Free songs
Home / समाचार / संक्षिप्त समाचार / उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति

उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति

युगबोध समाचारदाता

मुसीकोट,रुकुम (पश्चिम)को आठवीसकोट नगरपालिकाले उच्च शिक्षा अध्ययन गर्न इच्छुक एवं योग्य विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ।

नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रमअनुसार उच्च शिक्षा अध्ययनका लागि गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई नगरपालिकाले छात्रवृत्ति उपलब्ध गराउन लागेको हो।

जसका लागि नगरपालिकाले विषयगत कोटा निर्धारण गरी छनोटका लागि दरखास्त आह्वान गरेको छ। जसमा स्टाफ नर्स, अहेब र फार्मेसीमा दुई÷दुईजना, मेकानिकल इन्जिनियर, सिविल इन्जिनियर र इलेक्ट्रिकल गरी तीनजनालाई जनही दुई÷दुई लाख छात्रवृत्ति उपलब्ध गराइने नगर प्रमुख गोर्खबहादुर केसी (सन्देश) ले बताउनुभयो।

उहाका अनुसार तीनवर्षे पशु तथा कृषि प्राविधिकतर्फ दुईजनालाई, कानुन तर्फ स्नातकमा एकजनालाई र तीनवर्षे आईटीमा दुईजना विद्यार्थीलाई पनि जनही दुई÷दुई लाख रुपैया“ छात्रवृत्ति उपलब्ध गराइने छ।

छात्रवृत्ति प्राप्त गर्न कक्षा १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेको एवं आठवीसकोट नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्नेछ भने सम्बन्धित विषयमा छात्रवृति, पूर्ण या आंशिक शुल्कमा अध्ययन गर्ने गरी मान्यता प्राप्त शिक्षण संस्थामा नाम निकालेको हुनुपर्ने नगरपालिकाले जनाएको छ।

यस्तै विद्यार्थीहरुले आठवीसकोट नगरपालिका छात्रवृत्ति सम्बन्धी कार्यविधि २०७४ पूर्णरुपमा पालन गर्नु पर्नेछ।
छात्रबृत्ति प्राप्त गर्नका लागि इच्छुक तथा योग्यता पुगेका विद्यार्थीहरुलाई आगामी असोज ६ गतेभित्र नगरपालिकाको कार्यालयमा दरखास्त पेश गर्न अनुरोध गरिएकोे छ।

नगरपालिकाले यसअघि पनि पाच जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिइरहेको छ। नगरपालिकाको छात्रवृत्तिमा एकजना स्टाफ नर्स र एक जना हेल्थ असिस्टेन्ट गरी दुईजना विद्यार्थी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन गरिरहेका छन्।

यस्तै मेकानिकल इन्जिनियर, सिविल इन्जिनियर र इलेक्ट्रिकल गरी तीन जना विद्यार्थीलाई नगरपालिकाले भेरी प्राविधिक शिक्षालय नेपालगञ्जमा पढाइरहेको छ।यसैबीच नगरपालिकाले यसअघि पाइलट पढ्न फिलिपिन्स गएका दुईजना युवाहरुलाई शैक्षिक ऋण उपलब्ध गराएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top