Free songs
Home / विचार / आत्महत्यालाई समस्याको रुपमा हेरौं

आत्महत्यालाई समस्याको रुपमा हेरौं

शुशीला आर्चाय

आजभोलि दैनिकरुपमा सञ्चारमाध्यमबाट आत्महत्याका घटनाहरु सार्वजनिक भइरहेका हुन्छन्। आत्महत्याको अहिलेको अवस्था हेर्ने हो भने विश्वमा नै यसले डरलाग्दो रुप लिइरहेको देखिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरमा बढी आत्महत्या हुने मुलुकहरुमध्ये नेपाल आठौं स्थानमा पर्दछ। आत्महत्याका घटनाहरु विश्वभर नै बढ्दै गइरहेको छ। यसमा नेपाल पनि अछुतो छैन। नेपालमा पनि यो समस्याले विकराल रुप लि“दै गइरहेको छ। आत्महत्यालाई रोकथाम गर्ने उद्देश्यले नेपालमा पनि विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००३ देखि हरेक वर्षको सेप्टेम्बर १० को दिन आत्महत्या रोकथाम दिवस मनाउ“दै आइरहेको पाइन्छ। यस वर्ष पनि आत्महत्या रोकथाममा सबैको सहकार्य नाराका साथ १७ औं आत्महत्या रोकथाम दिवस आज सरकारी तथा गैरसरकारी संस्थाले मनाउदैछन्।
आत्महत्या रोकथाम विश्वभरी नै एक चुनौतीको रुपमा रहेको देखिन्छ। नेपालमा मात्र आत्महत्याको संख्या हेर्ने हो भने वर्षेनि बढिरहेको देखिन्छ। नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा पा“च हजार एक सय ३१ जनाले आत्महत्या गरेका थिए भने आर्थिक वर्ष २०७४÷०७५ मा पा“च हजार तीन सय ४६ जनाले आत्महत्या गरेका थिए। आर्थिक वर्ष २०७५÷०७६ चैतसम्म आत्महत्या गर्नेको संख्या तीन हजार नौ सय ५८ रहेको थियो। आत्महत्या गर्नेहरुमा बालबालिका समेत रहेको देखिन्छ। आत्महत्या गर्नेहरुको संख्या महिलाको भन्दा पुरुषको धेरै रहेको छ। वर्षेनि आत्महत्याको संख्या बढ्दोरुपमा रहेको छ।

के हो त आत्महत्या ?

कुनै पनि ब्यक्तिले जानी–जानी आफ्नो जीवन आफैले समाप्त पार्ने कार्यलाई आत्महत्या भनिन्छ । जीवनका सबै ढोका बन्द भई जीवनप्रति नै निराशा, एक्लोपन महसुस गरी आफ्नो जीवनमा रहेको आशाको त्यान्द्रो समेत हराउन पुग्दा मान्छे जीवनदेखि नै निराश हुनपुग्छ। निराशाको चरम अवस्थामा जीवन बा“च्नु भन्दा मर्न सजिलो लागेर ब्यक्ति आत्महत्यासम्म पुग्ने गर्दछ।

आत्महत्याको कारण ः

आत्महत्याका कारणहरु एकीनन् यही हुन्छन् भनेर भन्न अलि अप्ठ्यारो हुन्छ। शारीरिक, मानसिक, सामाजिक परिवेशका साथै दुरुत्साहनका कारणहरुले मानिसहरुले आत्महत्या गर्ने गरेको पाइन्छ। जस्तै ः पारिवारिक कलह, गरिबी, प्रेममा धोका व्यवसायिक असफलता, तनाव, आर्थिक लेनदेन, सामाजिक सञ्जाल, मानसिक रोग, उदासीनता, दीर्घरोग, घरेलु हिंसा, यौन हिंसा, द्वन्द्वजस्ता कारणले व्यक्ति आत्महत्या गर्ने तहसम्म पुग्ने गर्छ। त्यस्तै आत्मसम्मानमा आ“च आउने क्रियाकलाप, अत्यधिक लागूऔषधको प्रयोग, प्रियजनस“गको बिछोड, पढाइमा असफलताजस्ता बिभिन्न कारणले गर्दा पनि आत्महत्या गरेको पाइन्छ। यस्ता कारणहरुले ब्यति उदानसीनतातिर उन्मुख भई आत्महत्या गर्ने गर्दछ भने अपवादको रुपमा रिसको आवेगमा आएर पनि ब्यतिmले आत्महत्या गर्ने गर्दछन्।

आत्महत्याको सोच भएका ब्यक्तिले देखाउने लक्षण ः

आत्महत्या गर्ने ब्यक्तिले आत्महत्या गर्नु अगाडि बिभिन्न संकेतहरु दिइरहेको हुन्छ। जस्तैः चिठी डायरी लेख्ने, डोरी, चक्कु जस्ता सामग्रीहरु जम्मा गर्ने, आफूलाई मन पर्ने सामान बा“ड्ने, अरुस“ग आत्महत्याको बारेमा कुराकानी गर्ने, आफूलाई नोक्सान पु¥याउने क्रियाकलाप गर्ने, सामाजिक सञ्जालमा आत्महत्या सम्बन्धी विचार, योजना तथा निराशाजनक अभिब्यतिm दिने, म बा“च्नुको अर्थ छैन भन्ने, यस्तो दुःख सहेर बस्नु भन्दा त मर्न ठीक जस्ता अभिव्यतिm दिइरहेका हुन्छन्। हाम्रो बुझाइ भने बोल्ने मानिसले ब्यवहारमा उतारिहाल्दैन “भुक्ने कुकुरले टोक्दैन” भनेर उनीहरुले दिएको संकेतलाई वास्ता गर्दैनौं। एक पटक आत्महत्याको प्रयास गरेको ब्यक्तिले फेरि पनि कोसिस गर्न सक्छ। आत्महत्याको प्रयास गरेको व्यक्तिले पटक पटक यस्तो प्रयास दोहो¥याउने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन्।

आत्महत्या सम्बन्धी कानुनी प्रावधान ः

आत्महत्यालाई आफूलाई आफैले मारेको भन्दै सामान्य रुपमा लिने प्रचलन अझै पनि छ। आत्महत्यालाई संबोधन गर्ने प्रभावकारी कानुनी व्यवस्था समेत लामो समयसम्म भएन। आत्महत्यामा व्यक्तिले आफ्नो ज्यान आफै लिने भए पनि कतिपय अवस्थामा आत्महत्यासम्म पु¥याउने अनेक सामाजिक, पारिवारिक या व्यक्तिगत प्रयासहरु हुने गर्छन्। त्यस्ता प्रयास हुन नदिन र कुनै पनि व्यक्तिलाई आत्महत्या गर्ने परिस्थिति सिर्जना गर्नेलाई दण्डित गर्न अहिले कानुनको पनि व्यवस्था छ।
मुलुकी अपराध (सहिता) ऐन, २०७४ दफा १८५ मा आत्महत्या गर्न दुरुत्साहन दिन नहुने व्यवस्था छ।
ऐन अनुसार कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउनुहु“दैन। ऐनको उपदफा (१) बमोजिमको कसुर गर्ने ब्यक्तिलाई पा“च वर्षसम्म कैद र पचास हजार रुपैया“ जरिवाना हुने व्यवस्था छ। त्यस्तो कसुर भएको कुरा थाहा पाएको मितिले छ महिनाभित्र उजुरी गर्नुपर्ने कानुनी व्यवस्था छ।

आत्महत्या रोकथाम कसरी गर्ने ः

नेपालमा आत्महत्यालाई अहिले पनि सामाजिक, शारीरिक, तथा मानसिक समस्याका कारण उत्पन्न हुने समस्या हो भन्ने बुझाइ छैन। आत्महत्यालाई अपराधको नजरले हेरिन्छ। आत्महत्यालाई अपराधको रुपमा नहेरी मानसिक समस्याको रुपमा हेरिनुपर्दछ। आत्महत्या रोकथाम गर्नको लागि विशेष गरी स्थानीय सरकारले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्यलाई प्रबद्र्धन गर्नको लागि नीति निर्माण तयार गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्दछ। सरकारका नीति तथा कार्यक्रमअन्तर्गत मानसिक स्वास्थ्यका कार्यक्रमहरुलाई प्राथमिकीकरण गर्नुपर्दछ। भावनात्मक रुपले कमजोर भएका ब्यक्तिहरु खुलेर भावनात्मक विचार पोख्नको लागि ठाउ–ठाउ“मा मनोपरामर्श दिने केन्द्रहरु खोलिनुपर्दछ। घर परिवार साथीभाइले समस्या भएका ब्यक्तिहरुस“ग सौहार्दपूर्ण ब्यवहार गर्ने, कुरा सुनिदिने आत्महत्याका संकेत देखेमा बेवास्ता नगरी उनीहरुको दैनिकीमा सहयोग गर्नुपर्दछ। बिद्यालय, समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी अभियान’ जागरण नै चलाउनुपर्दछ। आत्महत्या गर्ने सोच बनाएका ब्यक्तिहरुले पहिले देखि नै खतराको संकेत देखाउने हु“दा उक्त संकेतहरुको समयमा नै पहिचान गरी उचित मनोपरामर्श सेवा प्रदान गर्न सकेमा आत्महत्यामा कमी ल्याउन सकिन्छ। आत्महत्या कुनै रहर होइन, बा“च्नको लागि गुहार हो भन्ने सबैले बुझ्नुपर्छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top