Free songs
Home / समाचार / संक्षिप्त समाचार / सल्लीबजारमा थप एकसय केभीको ट्रान्सफर्मर जडान

सल्लीबजारमा थप एकसय केभीको ट्रान्सफर्मर जडान

दुर्गा विसी

सल्यान,  सल्यानको सल्लीबजारमा एक सय केभीको ट्रान्सफर्मर जडानले लो भोल्टेजको समस्या निराकरण गर्ने विद्युत प्राधिकरणले जनाएको छ। सल्लीबजारमा लोभोल्टेजका कारण सल्लीबजारवासीले दुःख खेपिरहेका थिए। बजारमा उद्योग कलकारखानालगायतलाई भोल्टेज अपुग हु“दा थन्किएर बसेको स्थानीय मनि फर्निचर उद्योगका प्रोप्राइटर हिरासिंह विकको भनाइ छ। भोल्टेज कम हु“दा आफ्नो उद्योगमा समस्या परेको उहा“को दुःखेसो छ। ट्रान्सफर्मर जडानस“गै अब यो समस्या समाधान भएको उहा“को भनाइ छ। बजारमा लोभोल्टेजका कारण उद्योग, कलकारखाना, एसी र अन्य वित्तीय संस्थाहरुलाई परेको असर निराकरण हुने विद्युत प्राधिकरण सल्ली शाखा प्रमुख लोकेन्द्रमान शाक्यको भनाइ छ।

विगत लामो समयदेखि यहा“का स्थानीय व्यापारीले झेल्दै आएको समस्या केही वर्षका लागि टरेको शाक्यको भनाइ छ। १० वटा उद्योग अब एकै साथ सञ्चालन गर्न सकिने भएको छ। त्यसैगरी बनगाडकुपिण्डे नगरपालिकाका प्रमुख गोविन्दकुमार पुन यो समस्याका लागि सुर्खेत र सल्यानलाई निरन्तर दबाब दिइरहनुभएको थियो। बत्तीको कारण आफ्नो नगरमा दर्ता भएका उद्योगहरु सञ्चालनमा कठिनाइ भएपछि यो समस्याको बारेमा क्षेत्रीय विद्युत प्राधिकरण कार्यालय सुर्खेत र सल्यानलाई नगर प्रमुख पुनको ताकेतापछि बजारमा सय केभीको ट्रान्सफर्मर जडान गरिएको छ। अब यसले बजारवासीलाई परेको असुविधा निराकरण हुने प्राधिकरणले जनाएको छ।

गैलीबजारमा रहेको एक सय केभी ट्रान्सफर्मरले गैलीबजार र देवस्थलको लागि काम गर्ने र माथिल्लो बजारमा रहेको एक सय केभी ट्रान्सफर्मर बजारको लागि सञ्चालन हुने जनाइएको छ। वर्षौंदेखिको समस्या अहिले आएर समाधान भएको छ। देवस्थलको घाटगाउ“ र माल्पेको लागि ३० केभीको ट्रान्सफर्मरसमेत जडान हुने भएको छ। असोजभित्रै आ“पखोली, माल्पे, ढोरपिपल, कुपिण्डे र सुनौली बजारलगायतका क्षेत्रमा बत्ती बल्ने नगरप्रमुख पुनको दाबी छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top