लीय चिन्तन, सांस्कृतिक राष्ट्रवादलगायत थरीथरीका अतिवादको विकासले उदारवादी लोकतन्त्रका मूल्यहरुलाई समाप्त गर्दैछन्। यसैमा टेकेर लोकप्रियतावाद (पपुलिज्म) को विकास भएको छ। यो उदारवादी लोकतन्त्रका सम्मुख उपस्थित सायद सबैभन्दा गम्भीर चुनौती हो।

लोकप्रियतावादको सम्भावित उदयलाई सन् २००९ मा सम्पन्न ‘आइडिया अफ कम्युनिजम’ विषयक सम्मेलनमा एन्टिनियो गेग्रीले पूर्णतया अस्वीकार गरे पनि आज लोकप्रियतावाद एक तीतो यथार्थका रुपमा उपस्थित छ। इन्डियादेखि अमेरिकासम्म उनीहरुले राज्यशक्ति आफ्नो हातमा लिएका छन्। यसको विकासका केही निश्चित कारणहरु छन्। पत्रकार जोन जुडिस यसका पछि आर्थिक कारण देख्छन् भने पिपा नोरिस जस्ता विद्वान सांस्कृतिक कारण मात्र देख्छन्। रोगर एटबेल र म्याथ्यु गुडविन जस्ता लोकप्रियतावादका अध्येयताहरु भूमण्डलीकृत नवउदारवादी अर्थव्यवस्था, कुलीन प्रकृतिको उदारवादी लोकतन्त्र र बलियो बन्दै गरेको पहिचानको मुद्दालाई लोकप्रियतावादको प्रमुख आधार मान्छन्। मूलतः जनताको खस्कदो जीवनस्तर, बढ्दो असमानता, सीमित धनाढ्यहरुमा पू“जीको केन्द्रीकरण, बढ्दो आप्रवासन, धार्मिक पुनरुत्थान, बढ्दो बेरोजगारी, पहिचानको राजनीति, लोकतन्त्रलाई आमजनताका हितहरुस“ग जोड्न असफल पुराना लोकतान्त्रिक पार्टीहरु, सामाजिक मिडियाको विकास, कमजोर बनेको विवेकवाद, पू“जीवाद विरोधी कमजोर संघर्ष, रक्षात्मक अवस्थामा रहेको कम्युनिष्ट आन्दोलन आदिका कारण लोकप्रियतावादले मौलाउने अवसर प्राप्त गरेको छ। हाम्रा निम्ति सबैभन्दा नजिकको उदाहरण छिमेकी भारत नै हो। पू“जी, धर्म, मिडिया र कथित राष्ट्रवाद आधारित जुन तन्त्र आज भारतमा छ, त्यसले उदारवादी भारतीय लोकतन्त्रका मूल्यहरुलाई ध्वस्त गरिरहेछ।

के उदारवादी लोकतन्त्र पू“जीको वर्चश्व र केन्द्रीयताका बिरुद्ध लड्न सक्छ ? के यसले आफूलाई थोरै कुलीनहरुका हातबाट मुक्त गरेर आम मानिसहरुका हितका निम्ति उपयुक्त बाटाहरु अबलम्बन गर्न सक्छ ? के यसले माक्र्सले भने जस्तै जनतालाई मानव मुक्तिको दिशातिर लिएर जाने सामथ्र्य राख्छ ? उदारवादी लोकतन्त्रले सूत्रबद्ध गरेका अवधारणालाई आजका उदारवादी पार्टीहरुले कति पछ्याएका छन् ? उदारवादी लोकतन्त्रको भविष्य मूलत ः यिनै प्रश्नहरुस“ग जोडिएको छ। माक्र्सले धेरै पहिल्यै उदारवादी लोकतन्त्रको अवधारणालाई पू“जीवादी उत्पादनपद्धतिका सन्दर्भमा हेर्दै यो वस्तु उत्पादन र राज्यसत्ताको तानावानामा अल्झिरहन्छ भनेका थिए। लामो बाटो हिंडेपछि उदारवादी लोकतन्त्रका सीमाहरुलाई समयले राम्रोस“ग उद्घाटन गर्दैछ। फासीवादको खतरा देखिदैछ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको डेढ दशक पनि भएको छैन। राजनीतिक आरोह अवरोहलाई व्यहोर्दै आएको यस मुलुकको लोकतन्त्रका अगाडि यसैपनि चुनौतीहरु छन्। उत्तरआधुनिक चिन्तनको प्रभाव यहा पनि त्यति कमजोर छैन। ‘भ्रम यथार्थ र यथार्थ भ्रम’ पोष्ट ट्रुथको एउटा विशेषता हो । यसको खेती यहा“ भएकै छ। तर्क, विवेक र विचार मर्दैछन्। नेपालको लोकतन्त्रले दलाल पुजीवादलाई विस्थापित गरेर अघि बढ्न सकेन भने यसलाई कसैले बचाउन सक्ने छैन। पु“जी र लोकतन्त्रका बीचमा रहने अन्तर्विरोध नेपालमा आउदा दिनहरुमा अझ बढ्नेछन्। नवउदारवाद अझ बलियो बन्न प्रयत्न गर्नेछ। लोकतन्त्रलाई आमजनताको हितस“ग नजोडिदा जन्मने निराशामा लोकप्रियतावाद मौलाउने छ। आजको पु“जीवादी संरचनालाई नफेरी लोकतन्त्रलाई सा“च्चिकैको लोकतन्त्र बनाउन सकिने छैन।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top