Free songs
Home / फिचर समाचार / कांग्रेसको राष्ट्रिय जागरण अभियान शुरु

कांग्रेसको राष्ट्रिय जागरण अभियान शुरु

युगबोध समाचारदाता

घोराही,  नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान मंगलवारदेखि देशभर शुरु भएको छ। अभियानको देशभर रहेका तीन सय ३० प्रदेश निर्वाचन क्षेत्रमा वृक्षारोपण गरेर उद्घाटन गरिएको हो।

विपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर उद्घाटन गरिएको अभियानमा एक प्रदेश निर्वाचन क्षेत्रमा १०६ विरुवाका दरले देशभर ३४ हजार नौ सय ८० विरुवा रोपिएको छ।

‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ भन्ने मूल नाराका साथ शुरु भएको अभियानको दाङमा पनि छ प्रदेश निर्वाचन क्षेत्रमा वृक्षारोपण गरेर उद्घाटन गरिएको छ। कांग्रेस केन्द्रीय समितिले पठाएका केन्द्रीय प्रतिनिधिको उपस्थितिमा अभियानको उद्घाटन गरिएको जागरण अभियान प्रचारप्रसार समितिका संयोजक एवं नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारतीले जानकारी दिनुभयो।

अभियानअन्तर्गत क्षेत्र नम्बर १ ‘क’ को गढवा क्याम्पसमा वृक्षारोपण गरिएको छ। क्षेत्रीय सभापति ताराबहादुर डिसीको अध्यक्षता एवंं केन्द्रीय प्रतिनिधि सुशीला शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्याम्पस परिसरमा १०६ वटा विरुवा रोपिएको थियो। यस्तै क्षेत्र नम्बर १ ‘ख’ अन्तर्गत लमही नगरपालिकाको वडा नम्बर ५ रातोडा“डामा वृक्षारोपन गरेर अभियानको उद्घाटन गरिएको छ। क्षेत्रीय सभापति देवानजंग चौधरीको अध्यक्षता एवं केन्द्रीय प्रतिनिधि सुशीला शाहको प्रमुख आतिथ्यतामा अभियानको उद्घाटन गरिएको थियो।
निर्वाचन क्षेत्र नम्बर २ ‘क’ को घोराही उपमहानगरपालिका वडा नम्बर १३ को बाह्रकुने दहमा बृक्षारोपन गरेर अभियानको शुरुवात गरिएको छ। क्षेत्रीय सभापति गिरिराज सुवेदीको अध्यक्षता एवं नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति वीरकेशरी गौतमको प्रमुख आतिथ्यता र केन्द्रीय प्रतिनिधि उमा दाहालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा सहभागीहरुले कांग्रेसलाई बलियो बनाउन कार्यकर्ता एकता आवश्यक भएको बताएका थिए। निर्वाचनमा कांग्रेसले पराजय बेहोर्नुका कारणहरुको खोजी गरेर गल्ती सच्याउदै अगाडि बढ्नुपर्ने सहभागीहरुको भनाइ थियो। कार्यक्रमको सञ्चालन घोराही नगर सचिव दिनेश अधिकारीले गर्नुभएको थियो।

यस्तै निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ को घोराही उपमहानगरपालिका वडा नम्बर ८ को मर्पाडा“डामा वृक्षारोपन गरिएको छ। प्रदेश निर्वाचन क्षेत्रीय सभापति कमल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय प्रतिनिधि धु्रवराज पुरीले नेताहरुलाई कार्यकर्ताहरुले ट्रयाकमा ल्याउनुपर्ने भन्दै इमान्दारिताका साथ लाग्न कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो। उहालेकुनै पनि संगठनमा गुट हुनु स्वाभाविक हुनु भएको भन्दै उहा“ले गुट निर्वाचनका समयमा मात्र हुनुपर्ने बताउनुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति घनश्याम रेग्मी, संविधानसभा सदस्य राजु खनाल, क्षेत्रीय सभापति भुपबहादुर डागीलगायतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सहजीकरण घोराही–८ का इकाई सभापति कुलप्रसाद रजौरे (श्रवण) ले गर्नुृभएको थियो।

क्षेत्र नम्बर ३ को ‘क’ को तुलसीपुर उपमहानगरपालिकाको दोघरेमा उद्घाटन गरिएको छ। क्षेत्रीय सभापति घनश्याम ढकालको अध्यक्षतामा वृक्षारोपन गरेर अभियान शुरु गरिएको हो। यस्तै क्षेत्र नम्बर ३ ‘ख’ को शान्तिनगरबाट अभियान शुरु गरिएको छ। क्षेत्रीय सभापति खिमबहादुर ओलीको अध्यक्षतामा कार्यक्रम भएको थियो। जागरण अभियान असोज ७ गतेसम्म सञ्चालन हुनेछ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top