Free songs
Home / समाचार / संक्षिप्त समाचार / गौमुखी गाउँपालिकाका अध्यक्ष प्रहरी हिरासतमा

गौमुखी गाउँपालिकाका अध्यक्ष प्रहरी हिरासतमा

 सागर रिजाल

प्युठान,  गौमुखी गाउपालिकाका अध्यक्ष विष्णुकुमार गिरीलाई वहुविवाहको मुद्दामा प्रहरीले पक्राउ गरेको छ। गिरीले छोडपत्र नभई दोस्रो बिवाह गरेको भन्दै श्रीमती सीता केसीले जिल्ला प्रहरी कार्यालय प्युठानमा जाहेरी दर्ता गराएपछि प्रहरीले गिरीलाई पक्राउ गरेको हो। भदौ १० गते श्रीमतीले उजुरी दर्ता गराउनुभएको थियो। आइतवार दिउसो गाउपालिकाका अध्यक्ष गिरी आफै प्रहरीको सम्पर्कमा आएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो। उहा“ले भन्नुभयो–‘घटनाको अनुसन्धान चलिरहेको छ।’

२०५७ सालमा प्रेम विवाह गरेका उनीहरु केही समय अघिदेखि छुट्टै बसेका थिए। श्रीमती सीता प्युठान नगरपालिका–४ विजुवारमा दुई छोरी सहित कोठा लिएर बस्नुभएको छ। गाउपालिका अध्यक्ष गिरीले आफूले दोस्रो बिहे नगरेको बताउनुभएको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक जीवन र निजी जीवन फरक पाटो हुन् ।

मलाई गहिरो गरी थाहा छ। उहा“ले प्रेस विज्ञप्तिमा भन्नुभएको छ– ‘यो दुबैमध्ये मेरो निजी जीवनको पाटो सफल नदेखिए पनि सामाजिक पाटोमा सधैं समर्पित छु भन्ने लाग्छ।’ प्रहरी कार्यालयमा परेको जाहेरीको अनुन्धानमा सहयोग गर्ने उहाले बताउनुभयो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top