Free songs
Home / फिचर समाचार / खुुल्यो सुपथ पसल

खुुल्यो सुपथ पसल

 गिरिराज नेपाली

घोराही,  चाडपर्वको चहलपहल बजारमा विस्तारै बढ्दैछ। लुुगालत्ता, नुनतेल, चिनी चियापत्तीदेखि मरमसलासम्मका पसलहरुमा भीड दिनैपिच्छे बाक्लिदै गइरहेको छ। जसले चाडपर्व भित्रिदै गएको संकेत दिइरहेको छ।

सदाका दिनभन्दा चाडपर्वमा किनमेल, खानपान, अलि बढी नै हुुन्छ। त्यो सगै मूल्यबृद्धिको मार पनि उपभोक्ताले खेप्नुपर्दछ। सरकारले मूल्यबृद्धिको मारबाट उपभोक्तालाई जोगाउने उद्देश्यले वर्षेनि सुपथ पसल सञ्चालन गर्दै आइरहेको छ। यसवर्षको चाडपर्वका लागि सरकारले मंगलवारदेखि सुपथ पसल स्थापना गरेको छ। जसमा मंगलवारदेखि उपभोक्ताहरु किनमेलका लागि पुुग्न थालिसकेका छन्। जहा“ किनमेलका लागि पुुग्नुुभएकी घोराही –१५ की लोकेन्द्रा आचार्यले भन्नुुभयो– ‘महंगीको बेला सस्तो पसलले केही राहत दिएको छ।’ बजारको भन्दा २÷४ रुपैया“ सस्तो परे पनि हजारांैले किनमेल गर्दा धेरै पैसा जोगिने उहा“को भनाइ छ। ५÷६ किलोमा पा“च रुपैया“ सस्तो परे पनि एउटा व्यक्तिलाई २५÷३० रुपैया“ सस्तो पर्ने भएकाले सस्तो पसल धेरै राहत दिएको उहा“को भनाइ छ।

उहा“ मात्रै होइन किनमेलका लागि सुुपथ पसल पुुग्नुुभएकी घोराही–१५ कै सावित्रा सिंहको भनाइ पनि उस्तैै छ। सुपथ पसलमा बजारको भन्दा सुपथ मुुल्यमा नुुनचिनी किनमेल गर्न पाउ“दा धेरै राहत थपिएको उहा“को भनाइ छ। उहा“ले भन्नुुभयो– ‘नुुनचिनी लैजानु पर्ला भनेर खुल्यो भन्ने सुन्ने बित्तिकै आएको थिए“। चिनी रहेनछ, नुुन लैजान लागेको छुु।’
सुपथ पसलले चाडपर्वमा नुुनचिनीमा राहतमा मात्रै होइन कालोबजारी र मूल्यबृद्धि नियन्त्रण गर्दै आइरहेको साल्ट टे«डिङ कर्पाेरेशन

लिमिटेड घोराहीका प्रमुुख आनन्दकुुमार न्यौपानेले बताउनुुभयो। उपभोक्तालाई ध्यानमा राखी सरकारले वर्षेनि देशभर सुुपथ पसल सञ्चालन गर्दै आइरहेको उहा“ले बताउनुुभयो। जसले नुुन र चिनीमा प्रतिकिलो बजारमा भन्दा ५–८ रुपैया“ सम्म सस्तोमा उपभोक्तालाई दिदै आइरहेको उहा“ले बताउनुुभयो। यसवर्ष नुुन १८ र चिनी ७२ रुपैया“ प्रतिकिलो रहेको जानकारी दिनुुभयो। सरकारले चाडपर्वलाई लक्षित गर्दै भदौ २३ देखि कार्तिक १७ गतेसम्म सुपथ पसल सञ्चालनमा ल्याएकाले दाङमा पनि २३ गतेदेखि पसल सञ्चालन गरिएको उहा“ले जानकारी दिनुुभयो। पसल सञ्चालन भएको पहिलो दिन मंगलवार एकसय किलो नुुन बिक्री वितरण भएको उहा“को भनाइ छ। चिनी आउ“दो आइतवारदेखि बिक्रीवितरण शुरु गरिने उहाले जानकारी दिनुुभयो। प्रतिव्यक्ति ६÷६ किलो नुुन चिनी दिनसक्ने व्यवस्था भएकाले उपभोक्ताहरुलाई अन्यत्र नजान उहाले आग्रह गर्नुुभयो।

शहरमुखी सुपथ पसल

सरकारले सञ्चालन गरेको सुपथ पसल शहरमुुखी बनिरहेको छ। जसका कारण ग्रामीण क्षेत्रका उपभोक्ताको पह“ुुचमा अझै पुुग्न सकेको छैन। जसका कारण सरकारले दिएको सर्वसुलभताबाट ग्रामीण उपभोक्ता विमुुख हुनुुुपरेको तुलसीपुर–१८ का दुुर्गा खत्रीले बताउनुुभयो। उहा“ले भन्नुुभयो– ‘सस्तो पसलमा नुुन किन्न जादा गाडीभाडा, खाजा खर्चले गाउ“मा किनेको भन्दा दोब्बर÷तेब्बर हुुन्छ। सरकारले सुपथ पसललाई शहरमा मात्रै केन्द्रित नगरी गाउमा पनि लैजानुपर्छ।’

गाउका भन्दा शहरका बढी
सुुपथ पसलको सेवा लिन गाउ“मा भन्दा बढी शहरकै उपभोक्ता बढी हुुने गरेको साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड दाङले जनाएको छ। ग्रामीण उपभोक्ता अन्य कामका लागि बजार आएमा मात्रै नुुनचिनी लिन सुपथ पसलमा आउने गरेको प्रमुुख न्यौपानेको भनाइ छ। तर ग्रामीण क्षेत्रका उपभोक्ताहरु सुुपथ पसलबारे जानकार नहु“दा सेवाबाट छुुटिरहेको उहा“को भनाइ छ। उहा“ले भन्नुुभयो– ‘सुुपथ पसल ग्रामीण र शहरी क्षेत्रका चारैतिरका उपभोक्ताहरुको हो तर गाउ“का उपभोक्ताहरु त्यति सेवा लिन आउ“दैनन्। यसका लागि राज्यले छुुट्टै व्यवस्थापन गर्न जरुरी छ।’

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top