Free songs
Home / समाचार / संक्षिप्त समाचार / पहिरोले मध्यपहाडी लोकमार्ग ठप्प

पहिरोले मध्यपहाडी लोकमार्ग ठप्प

मुसीकोट,  (युस)–मध्यपहाडी लोकमार्गअन्तर्गतको मुसीकोट चौरजहारी सडक खण्ड पूर्णरुपमा बन्द भएको छ। शनिवार भएको अविरल वर्षाको कारण ठाउ–ठाउमा पहिरो जादा सडक बन्द भएको हो।

सडक बन्द भएपछि मुसीकोट चौरजहारी आवतजावत गर्ने यात्रीहरुलाई असहजता पैदा भएको छ। पहिरोको कारण पैदल यात्रा समेत कठिन भएको छ।

ठाउ–ठाउमा सडकमाथिबाट पहिरो र ढुंगाहरु झरिरहेकाले पैदल यात्रा जोखिमसमेत रहेको छ।नियमित वर्षा भइरहेकाले सडक खोल्न केही दिन लाग्ने हा“सीबाङ–चौरजहारी सडक निर्माण गर्दै आएको दिवा चन्द्रा एण्ड वसन्त कन्स्ट्रक्सनले जानकारी दिएको छ।

पहिरो झरिरहेकाले काम गर्न जोखिम हुने र हटाएको ठाउ“मा पुनः पहिरो झर्ने हुनाले पहिरो हटाउन समय लाग्ने बताउनुभयो।
यसैबीच अविरल वर्षाको कारण सानीभेरी–८ द्वारे एकान्त कुनामा रहेको कुमबहादुर कामीको घर पूर्णरुपमा भत्किएको छ। मध्यपहाडी सडक निर्माणको क्रममा घरमुनि नजिकैबाट डोजरले तानेका कारण घर भत्किएको हो।

सडक निर्माणका क्रममा घर तलको जमिन नकाट्न पटक–पटक ठेकेदार कम्पनीलाई आग्रह गर्दा पनि नमानेका कारण घर भत्किएको पीडित परिवार बताउ“छन्। घर भत्किएपछि पीडित परिवार अर्काको घरमा बसिरहेका छन्।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top