Free songs
Home / समाचार / संक्षिप्त समाचार / ज्ञानसिन्धुले निकाल्यो डेंगु सचेतना ¥याली

ज्ञानसिन्धुले निकाल्यो डेंगु सचेतना ¥याली

युगबोध समाचारदाता

घोराही,  देशैभरि डेंगु रोगको प्रकोप फैलिरहेको बेला सोमवार ज्ञानसिन्धु माध्यमिक विद्यालय घोराही दाङले सचेतना ¥याली निकालेको छ।

विद्यालयले कक्षा ४ देखि ९ सम्मका एक सय भन्दा बढी विद्यार्थीहरुलाई ¥यालीमा सहभागी गराएको थियो।विद्यालयबाट पूर्वसूचना पाएका विद्यार्थीहरु उत्सुकताका साथ बिहानै देखि प्लेकार्ड बनाउन सक्रिय थिए। उनीहरुले खाल्टाखुल्टी पुरौं डेंगुबाट बचौं, एडिज इजिप्टी लामखुट्टेको टोकाइबाट बचौं, डेंगु लाग्न नदिउ“, अत्यन्त ज्वरो आएमा, टाउको, शरीर, जोर्नीहरु दुखेमा, शरीरमा राता, गुलाबी धब्बाहरु देखिएमा, नाक र गि“जाबाट रगत आएमा तुरुन्त अस्पताल जाऔं आदि लक्षण र सुझाबसहितका प्लेकार्ड आफैले निर्माण गरेका थिए। दिउ“सो दुई बजे हातहातमा प्लेकार्ड बोकेर स्कुलको प्राङ्गणबाट शुरु भएको ¥याली आनन्दपुर टोल, तल्लो भरतपुर, माथिल्लो भरतपुर, ट्राफिक, मेनरोड, तुलसीपुरचोक, जिल्ला प्रहरी कार्यालय, नगरपालिका हु“दै विद्यालयमा आएर सकिएको थियो।

¥याली अवधिभर विद्यार्थीहरु भदौको चर्को घाम पनि नभनी चर्कोचर्को स्वरमा प्लेकार्डमा लेखिएका चेतनामूलक नाराहरु घन्काउन पाउ“दा निकै उत्साहित देखिन्थे भने टोलबासीहरु र बाटामा भेटिने हरेक मानिसहरु समाजलाई सचेत बनाउने कार्यक्रमको प्रशंसा गर्दै फोटा खिच्न व्यस्त देखिन्थे। ¥याली समाप्त भएस“गै विद्यालयमा प्रधानाध्यापक हुकुम बुढाथोकीले समाजमा चेतना फैलाउने काममा विद्यार्थी सदा अग्रसर हुनुपर्ने र समाजका हरेक समस्यालाई खोजीखोजी बाहिर ल्याउनु विद्यार्थीको सिकाइ नै भएकाले आगामी दिनमा यस्तै सन्देशमूलक काममा लाग्न सुझाव दिंदै विद्यार्थीलाई धन्यवाद दिनु भएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top